+977 9854027065 | akulpdsah@gmail.com

राजेश्वर नेपाली जस्ता रत्नलाई मधेश सरकारले सम्मान गर्नुपर्छ–संचारमंत्री लेखी

2 वर्ष पहिले प्रकाशित

Akul Prasad Sah

600 Views

कमल साह
जनकपुरधाम,भाद्र २६ गते । वरिष्ठ पत्रकार राजेश्वर नेपाली प्रेस स्वतन्त्रता सेनानी तथा साहित्यकार मात्र नभएर एक बौद्धिक व्यक्तित्व हुनुहुन्थ्यो, उहाँ जस्ता रत्नलाई मधेश सरकारले सम्मान गर्नुपर्छ ।
उक्त धारना मधेश सरकारका गृह सञ्चार तथा कानुन मन्त्री राजकुमार लेखीले स्व. राजेश्वर नेपालीको ८१ जन्मजयन्ती अवसमा भन्नुभयो ।
साहित्यकार तथा वरिष्ठ पत्रकार राजेश्वर नेपाली को पैतृक गाउँ जनकपुरधाम उप महानगरपालिका–२३ बेला गाउँ स्थित श्री गणिनाथ गोविन्दर मन्दिर सभाकक्षमा आयोजित समारोहमा प्रमुख अतिथी मंत्री लेखीले भन्नुभयो, ‘महामना राजेश्वर नेपाली जस्ता मधेशका श्रष्टाहरुको सम्मानमा मधेश सरकारले कुनै पनि कसर वाँकी राख्ने छैनन् ।’
उहाँले मधेश सरकारले गठन गरेको मधेश प्रज्ञा प्रतिष्ठान, मधेश संचार प्राधिकरण र मधेश मिडिया काउन्सिले, विलक्षण पत्रकार, प्राज्ञ, विद्वान तथा सेनानीहरुको सम्मानमा काम गर्नुपर्ने बिचार राख्नुभयो ।
स्व. नेपाली प्रति श्रद्धाञ्जली समेत अर्पण गर्दै मन्त्री लेखीले जनमंच साप्ताहिक,समीक्षा साप्ताहिक लगायतका पत्र पत्रिकामा प्रकाशन हुने समाचारहरुलाई आजको दिनमा पल्टाउँदा स्व. नेपाली एक क्रान्तिकारी योद्धाको रुपमा पनि हाम्रो समक्ष प्रकट भईरहेको बताउनु भयो ।
त्यस्तै स्व. नेपाली प्रति श्रद्धाञ्जली अर्पणगर्दै उनका सहयात्री आ–आप्mना क्षेत्रका विद्वानहरु क्रमशः बिचार राख्नु भयो ।
समारोहका विशिष्ट अतिथी वरिष्ठ अधिवक्ता युगल किशोर लाल ले स्व.नेपाली शरीरले हामी बिच नभएपनि उहाँका कृतिहरुले उनलाई जीवन्त बनाई दिएको बताउनु भयो ।
स्व.नेपालीलाई संधै सानो भाई सम्झदै आएको बताउँदै बरिष्ठ अधिवक्ता लालले थप्नुभयो, उनका विशिष्ट चरित्रता हाम्रो लागि पथ प्रदर्शक हो ।
त्यस्तै वरिष्ठ साहित्यकार रामस्वार्थ ठाकुर गान्धी ले उहाँका प्रेरणाले नै मेरो स्वार्थ सतसई, सिता बनवास लगायता पुस्तक प्रकाशन भएको सम्झै कविता बाचन गर्नुभयो ।
उसैगरी वरिष्ठ ई.चन्देश्वर प्रसाद रौनियारले स्व. नेपाली संग २०२५ सालमा नै चिनजान भएको बताउँदै उनि साना ठुलालाई सम्मान गर्ने उनको विशेषता रहेको स्मरण गर्नुभयो।
त्यसैगरी साहित्यका चन्द्रशेखर राय चमन ले स्व.नेपाली प्रति लेख्नु भएको कविता बाचन गर्नुभयो । जो बडा मार्मिक रहेको छ ।


जनकपुरधाम उप महागरपालिका वडा नं.–२३ द्वारा आयोजित कार्यक्रमको अध्यक्षता वडा अध्यक्ष तथा स्व. नेपालीका सुपुत्र राघवेन्द्र साह ले गर्नुभयो। श्रद्धांजलि सभा तथा पुस्तक बिमोचन कार्यक्रममा बरिष्ठ पत्रकार कमल साह, प्रा. सुरेश साह, राराब क्याम्पस प्रध्यापक संघका अध्यक्ष मुक्तिनाथ साह, संत कविर वाल वात्सल्य अनाथ आश्रमका संचालक सन्त सत्यनारायण आलोक, शिक्षक कैलाश प्रसाद, वरिष्ठ पत्रकार श्रीनारायण साह, उपेन्द्र भगत नागवंशी सहितकाले स्व. नेपालीका योगदान र व्यक्तित्वको बारेमा बिचार राख्दै श्रद्धाँजलि अर्पण गर्नुभयो ।
समारोहमा वडा नं २३ का सदस्य विभा देवी ठाकुर, केवल शर्मा,विष्णुदेव साह लगायतले स्व. नेपाली देश र जनताको पक्षमा गरेको कामको प्रशंसा गर्दै यो हाम्रो वडाको गौरव होे बिचार राख्नुभयो ।
अन्तमा पत्रकार श्री नारायण साहले स्व. नेपाली जस्ता पत्रकारका आर्दश व्यक्तित्वको जन्मजयन्ती र पुण्यतिथिमा देखिएको पत्रकारहरुको उदासिनता प्रति दुःखद व्यक्त गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

निर्माण व्यावसायीले ‘काम होलिडे’ गर्ने

कमल साह, जनकपुरधामजनकपुरधाम, बैशाख १४ गते । नेपालमा इन्धनमा दिनानुदिन मुल्य बृद्धि हुँदै आएकोलाई थेग्न नसक्ने भए..

27 दिन पहिले

नेपाल चेम्बर अफ कमर्स, हरीवनको ब्यबसायिक भवन बन्ने

सन्जु कर्ण, सर्लाही, सर्लाही, चैत्र २४ गते । हरीवन चेम्बर अफ कमर्सको ब्यबसायिक भवन बन्ने भएको छ । हरिवन नगरपालीका क..

2 महीना पहिले

जनकपुर क्षेत्रमा अजेत दुई किसमको परिक्रमा हुँदै

कमल साहजनकपुरधाम,फागुन १७ गते । प्राचिन मिथिलाका राजधानी जनकपुरधाम क्षेत्रमा अचेल दुई किसिमका परिक्रामा भई रहे..

3 महीना पहिले

साधुसन्त तथा तीर्थयात्रीहरुका लागि हेल्प डेस्क सञ्चालन

मिथिला जागरण समाचारदाताजनकपुरधाम, फागुन ६ गते । मिथिला मध्यमा परिक्रमा अवसरमा “मानव महाकुण्ड” सेवा शिविर सञ..

3 महीना पहिले

शिक्षाबिद् अमरेन्द्र झा नेकपा (एमाले) परित्याग गरि रास्व..

धिरेश दत्तजनकपुरधाम माघ २२ गते । मधेश प्रदेशको राजधानी जनकपुरधाम लगायत धनुषा क्षेत्र नं. ३ मा प्रतिनिधिसभा सदस्य..

4 महीना पहिले