माहामाना राजेश्वर नेपाली क्रिकेट प्रतियोगितामा आज कपिलेश्वर टिम विजयी
कमल साह
जनकपुरधाम, मंसिर २४ । वरिष्ठ पत्रकार, प्रेस तथा प्रजातन्त्र स्वतन्त्रता सेनानी राजेश्वर नेपालीको स्मृतिमा जनकपुरधाम उप महानगरपालिका वडा नंं २३ बेलामा जारी महामना राजेश्वर नेपाली टि–२० क्रिकेट प्रतियोगिताको पाँचौं दिनको खेलमा आइतवार धनुषाको कपिलेश्वर क्रिकेट टिम विजयी भएको छ ।
धनुषाको कपलेश्वर र महोत्तरीको भँगहा नपा २ क्रिकेट टिमबीच भएको खेलमा कपलेश्वर क्रिकेट टिम २० रनले जीत हासिल गरेको छ । टस जितेर पहिले ब्याटिङ गरेको कपिलेश्वर क्रिकेट टिमले प्रस्तुत गरेको ९७ रनको लक्ष्य पछयाउने क्रममा भँगहा क्रिकेट टिम ७७ रनमै अल आउट भएपछि कपिलेश्वर क्रिकेट टिमको जीत दर्ज भएको हो ।
टस जितेर पहिलो ब्याटिङ गरेको कपिलेश्वर क्रिकेट टिमले खेलेको आक्रमक खेल दर्शकहरुका लागि रोमाञ्चकारी रहेको थियो । उक्त खेलमा कपिलेश्वर क्रिकेट टिमका धर्मेन्द्र यादव छोटु म्यान अफ दी म्याच घोषित भए ।
दूधमती युवा क्लब जनकपुरधाम २३ वेलाको आयोजनामा जारी रहेको प्रतियोगितामा धनुषा तथा महोत्तरी जिल्लाका गरी १६ वटा क्रिकेट टिमको सहभागिता रहेको छ । १३ दिनसम्म चल्ने प्रतियोगितामा विजय हासिल गर्नेका लागि प्रथम पुरस्कार ५५ हजार ५ सय ५५ र दोश्रो पुरस्कार २५ हजार ५ सय ५५ रुपैया , प्रमाण पत्र र कप रहेको आयोजक जनकपुरधाम उप महानगरपालिका वडा नं २३ का वडा अध्यक्ष राघबेन्द्र प्रसाद साहले बताउनु भएको छ ।
उहाँले महामना राजेश्वर नेपाली टी ट्वेन्टी क्रिकेट प्रतियोगितालाई आगामी वर्षहरूमा निरन्तरता दिने र उक्त खेल जनकपुरधामको बेला लादो अवस्थित १४ बिघा जग्गा रहेको राजेश्वर नेपाली खेलकूद मैदानमा आयोजना गरिने बताउनु भएको छ ।
कमेन्ट गर्नुहोस्
मनोकामना बुउद्देश्यीय सहकारी संस्थाको २० औँ वार्षिक सा..
सन्जु कर्ण, सर्लाही, सर्लाही, पुस २३ गते । सर्लाहीको हरिवन नगरपालिका–११, मा रहेको मनोकामना बहुउद्देश्यीय सहकारी ..
6 दिन पहिले
मधेशमा धोती दिवस मनाइयो
कमल साहजनकपुरधाम,पुस २० गते । रोमबाट चलेको ई.सं.को नयाँवर्षदेखि धोती र टोपी दिवस यहाँ विहिबार मनाइएको छ । राष्ट्रि..
9 दिन पहिले
राम मन्दिर र जानकी मन्दिरलाई विश्व सम्पदा सूचिमा सूचिकृ..
कमल साहजनकपुरधाम, पुस ७ गते । धार्मिकता तथा पौराणिकताको महत्व बोकेको यहाँका ऐतिहासिक धरोहर राम मन्दिर र जानकी ..
23 दिन पहिले
धनकौलका उखु किसान धर्नामा
सन्जु कर्ण, सर्लाही, सर्लाही, कार्तिक २५ गते । सर्लाहीको धनकौलस्थित अन्नपूर्ण चिनी उद्योगबाट पाउनुपर्ने उखुको ..
2 महीना पहिले
सामुदायिक आधारशिलाको वार्षिक साधारण सभा सम्पन्न
सन्जु कर्ण, सर्लाही, सर्लाही, कार्तिक १७ गते । सामुदायिक आधारशिला बचत तथा ऋण सहकारी संस्था लि. हरिवनको १५औं वार्ष..
2 महीना पहिले
संवाददाता
संवाददाता
