अयोध्यामा श्री रामको मूर्तिमा प्राणप्रतिष्ठा अवसरमा जनकपुरमा भण्डारा
_1706008221.jpg)
कमल साह
जनकपुरधाम, माघ ९ गते । प्रभु श्री रामको जन्मस्थली अयोध्यामा बहुप्रतिक्षीत मुर्तिको प्राण प्रतिष्ठाको खुसियालीमा जनकपुरधाममा भण्डारा आयोजना भएको छ । जनकपुरधाम उपमहानगरपालिका –२३ बेला गाउँ स्थित गोविन्द सेवा समितिले खुशियालीमा साँझ पख भण्डारा आयोजना गरियो । सो भण्डारामा बेला गाउँका झण्डै पाँच सय जना सहभागि भएका छन । गोविन्दि सेवा समितिका अध्यक्ष तथा वडा नं. २३ का वडा अध्यक्ष राघवेन्द्र साह को सक्रियतामा विहान नगर परिक्रमा, दिउँसो संर्कीतन,साँझमा दिपोत्सव र त्यसपछि भण्डारा संचालन भएको छ ।
प्रचिन मिथिलाका दिदी बहिनी श्री सीता को विवाह भारत अयोध्याका राजकुमार श्री राम सम्पन्न भएको थियो । आज उही श्री रामसीताको गृहप्रवेश भएको छ भने प्रभु श्रीरामको मुर्ति को प्राणप्रतिष्ठा भएको खुसियाली मात्र बेला गाउँमा होईन कि समग्र मिथिला क्षेत्रमा उमंगका तथा जोशजाँगरका साथ खुशियाली मनाएका छन । एक अवसमा बधाई साटासाट तथा होली उत्सव समेत मनाईएर खुशियाली साटासाट गरेका छन ।
गाउँगाउँका युवाहरु रैली लिएर जनकपुरधाम आउने र जानकी मन्दिर स्थितको क्षेत्र भई नगरपरिक्रमा गरेर आप्mनो गणतव्य तर्फ लाग्ने गरको थियो । यसले गर्दा जानकी मन्दिर र राममन्दिर क्षेत्र दिनभरी उत्सवमय भएको देखिन्थ्यो ।
त्यस्तै जनकपुरको चोकचोकमा रंगोली बनाएर दीपोत्वस आयोजना गरिएको थियो । सो कार्यक्रमहरु स्थानिय युवाहरुको सक्रियतामा आयोजना गरिएको थियो । कतिपय ठाउँमा दिनभरी भजन कार्यक्रम आयोजना गरिएको थियो भने कतिपय ठाउँमा हनुमानजी को आराधना गरिएको थियो ।
यस अवसरमा जानकी मन्दिरको आंगनमा सवा लाख दिपकबाट दीपोत्सव आयोजना गरिएको थियो । सो बेलामा श्रद्धालु भक्तजनलाई थाम्न नसकिने जतिको भिड लागेको यियो । श्रीराम ललाको प्राणप्रतिष्ठाको प्रत्यक्ष प्रशारण कार्यक्रमले अझै त्यहाँ रौनकता ल्याएको देखिन्थ्यो ।
भारतको उत्तर प्रदेश राज्यको अयोध्यामा निर्मित राममन्दिरमा श्री रामको मूर्तिमा प्राणप्रतिष्ठा सम्पन्न भएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको उपस्थितिमा रामको मूर्तिमा प्राणप्रतिष्ठासहित मन्दिरको उद्घाटन कार्यक्रम सम्पन्न भएको छ ।
अयोध्यास्थित भगवान रामको जन्मस्थान रहेको भनेको स्थानमा सन् १५२८ मा मस्जिद निर्माण गरिदिएको थियो । त्यस मस्जिदलाई सन् १९९२ मा हिन्दूहरूको भिडले भत्काइदिएर विस्थापन गरेको थियो । सन् १९९२ मा मस्जिद भत्काएपछि भारतभर फैलिएको दङ्गामा झन्डै २ हजार जनाले ज्यान गुमाएका थिए । मन्दिर निर्माणले अयोध्यमा रामको मन्दिर बनाउने हिन्दू राष्ट्रवादीहरूको दशकौँ पुरानो वाचा आज पूरा भएको छ ।
रामको जन्मस्थानमा रहेको मन्दिर मुस्लिम अतिक्रमणकारीहरूले भत्काएर १६ औँ शताब्दीमा त्यहाँ बाबरी मस्जिद बनाएको कैयौँ हिन्दूहरूले विश्वास गर्छन् । हिन्दूहरू रामलाई भगवान् विष्णुको अवतार मान्छन् । तर केही हिन्दू सन्त नेता तथा विपक्षीहरूले भने मन्दिरमा भएको प्राणप्रतिष्ठालाई नरेन्द्र मोदीले राजनीतिक लाभको विषय बनाएको भन्दै आफू यो कार्यक्रममा सहभागी नहुने घोषणा गरेका थिए ।
अयोध्यामा राममन्दिर बनाउने अभियान चलाएकै कारण सन् १९९० को दशकमा भारतीय जनता पार्टीको राजनीतिक उदय भएको ठानिन्छ ।
झन्डै २१ करोड ७० लाख अमेरिकी डलरको लागतमा बनेको नयाँ मन्दिर ३ तले छ । मन्दिरमा झन्डै सवा ४ फिट अग्लो प्रभु श्रीरामको मूर्ति स्थापित भएको छ । जो गएको हप्ता मात्र सार्वजनिक गरिएको थियो ।
कमेन्ट गर्नुहोस्

हंसपुर नगरपालिकामा ८४ करोड भन्दा बढी बेरुजु
मिथिला जागरण समाचारदाताजनकपुरधाम, बैशाख २० गते । हंसपुर नगरपालिकामा ८४ करोड भन्दा बढी बेरुजु रहेको छ । महालेखापर..
7 दिन पहिले
खुलेआम अवैध रूपमा नदीजन्य सामग्री उत्खनन सम्बन्धीत निक..
धिरेश दत्तजनकपुरधाम, बैशाख १८ गते । धनुषाको मिथिला नगरपालिका–५ स्थित औरहीबाबा सामुदायिक वन क्षेत्रबाट दिउँसो..
8 दिन पहिले
पुर्ब राजा ज्ञानेन्द्रलाई काशिको पुजारी बन्न सुझाए – मन..
रश्मि पटेल, रौतहटरौतहट, चैत्र १९ गते । जनता समाजवादी पार्टीका केन्द्रिय सदस्य एब्म पुर्ब मन्त्री योगेन्द्र यादवल..
1 महीना पहिले
पत्रकार रजकको हत्या विरोधमा रैली
कमल साहजनकपुरधाम ,चैत्र १६ गते । नेपाल पत्रकार महासङ्घ धनुषाले एभिन्युज टेलिभिजनका क्यामरा पर्सन सुरेश रजकको शु..
1 महीना पहिले
हंसपुर नगरपालिकामा माओवादीको तालाबन्दी
कमल साहजनकपुरधाम,चैत्र १५ गते । हंसपुर नगर प्रमुखलाई गुठीको जमिनमा निर्माण भएको घर भत्काउन दबाबको लागि मओवादीका ..
1 महीना पहिले
संवाददाता
संवाददाता

