सत्य र अहिंशाका पूजारी महात्मा गान्धिको सादा जीवन

कमल साह, जनकपुरधाम
जनकपुरधाम, असोज १६ गते । सत्य अहिंशाका पूजारी बापू महात्मा गान्धिको १५३ औं जन्मजयन्ति जनकपुरधामलगायतका शहरमा शनिवार मनाईयो ।
यहाँका रविन्द्र साह प्रतिष्ठान द्वारा महात्मा गान्धिको १५३ औं जन्म जयन्ति मनाईयो । रविन्द्र साह स्मृति प्रतिष्ठानका अध्यक्ष वरिष्ठ पत्रकार राजेश्वर नेपालीको अध्यक्षतामा र साहित्यकार रामस्वार्थ ठाकुरको प्रमुख आतिथ्यमा विचार कार्यक्रम मनाईयो । सो अवसरमा स्व. गान्धि माथि ई. प्रकाश चन्द्र साह, साहित्यकार चन्द्रशेखर राय, विजय राय, कमल साह लगायतका वक्ताहरुले यस प्रकार विचार राख्नुभयो ।
एक कुशल राजनीतिक अभियानकर्ता गान्धीले ब्रिटेनको शासनबाट भारतको स्वतन्त्रता र विपन्न जनताको अधिकारका लागि लड्नु भयो ।
मोहनदास करमचन्द गान्धीको जन्म पश्चिमोत्तर भारतको गुजरात राज्यमा पर्ने पोरबन्दरमा २ अक्टोबर १८६९ मा भएको थियो । उनको जन्म सम्पन्न परिवारमा भएको थियो। उनका पिता मुख्यमन्त्री थिए।
उनकी आमा धर्मप्रति निकै आस्था राख्थिन् । उनैले गान्धीलाई शाकाहार, धार्मिक सहिष्णुता, साधारण जीवन र अहिंसाजस्ता अनुशासनको पालना गर्न सिकाइन्।
आफ्नो आत्मकथामा उनले लेखेका छन, ‘मैले निकै लज्जित र नराम्रो अनुभूति गरेँ । म मेरो पिताको कोठामा दौडेर गएँ । त्यस्तो पाशविक तृष्णाले मलाई अन्धो नबनाएको भए मेरा पिताले मेरो अँगालोमा प्राण त्याग गर्थे ।
उनकी श्रीमतीले जन्माएको शिशुको तत्कालै मृत्यु भएपछि ग्लानिबोधसहित गान्धीले पिताको मृत्यु हुँदा आफू अनुपस्थित भएको बदला ईश्वरले लिएको भन्ठाने।
लन्डनमा कानुन अध्ययन गर्न गएका बेला गान्धीले थीओसोफिकल समाजका केही सदस्यहरूलाई भेटे जसले उनलाई हिन्दू धर्मशास्त्र र खासगरी श्रीमद्भागवद्गीताको अध्ययन गर्न अभिप्रेरित गरेका थिए । पछि उनीे त्यो गीताबाट आफू निकै प्रभावित भएको थिए ।
स्तानक अध्ययन पूरा गरेपछि गान्धी वकील बनेर भारतमा फर्किनु भयो । उनीे पहिलो मुद्दा हारेपछि उनलाई एक ब्रिटिश अधिकारीको कोठाबाट गलहत्याएर बाहिर निकालियो ।
त्यसबाट निकै विचलित बनेका थिए । दक्षिण अफ्रिकामा रेल यात्राको क्रममा छालाको रङ्गका कारणले उनलाई रेलको पहिलो श्रेणीको डिब्बाबाट निकालियो।
गान्धी वकीलका रूपमा दक्षिण अफ्रिकामा १८ फरबरी १९०८ मा पिटाइ खाएर घाइते भएका थिए ।
त्यहाँ भारतीय आप्रवासीलाई गरिने दुव्र्यवहारबाट स्तब्ध बनेका गान्धीले त्यसपछि दक्षिणपूर्वी अफ्रिकाको नतालमा इण्डीअन कङ्ग्रेसको स्थापना गर्नुभयो। त्यसको उद्देश्य जातीय भेदभावविरुद्ध लड्नु र आत्मशुद्धि गर्दै अहिंसात्मक सत्याग्रह थाल्नु थियो ।
भारतीय मूलका मानिसका लागि लगाइएको करको विरोधमा प्रदर्शन गर्ने क्रममा उनी पक्राउ पर्नुभयोे । ब्रिटिश शासकहरू त्यो कर हटाउन र उनलाई मुक्त गर्न बाध्य भए ।
