+977 9854027065 | akulpdsah@gmail.com

वडादशैंमा राजदेवीमाताको प्रत्यक्ष दर्शनबाट नारीहरु बंचित

9 महीना पहिले प्रकाशित

Akul Prasad Sah

606 Views

कमल साह
जनकपुरधाम,असोज २२ गते । असुर अर्थात राक्षसलाई मार्नको लागि ब्रम्हा, विष्णु, महादेव लगायतका देवताहरुले आ–आफ्नो तेजस्वी शक्तिबाट महादेवी, महाकाली, महागौरी, चामुण्डा लगायतका नामबाट दुर्गा माताको उत्पति भएको धर्मग्रन्थमा उल्लेखित छ ।
तर, दुर्गापूजाको अवसरमा हामी महिला नै राजदेवी माताको दर्शन गर्न पाउँदैनौ । यो कस्तो विडम्बना रहेको अधिवक्ता रेखा झा ले बताउँछिन ।
ऐतिहासिक नगर जनकपुरधामको प्रतिक राममन्दिर र जानकी मन्दिरलाई मान्दै आएको हो । त्यसमा राम मन्दिर स्थित शक्तिस्वरुपा माता राजदेवीको वास स्थल रहेको छ ।
महिमा गरिमा तथा प्रभावशाली, दयालु तथा कृपालु माता हो भनि समाजमा राम्रो मान्यता रहेको छ । राजदेवी मातालाई सँधै पूजापाठ तथा दर्शन पूजनगर्दै आएको महिलालाई दुर्गापूजाको अवसरमा प्रत्यक्ष दर्शन गर्नबाट रोकिएको छ ।
महिलालाई प्रत्यक्ष दर्शन पुजन गर्नमा रोक उहिल्येदेखि लगेको हो । यो हाम्रो परम्परा कायम भईसकेको छ । तस्र्थ उनिहरु दर्शन पुजन गर्न पाउने झ्यालमा समेत बन्द गरिन्छ ।
त्यसबारेमा राममन्दिरका महंथ राम गिरी भन्छन– हामीले महिलालाई दर्शन गर्नबाट रोकेको छैन । यो प्रचलन कुन वेलादेखी चलेको हो कसैलाई थाह छैन । परम्परा तोडदा केहि भयो भने जिम्मेवारी कस्ले लिने हो ।
राम मन्दिरका मंहथ गिरीले अगाडी भन्नुभयो, ‘रजस्वला भएका महिला पनि पूजाका लागि आउने गरेकाले मन्दिरमा महिलाको प्रवेशमा रोक लगाइएको हुनसक्छ ।
उनि अगाडी थप्छन, ‘राजदेवी माताको तान्त्रिक विधिबाट पूजा हुने भएकाले महिलालाई गहवर भित्रमा प्रतिमा छोएर पूजाआजा गर्नबाट रोक लगाइएको हो ।’
माता महिला रहेकी छिन र एक महिलाले अर्को महिलालाई दर्शनगर्न नपाउनु प्रति अवश्य सामन्ति प्रवृतिको उपज हो आरोप गृहणीहरु बताउँछिन ।
धर्मग्रन्थमा महिलालाई संरक्षक सृजनाकर्ता मान्दै आएको ठाउँमा कसरी बोक्सीहुन सक्छ विचार राख्दैे समाजमा कसैबाट बदला लिनु परेको हुन्छ भने बोक्सीको आरोप लगाई कुटपीट गर्नु सजिलो उपाय रहेको छ ।
श्रद्धा भक्ति तथा आस्था पुर्वक मान्दै आएको राजदेवी मातालाई बडादशै ताका दर्शन पूजनमा रोक लगाएको राम्रो होइन । तर, केही दुष्ट प्रवृतिको महिलाले मातालाई रिझाउन सफल भएमा अनिष्टकारी सिद्धहुने श्रृतिपुराणमा उल्लेख हुँदै आएको छ ।
महंथ गिरी अगाडी थप्नुहुन्छ, २०२० सालमा नरेशानन्द गिरी नामका महन्तले यहाँको बलिप्रथा रोक्नु भएको थियो। बलि नचढाउँदा उनलाई अनिष्ट भयो र पछि क्षमापूजा गरी बलि चढाइएको पनि जनश्रृति रहेको हो उहाँ बताउनु हुन्छ ।
अधिवक्ता झा भन्छिन–पहिलाका व्यक्तिहरु अज्ञानी र अशिक्षित रहेको थिए । स्वास्थ्य सम्बन्धी समाजमा चेतना थिएन । औषधी थिएन तथा स्वास्थ्यकर्मीको अभाव रहदै आएको हुनाले मान्छेको मृत्यु निकै हुने गरेको थियो । त्यसवेला कुनै व्यक्तिको मृत्यु हुँदा फलानो ठाउँको देवी लाग्न गएको वा चिलानो महिला बोक्सी छिन ।
उनले नै मारिदिएको हो भनि आरोप लगाउँदै आएको थियो । र समाजले पनि मान्यता दिंदै आएका थिए । तर, आजकाल विज्ञानले सावित गरिदिए छ कि त्यो रोगबाट लाग्न गरेको हुन्छ । उनले हामी राजदेवी मातालाई हेर्न तथा दर्शन गर्न पाउनु पर्छ भनेर अधिकार मांग्दै छिन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

गुठी कार्यालय झण्डै तीस वर्षको चिरनिन्द्रबाट बिउझदा बे..

कमल साह जनकपुरधाम, असार १० गते । नापी कार्यालय धनुषा र गुठी संस्थान कार्यालय जनकपुरको कमि कमजोरीले आज बेला गाउँका ..

7 दिन पहिले

जनकपुरमा कलाकार अंशा सदाको रहस्यमय मृत्यु ः आत्महत्या क..

मिथिला जागरण समाचारदाताजनकपुरधाम, असाढ १० गते । कलाकारिता क्षेत्रमा चर्चित जोडी ‘कलकतियावाली’ उर्फ अविनाश झ..

7 दिन पहिले

नेपाल बैंक र नैन्सी अर्टोमोवाईल बिच सम्झौता– सुजुकी गाड..

मिथिला जागरण समाचारदाता काठमाडौं, असाढ १० गते । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरु र सो..

7 दिन पहिले

होटल व्यवसायीहरुको व्यवसायिक क्षमता अभिवृद्धि गर्ने प्..

नारायण घिमिरेमहोत्तरी, असार ८ गते । मधेस प्रदेशका होटल सञ्चालकहरुको व्यवसायिक क्षमता अभिवृद्धि तथा होटेलको स्त..

8 दिन पहिले

संघीय निजामती सेवा विधेयकमा मधेशी समुदायको समावेशीताको..

प्रेमचन्द्र झा, काठमाडौं, असार ०३ गते । संघीय निजामती सेवा विधेयक, २०८२ मा मधेशी समुदायको निष्पक्ष, समावेशी र न्या..

13 दिन पहिले