श्री गोविन्द अवतरण दिवस मनाईदै

मिथिला जागरण समाचारदाता
जनकपुरधाम, भाद्र १५ गते । मिथिलाँचलमा श्री कृष्णाष्टमी हर्षोल्लास पूर्वक मनाईयो । साथै श्री कृष्णको अर्को स्वरुप श्री गोविन्द भगवानको प्रकाट्य दिवस धुमधामका साथ मनाईदैछ ।
श्री कृष्णको जन्मोत्सव अवसरमा यहाँका राम मन्दिर, जानकी मन्दिर,कृष्ण मन्दिर, रामजानकी गौशाला,राधाकृष्ण मन्दिर,स्टेशन एरिया,जिरोमाईल लगायतका ठाउँमा सोमबार मध्यराती देखि अरम्भ भयो । जानकी मन्दिरमा भाद्र १० गते देखि ६ दिनसम्म रामजानकीको युगल मुर्तिलाई हिडोलामा राखेर झुलाईने आरम्भ हुँदैछ । भनिन्छ– द्वापर युगमा भगवान राम नै श्री कृष्णा अवतार लिनु भएको हो ।
ब्रह्मकुमारी राजयोग सेवा केन्द्र जनकपुरद्वारा मंगलवार बिहान चैतन्य झाँकी तथा सुखमय संसारको उदय विषयक प्रवचन कार्यक्रमको आयोजना गरियो । सो अवसरमा ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्माष्टमी पर्वले सम्पूर्ण प्राणीको हृदयमा धर्मको उदय गराउने कामना गरिएको छ ।
धर्मको नाउँमा हत्या गर्ने, राजनीति सिद्धान्तहिन हुने, आमा बाबुलाई शत्रु मान्ने, पत्नीलाई मित्रवत मान्ने, गाई विष्टा खाने, ब्राम्हणले तामसिक भोजन गर्ने कार्य हुंदै आएकोले मानव जीवन अशान्त बन्दै आएको विचारहरु सो प्रवच्चन कार्यक्रममा चर्चा गरिएको छ । ब्रह्मकुमारी राजयोग सेवा केन्द्रका जगदिश भाई ले पर चिन्ता नगरौं र शुभचिन्तन गरौं, हामी सबै मिलेमा संसारमा अनेक भाषा भएपनि एक धर्म र एक मत भएमा सुख शान्ति आउने विश्वास व्यक्त गर्नुहुन्छ ।
द्वापर युगमा भाद्र कृष्ण अष्टमी तिथिका दिन कंशहरुको नाशको लागि अवतार हुनु भएको भगवान श्री कृष्णको जन्मोत्सव हरेक वर्ष धार्मिक परम्परा अनुसार मनाइने गरिन्छ ।
कृष्णाष्टमीको अवसर पारेर स्टेशन एरिया युवा कमिटीले विगत ५४ वर्षदेखि जनकपुर रेल्वे स्टेशन प्रांगणमा धार्मिक विधिपूर्वक श्रीकृष्ण जन्माष्टमी महोत्सव मनाइदै आएको जानकारी पूजा समितिले गराएको छ । उसैगरी गोपाल सेवा समितिद्वारा संचालित भगवान श्री कृष्ण मन्दिरमा सो महोत्सव विशेष रुपले मनाइयो । गोपाल सेवा समितिद्वारा निर्मित श्री कृष्ण मन्दिरमा भागवत कथा, प्रवचन, संकीर्तन भएको छ ।
उसैगरी जिरोमाईलमा सो क्षेत्रका युवाहरुको सक्रियतामा श्री कृष्णाष्टमी मनाइयो । उसैगरी रामजानकी गौशालामा पनि जन्माष्टमी मनाईयो ।
धार्मिक मान्यता अनुसार भगवान श्री गोविन्द जी को अवतरण दिवस कृष्णाष्टमी तिथि पछि पर्ने शनिवार हो । त्यसैले भगवान श्री गोविन्द जी को पुजन्मोत्सव आज शुक्रबारबाट बेला गाउँमा मनाउँदै छ । नेपाल तथा भारतका विभिन्न शहर एवं गाउँहरुमा श्री गणिनाथ जी महाराज श्री गोविन्द भगवानका मन्दिरहरुमा पुजनोत्सव मनाईदै छन ।
जनकपुरधाम उप महानगरपालिका वडा नं.– २३ बेला गाउँमा श्री गोविन्द पूजनोत्सव मनाउन सम्पूर्ण तयारी भईसकेको गोविन्द सेवा समितिका पूर्व सचिव रमेश साह ले जनाउनु भयो । आज शुक्रबार विहान २४ घण्टे अष्टयामबाट आरम्भ हुँदैछ ।