उनको विजयको खबर इङ्गल्याण्डसम्म सुनियो र गान्धीले त्यसपछि अन्तर्राष्ट्रिय ख्याति कमाउन भयो ।
गान्धी भारत फर्किए र अमृतसरमा भएको प्रदर्शनलाई दमन गर्न ब्रिटिशहरूले गोली चलाउँदा ४०० जनाको मृत्यु र १३०० जना घाइते भएपछि उनी स्वतन्त्रताको पक्षमा अभियान थल्यो ।
अहिंसात्मक प्रदर्शनको लागि उनी गर्नुभएकोे आह्वानलाई सबै वर्ग, तह र धार्मिक आस्थाका भारतीयहरूले समर्थन गरे। उनीे ब्रिटिश शासनविरुद्ध असहयोगको लागि आह्वान गर्नुभयोे ।
उनी ब्रिटिश सामान बहिष्कार गर्न आग्रह गर्नुभयो । कैद मुक्त भएपछि गान्धीले ब्रिटिश शासन अन्त्यको माग गर्दै पुनामा भोक हड्ताल गरेका थिए । त्यसपछि ब्रिटिशहरूले उनलाई पक्राउ गरे र राजद्रोहको मुद्दा लगाएर दुई वर्ष कैद सजाय दिए ।
सन् १८७० को दशकमा ब्रिटिशले ल्याएको राजद्रोह कानुनको मुख्य उद्देश्य उपनिवेश विरोधी आन्दोलनहरूलाई निस्तेज पार्नु थियो ।
भारत र पाकिस्तान बीच विभाजनले झनै बढी हिंसा निम्त्यायो । भारतमै बस्न चाहने मुस्लिमहरूलाई बचाउन गान्धी दिल्ली फर्किए र उनीहरूको अधिकारको लागि सत्याग्रह थाले ।
स्वतन्त्रताको छ महिना पनि नपुग्दै उनलाई एक अतिवादी हिन्दूले गोली हानिदिए् । ती व्यक्ति मुस्लिम समुदाय र पाकिस्तानप्रतिको गान्धीको सद्भावप्रति आक्रोशित थिए ।
विश्वभरिका मानिसहरू विश्वशान्तिका प्रतीक बन्न पुगेका तथा विश्वव्यापी छवि भएका ती पुरुषको मृत्युमा शोकाकुल भए ।
धर्म, जात र वर्गीय विभाजनबाट भारत मुक्त भएको हेर्ने आफ्नो सपना पूरा भएको उनले देख्न पाएनन् ।
कमेन्ट गर्नुहोस्

हंसपुर नगरपालिकामा ८४ करोड भन्दा बढी बेरुजु
मिथिला जागरण समाचारदाताजनकपुरधाम, बैशाख २० गते । हंसपुर नगरपालिकामा ८४ करोड भन्दा बढी बेरुजु रहेको छ । महालेखापर..
13 दिन पहिले
खुलेआम अवैध रूपमा नदीजन्य सामग्री उत्खनन सम्बन्धीत निक..
धिरेश दत्तजनकपुरधाम, बैशाख १८ गते । धनुषाको मिथिला नगरपालिका–५ स्थित औरहीबाबा सामुदायिक वन क्षेत्रबाट दिउँसो..
14 दिन पहिले
पुर्ब राजा ज्ञानेन्द्रलाई काशिको पुजारी बन्न सुझाए – मन..
रश्मि पटेल, रौतहटरौतहट, चैत्र १९ गते । जनता समाजवादी पार्टीका केन्द्रिय सदस्य एब्म पुर्ब मन्त्री योगेन्द्र यादवल..
1 महीना पहिले
पत्रकार रजकको हत्या विरोधमा रैली
कमल साहजनकपुरधाम ,चैत्र १६ गते । नेपाल पत्रकार महासङ्घ धनुषाले एभिन्युज टेलिभिजनका क्यामरा पर्सन सुरेश रजकको शु..
2 महीना पहिले
हंसपुर नगरपालिकामा माओवादीको तालाबन्दी
कमल साहजनकपुरधाम,चैत्र १५ गते । हंसपुर नगर प्रमुखलाई गुठीको जमिनमा निर्माण भएको घर भत्काउन दबाबको लागि मओवादीका ..
2 महीना पहिले
संवाददाता
संवाददाता
संवाददाता

