+977 9854027065 | akulpdsah@gmail.com

मिनापको जोगिरा पुरस्कार धनुषाको महिला समुहले पाए

4 महीना पहिले प्रकाशित

Akul Prasad Sah

449 Views

कमल साह
जनकपुरधाम,फागुन २९ गते । होलीको अवसरमा आयोजना गरेको जोगिरा गायन प्रतियोगितामा प्रथम स्थान धनुषा बलहाको महिला समुहले पाएका छन ।
मैथिली भाषा, साहित्य, कला, गीत संगीत र नाटय क्षेत्रमा काम गर्दै आएको मिथिला नाटयकला परिषद जनकपुरधाम (मिनाप)ले २९ वर्षदेखि सो होरी महोत्सव र महामुर्ख सम्मेलन गरिदै आएको छ ।
मिथिलाञ्चलमा लोप हुँदै गईरहेको जोगिरा गीत (फागु गीत ) लाई संरक्षण गर्ने उद्देश्यले मिथिला नाट्य कला परिषदले आयोजना गरेको दुई दिवसीय होली महोत्सवको पहिलो दिन विहिवार फागुन २९ गते आयोजित जोगिरा गायन प्रतियोगितामा सहभागी होरैयामा धनुषाका बल्हागोठ महिला समुह प्रथम भएको छ ।
गतवर्षको जोगिरा महोत्सवमा यो महिला समुह दोस्रो स्थान पाएका थिए । यसपाली उनीहरुले गतवर्षको कमिकमजोरीलाई समेटिएको निर्णायको उद्घोषणबाट बुझिन्छ ।
जनकपुरधाम उपमहानगरपालिकाका नगर प्रमुख मनोज कुमार साहले बल्हागोठ जोगीरा समुहलाई प्रमुख अतिथीको आसनबाट ट्रफी, मेलड (तक्मा), डम्फा तथा प्रमाण पत्र प्रदान गर्नुभयो ।
सो प्रतियोगितामा प्रथम हुने समुहलाई ६ तोला चाँदीको मेडल, दोस्रो हुने समुहलाई ४ तोला चाँदीको मेडल र तेस्रो हुने समुहलाई ३ तोला चाँदीको मेडलबाट पुरस्कृत गरिएका छन ।
राममन्दिरको प्रांगनमा आयोजना गरिएको प्रतियोगितामा धनुषा,महोत्तरी र सर्लाही जिल्लागरी आठ वटा समुह सहभागी भएका छन । त्यसमा दोश्रो स्थान महोत्तरीका पोखरभिण्डा जोगिरा समुह र तेश्रो स्थान सर्लाहीका मिर्जापुर समुह भएका छन ।


होरी प्रतियोगितामा विभिन्न जिल्लाबाट सहभागी आठ वटै हौरैया समूहले होली पर्वको पौराणिक गाथाका विषयवस्तु, ख्यालठट्टा, प्रेमयुक्त र रस मिसिएका मैथिली भाषामा गाइने जोगिरा (फागु गीत) गायन गरेका हुन ।
उक्त प्रतियोगीताको निर्णायक मण्डलमा मिनापका पूर्व अध्यक्ष सुनिल मल्लिक,प्राज्ञ रमेश रंजन झालगायत रहेका थिए ।
कार्यक्रमका उद्घोषक वरिष्ठ पत्रकार श्यामसुन्दर शशिले शुक्रबार महामुर्ख सम्मेलन हुने जानकारी गराउँदै कार्यक्रममा सहभागि हुन सबै संग अनुरोध गर्नुभयो ।
पहिला पहिला श्रीपंचमी देखि मिथिलांचल क्षेत्रका गाउँ टोलका दलानहरुमा होरी गायण हुने गर्दथियो । सो दलान खुल्ला हुने गर्दथे । त्यहाँ टोल पडोसका पुरुषहरु दलानमा सुत्ने गर्दथे र उनिहरु राती होरी मचाउने गर्दथे ।
तर, २०५२ सालदेखि आरम्भ भएको जनयुद्धले त्यस लोक संस्कृतिलाई रसातलमा पठाई दिने कार्य गरेको थियो । माओवादीहरुले मान्छेलाई राती गाउँ टोलका दलानमा सुत्ने सर्वसाधारणलाई समातेर लग्ने र सरकार बिरुद्धको युद्धमा लगाउने गरको थियो । यहिबेला मिथिलाँचलका गाउँ टोलका दलान समाप्त भयो ।
सो बेलादेखि जोगिरा गायनमा ह्रास आएको विशेषज्ञहरु भन्दै आएका हुन । मिथिलाञ्चलमा लोप हुने अवस्थामा रहेको होरी गायनलाई संरक्षण गर्ने उद्येश्य राख्दै मिथिला नाट्य कला परिषद्ले प्रत्येक वर्ष होरी महोत्सव र महामुर्ख सम्मेलनको आयोजना गर्दै आएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

गुठी कार्यालय झण्डै तीस वर्षको चिरनिन्द्रबाट बिउझदा बे..

कमल साह जनकपुरधाम, असार १० गते । नापी कार्यालय धनुषा र गुठी संस्थान कार्यालय जनकपुरको कमि कमजोरीले आज बेला गाउँका ..

6 दिन पहिले

जनकपुरमा कलाकार अंशा सदाको रहस्यमय मृत्यु ः आत्महत्या क..

मिथिला जागरण समाचारदाताजनकपुरधाम, असाढ १० गते । कलाकारिता क्षेत्रमा चर्चित जोडी ‘कलकतियावाली’ उर्फ अविनाश झ..

7 दिन पहिले

नेपाल बैंक र नैन्सी अर्टोमोवाईल बिच सम्झौता– सुजुकी गाड..

मिथिला जागरण समाचारदाता काठमाडौं, असाढ १० गते । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरु र सो..

7 दिन पहिले

होटल व्यवसायीहरुको व्यवसायिक क्षमता अभिवृद्धि गर्ने प्..

नारायण घिमिरेमहोत्तरी, असार ८ गते । मधेस प्रदेशका होटल सञ्चालकहरुको व्यवसायिक क्षमता अभिवृद्धि तथा होटेलको स्त..

8 दिन पहिले

संघीय निजामती सेवा विधेयकमा मधेशी समुदायको समावेशीताको..

प्रेमचन्द्र झा, काठमाडौं, असार ०३ गते । संघीय निजामती सेवा विधेयक, २०८२ मा मधेशी समुदायको निष्पक्ष, समावेशी र न्या..

13 दिन पहिले