नेपाल अधिराज्य मै सबभन्दा पहिले २०३० सालदेखि यहाँ श्री गोविन्द पुजनोत्सव मनाईदै आएको हो । यसैगरी मिथिलांचलका प्रमुख शहर जनकपुरधाम, धनुषाको पौडेश्वर, जलेश्वर, वारको कलैया, रौतहटको शिवनगर र सुन्दरपुरमा श्री गोविन्द अवतरण दिवस मनाउने कार्य शुक्रबारबाट आरम्भ हुँदैछन ।
श्री गोविन्द अवतरण दिवस मनाउनु भन्दा एक दिन अघि अर्थात् शुक्रवार पुजारीले दिनभरी निराहर रहि राती (बिडी खसाउने) निम्तोगर्ने चलन रहेको छ । सो अवसरमा पुजारीले बाबा श्री गणिनाथ जी महाराज,माता श्री छेमासती(खेमासती), भगवान श्री गोविन्द जी लगायत १४ देवान संगै गाउँ रक्षक नगर डिहवारको समेत आमन्त्रण गरिसकेपछि सो राती नून बिनाका परिकार खाने गरिन्छ । कतिपय ठाउँमा अरुवा चावलको भात,मुंग या चानाको दाल र लसुन प्याजबाहेक बनाएको तरकारी समेत खाने गरिन्छ ।
त्यसको भोलीपल्ट शनिवारका दिन निराहार रहेर पुजारीले श्री गोविन्दको पूजा ढारने गरिन्छ । श्री गोविन्दको जन्मोत्सव सफलतापूर्वक सम्पन्न गर्न उहाँका पिता श्री गणिनाथ महाराज,आमा (क्षेमासती) खेमासती समेत १४ देवानलाई पूजा गरिन्छ । १४ देवानमा पर्नेहरुमा दुई दाई र भाउजु क्रमशः रामचन्द्र बाबा,बिजुली माता र श्रीधर बाबा र चतुरा माता, श्री गोविन्द महाराज जी को दुई बहिनी शिलमती र शोलमती तथा भतिजोहरुमा साहेब बाबा,बौधा बाबा, जगन्नाथ बाबा,चक्रपानी बाबा र नीलकंठ बाबा रहेका छन् ।
त्यसपछि श्री गोविन्द बाबा को अंगरक्षक लाल खाँ को भाग मन्दिर बाहिर दिने चलन रहेको छ । उहाँलाई भगवानलाई चढाएको प्रसादहरु ढकनीमा राखेर दिईन्छ भने संगै भांग पनि चढाईने गरिन्छ ।
श्री गणिनाथ जी महाराज श्री गोविन्द भगवान को निम्तो गर्ने दिन स्थानीय ग्राम देवताहरुमा नगर डिहवार, भैरव महराज, भुइयाँ, दुर्गा भवानी लगायतका देवतालाई समेत पूजामा सहभागी हुन तथा सफलतापूर्वक सम्पन्न पार्नको लागि आह्वान गरिन्छ ।
कमेन्ट गर्नुहोस्

गुठी कार्यालय झण्डै तीस वर्षको चिरनिन्द्रबाट बिउझदा बे..
कमल साह जनकपुरधाम, असार १० गते । नापी कार्यालय धनुषा र गुठी संस्थान कार्यालय जनकपुरको कमि कमजोरीले आज बेला गाउँका ..
7 दिन पहिले
जनकपुरमा कलाकार अंशा सदाको रहस्यमय मृत्यु ः आत्महत्या क..
मिथिला जागरण समाचारदाताजनकपुरधाम, असाढ १० गते । कलाकारिता क्षेत्रमा चर्चित जोडी ‘कलकतियावाली’ उर्फ अविनाश झ..
7 दिन पहिले
नेपाल बैंक र नैन्सी अर्टोमोवाईल बिच सम्झौता– सुजुकी गाड..
मिथिला जागरण समाचारदाता काठमाडौं, असाढ १० गते । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरु र सो..
7 दिन पहिले
होटल व्यवसायीहरुको व्यवसायिक क्षमता अभिवृद्धि गर्ने प्..
नारायण घिमिरेमहोत्तरी, असार ८ गते । मधेस प्रदेशका होटल सञ्चालकहरुको व्यवसायिक क्षमता अभिवृद्धि तथा होटेलको स्त..
9 दिन पहिले
संघीय निजामती सेवा विधेयकमा मधेशी समुदायको समावेशीताको..
प्रेमचन्द्र झा, काठमाडौं, असार ०३ गते । संघीय निजामती सेवा विधेयक, २०८२ मा मधेशी समुदायको निष्पक्ष, समावेशी र न्या..
14 दिन पहिले
संवाददाता
संवाददाता

