तपाईको मास्क खोइ ? अभियान
प्रिंन्स मिश्रा, कपिलवस्तु
कपिलवस्तु, बैशाख ११ गते । दैनिक रूपमा संक्रमित बढ्दै गएपछि कोरोना भाइरस रोकथामको लागि बहादुरगन्ज प्रहरीले नयाँ तरिका अपनाएको छ । ‘तपाईको मास्क खै भन्दै बहादुरगन्जका प्रहरी प्रमुख नायब निरीक्षक धर्मराज भण्डारी सडकमा उत्रिएका छन ।
प्रहरीले शुक्रबार देखि बहादुरगन्जको विभिन्न ठाउँहरूमा प्लेकार्ड सहितको र्याली आयोजना गरि सन्देश मुलक सूचना प्रवाह गर्दै आएको छ । मास्क नलगाई हिंड्ने जो कोही व्यक्तिलाई ‘तपाईको मास्क खोइ ? भन्दै मास्क समेत वितरण गर्ने गरेको इलाका प्रहरी कार्यालय बहादुरगन्जका नायब निरीक्षक धर्मराज भण्डारीले बताए । कोरोना भइरसबाट जोगिनका लागि मास्क लगाउनु पर्छ भन्ने सन्देस दिँदै मास्क वितरण गर्ने गरेको नायब निरीक्षक भण्डारीले बताए ।
भौतिक दुरी कायम राख्नुका साथै घर बाहिर निस्किदा मास्कको प्रयोग गरी आफु र आफ्नो परिवारलाई सुरक्षित गराउन भण्डारीले आग्रह समेत गरेका छन ।
कमेन्ट गर्नुहोस्
जय भेंडा ! जय अभियान !
लेखकः भोला यादब भेंडाहरू,लड्छन्,भिड्छन्,मार्छन्,एक –अर्कालाई पछार्छन् । इतिहास जोगाउन,अस्तित्व कायम गर्न,पहि..
23 घन्टा पहिले
मनोकामना बुउद्देश्यीय सहकारी संस्थाको २० औँ वार्षिक सा..
सन्जु कर्ण, सर्लाही, सर्लाही, पुस २३ गते । सर्लाहीको हरिवन नगरपालिका–११, मा रहेको मनोकामना बहुउद्देश्यीय सहकारी ..
28 दिन पहिले
मधेशमा धोती दिवस मनाइयो
कमल साहजनकपुरधाम,पुस २० गते । रोमबाट चलेको ई.सं.को नयाँवर्षदेखि धोती र टोपी दिवस यहाँ विहिबार मनाइएको छ । राष्ट्रि..
1 महीना पहिले
राम मन्दिर र जानकी मन्दिरलाई विश्व सम्पदा सूचिमा सूचिकृ..
कमल साहजनकपुरधाम, पुस ७ गते । धार्मिकता तथा पौराणिकताको महत्व बोकेको यहाँका ऐतिहासिक धरोहर राम मन्दिर र जानकी ..
2 महीना पहिले
धनकौलका उखु किसान धर्नामा
सन्जु कर्ण, सर्लाही, सर्लाही, कार्तिक २५ गते । सर्लाहीको धनकौलस्थित अन्नपूर्ण चिनी उद्योगबाट पाउनुपर्ने उखुको ..
3 महीना पहिले
संवाददाता
