मनोज साह क्रान्तिकारी इन्द्र पूजा सेवा समिति तथा नागरिक समाजको अध्यक्ष पदमा सर्वसमितिबाट चयन
कमल साह
जनकपुरधाम,भाद्र २६ गते । खोजबीन साप्ताहिक का सह सम्पादक मनोज कुमार साह क्रान्तिकारी इन्द्र पूजा सेवा समिति तथा नागरिक समाजको अध्यक्ष पदमा सर्वसमितिबाट निर्वाचित भएका छन ।
वर्षो वर्षदेखि इन्द्र पूजा सेवा समिति नामबाट जानिदै आएको समितिमा साधारण सभाले नागरिक समाज समेत जेडेर सामाजिक कार्य क्षेत्र विस्तार गरिदिएको छ । सो साधारण सभाबाट मनोज कुमार साह क्रान्तिकारी को अध्यक्षतामा १६ सदस्यीय नयाँ कार्यसमिति गठन गरिएको छ ।
इन्द्र पूजा सेवा समितिका अध्यक्ष मनोज कुमार साह क्रान्तिकारीको अध्यक्षतामा भाद्र २५ गते आयोजना गरिएको प्रेष मिट कार्यक्रममा उहाँले सम्पूर्ण कार्यसमितिको नाम सार्वजनिक गर्नु भएको छ ।
समितिका नवनियुक्त अध्यक्ष मनोज कुमार साह क्रान्तिकारी ले सार्वजनिक गर्नुभएको कार्यसमितिका वरिष्ठ उपाध्यक्षमा लक्ष्मेश्वर यादव, उपाध्यक्षमा मोहन कुमार साह, महासचिवमा महादेव साह, सचिवमा लव कुमार अधिकारी,कोषाध्यक्षमा प्रमोद कुमार साह र सह कोषाध्यक्षमा दिलिप कुमार गुप्ता चयन भएको छ ।
त्यस्तै कार्यसमितिका सदस्य पदमा विरेन्द्र साह हलुवाई,रघुनाथ नायक,महेश प्रसाद साह,रवि गुप्ता, संतोष साह,गणेश साह, , रीता साह र चान्दनी झा चयान गरिएका छन ।
त्यस्तै डा. संतोष गिरी लाई कार्यक्रम संयोजक तथा सल्लाहकार पदमा सर्वसम्मतिबाट चयन गरिएको जनाएको छ ।
सो साधारण सभाबाट इन्द्र पूजा मनाउने थलोमा चौक बनाउने निर्णय भएको जनाउँदै अध्यक्ष साह ले सो चौकको दुखनी देवी नामाकरण गरिने निर्णय भएको जनाउनु भयो ।
सो प्रेस मिटमा अगामी भाद्र २९ गते हुन लागेको इन्द्र पूजनोत्सव कार्यक्रम पनि सार्वजनिक भएको छ । अध्यक्ष मनोज क्रान्तिकारी ले भाद्र २९ गते बिहान कलश यात्रा र साँझमा कदम पूजा,३१ गते विहान पूजा महोत्सव उद्घाटन, असोज १ गते हनुमान आराधना तथा झाँकी समुदघाटन, २ गते बेलुका मेला महोत्सव उद्घाटन र असोज २ गतेदेखि ८ गतेसम्म साँझ ६ बजेदेखि भजनसंध्या कार्यक्रम चल्ने बताउनु भयो ।
नवनियुक्त अध्यक्ष साह ले अब पूजामा मात्र सिमित नरहेर सामाजिक विसंगती तथा विकृतिहरुको विरुद्धमा सामाजिक कार्यक्रमहरु पनि गर्ने भएको इन्द्र पूजा सेवा समितिको को नाउमा तथा नागरिक समाज थपिएको बताउनु भयो ।
वि.सं.२०२३ सालमा स्थापना भएको इन्द्र पूजा सेवा समिति तथा नागरिक समाज लाई अगाडी बढाउनको लागि २०७८ सालमा विधिवत जिल्ला प्रशासन कार्यालय धनुषामा दर्ता भएको थियो ।
झण्डै ६ दशक पुरानो इन्द्र पूजा सेवा समिति तथा नागरिक समाज ले आफ्नो तीन वर्षको आय व्यय भाद्र १८ गते आयोजित साधारण सभामा प्रस्तुत गरेको छ ।
भाद्र १८ गते सम्पन्न साधारण सभामा समितिका सदस्य महादेव साह ले तीन वर्षको आय व्यय प्रस्तुत गर्नुभयो । वर्ष २०८०–०८१ आयव्यय ७ लाख ९८ हजार २ सय १ रुपियाको प्रस्तुत गरियो । त्यस समारोहमा २०७८–०७९ र २०७९–०० को आय व्यय समेत प्रस्तुत गरियोे ।
कमेन्ट गर्नुहोस्
निर्माण व्यावसायीले ‘काम होलिडे’ गर्ने
कमल साह, जनकपुरधामजनकपुरधाम, बैशाख १४ गते । नेपालमा इन्धनमा दिनानुदिन मुल्य बृद्धि हुँदै आएकोलाई थेग्न नसक्ने भए..
27 दिन पहिले
नेपाल चेम्बर अफ कमर्स, हरीवनको ब्यबसायिक भवन बन्ने
सन्जु कर्ण, सर्लाही, सर्लाही, चैत्र २४ गते । हरीवन चेम्बर अफ कमर्सको ब्यबसायिक भवन बन्ने भएको छ । हरिवन नगरपालीका क..
2 महीना पहिले
जनकपुर क्षेत्रमा अजेत दुई किसमको परिक्रमा हुँदै
कमल साहजनकपुरधाम,फागुन १७ गते । प्राचिन मिथिलाका राजधानी जनकपुरधाम क्षेत्रमा अचेल दुई किसिमका परिक्रामा भई रहे..
3 महीना पहिले
साधुसन्त तथा तीर्थयात्रीहरुका लागि हेल्प डेस्क सञ्चालन
मिथिला जागरण समाचारदाताजनकपुरधाम, फागुन ६ गते । मिथिला मध्यमा परिक्रमा अवसरमा “मानव महाकुण्ड” सेवा शिविर सञ..
3 महीना पहिले
शिक्षाबिद् अमरेन्द्र झा नेकपा (एमाले) परित्याग गरि रास्व..
धिरेश दत्तजनकपुरधाम माघ २२ गते । मधेश प्रदेशको राजधानी जनकपुरधाम लगायत धनुषा क्षेत्र नं. ३ मा प्रतिनिधिसभा सदस्य..
4 महीना पहिले
संवाददाता
