मिनापको जोगिरा पुरस्कार धनुषाको महिला समुहले पाए
कमल साह
जनकपुरधाम,फागुन २९ गते । होलीको अवसरमा आयोजना गरेको जोगिरा गायन प्रतियोगितामा प्रथम स्थान धनुषा बलहाको महिला समुहले पाएका छन ।
मैथिली भाषा, साहित्य, कला, गीत संगीत र नाटय क्षेत्रमा काम गर्दै आएको मिथिला नाटयकला परिषद जनकपुरधाम (मिनाप)ले २९ वर्षदेखि सो होरी महोत्सव र महामुर्ख सम्मेलन गरिदै आएको छ ।
मिथिलाञ्चलमा लोप हुँदै गईरहेको जोगिरा गीत (फागु गीत ) लाई संरक्षण गर्ने उद्देश्यले मिथिला नाट्य कला परिषदले आयोजना गरेको दुई दिवसीय होली महोत्सवको पहिलो दिन विहिवार फागुन २९ गते आयोजित जोगिरा गायन प्रतियोगितामा सहभागी होरैयामा धनुषाका बल्हागोठ महिला समुह प्रथम भएको छ ।
गतवर्षको जोगिरा महोत्सवमा यो महिला समुह दोस्रो स्थान पाएका थिए । यसपाली उनीहरुले गतवर्षको कमिकमजोरीलाई समेटिएको निर्णायको उद्घोषणबाट बुझिन्छ ।
जनकपुरधाम उपमहानगरपालिकाका नगर प्रमुख मनोज कुमार साहले बल्हागोठ जोगीरा समुहलाई प्रमुख अतिथीको आसनबाट ट्रफी, मेलड (तक्मा), डम्फा तथा प्रमाण पत्र प्रदान गर्नुभयो ।
सो प्रतियोगितामा प्रथम हुने समुहलाई ६ तोला चाँदीको मेडल, दोस्रो हुने समुहलाई ४ तोला चाँदीको मेडल र तेस्रो हुने समुहलाई ३ तोला चाँदीको मेडलबाट पुरस्कृत गरिएका छन ।
राममन्दिरको प्रांगनमा आयोजना गरिएको प्रतियोगितामा धनुषा,महोत्तरी र सर्लाही जिल्लागरी आठ वटा समुह सहभागी भएका छन । त्यसमा दोश्रो स्थान महोत्तरीका पोखरभिण्डा जोगिरा समुह र तेश्रो स्थान सर्लाहीका मिर्जापुर समुह भएका छन ।
होरी प्रतियोगितामा विभिन्न जिल्लाबाट सहभागी आठ वटै हौरैया समूहले होली पर्वको पौराणिक गाथाका विषयवस्तु, ख्यालठट्टा, प्रेमयुक्त र रस मिसिएका मैथिली भाषामा गाइने जोगिरा (फागु गीत) गायन गरेका हुन ।
उक्त प्रतियोगीताको निर्णायक मण्डलमा मिनापका पूर्व अध्यक्ष सुनिल मल्लिक,प्राज्ञ रमेश रंजन झालगायत रहेका थिए ।
कार्यक्रमका उद्घोषक वरिष्ठ पत्रकार श्यामसुन्दर शशिले शुक्रबार महामुर्ख सम्मेलन हुने जानकारी गराउँदै कार्यक्रममा सहभागि हुन सबै संग अनुरोध गर्नुभयो ।
पहिला पहिला श्रीपंचमी देखि मिथिलांचल क्षेत्रका गाउँ टोलका दलानहरुमा होरी गायण हुने गर्दथियो । सो दलान खुल्ला हुने गर्दथे । त्यहाँ टोल पडोसका पुरुषहरु दलानमा सुत्ने गर्दथे र उनिहरु राती होरी मचाउने गर्दथे ।
तर, २०५२ सालदेखि आरम्भ भएको जनयुद्धले त्यस लोक संस्कृतिलाई रसातलमा पठाई दिने कार्य गरेको थियो । माओवादीहरुले मान्छेलाई राती गाउँ टोलका दलानमा सुत्ने सर्वसाधारणलाई समातेर लग्ने र सरकार बिरुद्धको युद्धमा लगाउने गरको थियो । यहिबेला मिथिलाँचलका गाउँ टोलका दलान समाप्त भयो ।
सो बेलादेखि जोगिरा गायनमा ह्रास आएको विशेषज्ञहरु भन्दै आएका हुन । मिथिलाञ्चलमा लोप हुने अवस्थामा रहेको होरी गायनलाई संरक्षण गर्ने उद्येश्य राख्दै मिथिला नाट्य कला परिषद्ले प्रत्येक वर्ष होरी महोत्सव र महामुर्ख सम्मेलनको आयोजना गर्दै आएको हो ।
कमेन्ट गर्नुहोस्
नेपाल चेम्बर अफ कमर्स, हरीवनको ब्यबसायिक भवन बन्ने
सन्जु कर्ण, सर्लाही, सर्लाही, चैत्र २४ गते । हरीवन चेम्बर अफ कमर्सको ब्यबसायिक भवन बन्ने भएको छ । हरिवन नगरपालीका क..
10 दिन पहिले
जनकपुर क्षेत्रमा अजेत दुई किसमको परिक्रमा हुँदै
कमल साहजनकपुरधाम,फागुन १७ गते । प्राचिन मिथिलाका राजधानी जनकपुरधाम क्षेत्रमा अचेल दुई किसिमका परिक्रामा भई रहे..
2 महीना पहिले
साधुसन्त तथा तीर्थयात्रीहरुका लागि हेल्प डेस्क सञ्चालन
मिथिला जागरण समाचारदाताजनकपुरधाम, फागुन ६ गते । मिथिला मध्यमा परिक्रमा अवसरमा “मानव महाकुण्ड” सेवा शिविर सञ..
2 महीना पहिले
शिक्षाबिद् अमरेन्द्र झा नेकपा (एमाले) परित्याग गरि रास्व..
धिरेश दत्तजनकपुरधाम माघ २२ गते । मधेश प्रदेशको राजधानी जनकपुरधाम लगायत धनुषा क्षेत्र नं. ३ मा प्रतिनिधिसभा सदस्य..
2 महीना पहिले
जय भेंडा ! जय अभियान !
लेखकः भोला यादब भेंडाहरू,लड्छन्,भिड्छन्,मार्छन्,एक –अर्कालाई पछार्छन् । इतिहास जोगाउन,अस्तित्व कायम गर्न,पहि..
2 महीना पहिले
संवाददाता
