+977 9854027065 | akulpdsah@gmail.com

राजदेवी माताको गेट निर्माण नाउमा चन्दा उठाउने एक जना पक्राउ

4 वर्ष पहिले प्रकाशित

Akul Prasad Sah

1023 Views

कमल साह, जनकपुरधाम
जनकपुरधाम, बैशाख १६ गते । राजदेवी माताको गेट निर्माण नाउमा चन्दा उठाउने एक जना पक्राउ परेको छ भने एक जना फरार भएको छ ।
आज जनकपुरधाम को मुजेलिया स्थित यातायात कार्यालयको पछाडी को बस्तीबाट दुई जना अपरचित केटा माता राजदेवी मन्दिर को गेट निर्माणका लागि भन्दै पैसा उठाउदै अवस्थामा पक्राउ गरी जिल्ला प्रशासन कार्यालयमा बुझाएको छ ।
पक्राउ परेको केटा जिल्ला महोत्तरी बल्वा नगरपालिका धमौरा का विनय नट को छोरा बर्ष १७ को अवेश नट छन्. उनी सगै दुई थान साइकल पनि पकराउ परेको छ. तर नाम न खुलेका एक जना फरार भएका छन ।
श्री राम मन्दिर परिसर मा रहेको माता राजदेवी मन्दिरको भव्य गेट निर्माण कार्य अतिक्रमण द्रुत गतिमा भइरहेको छ. यस गेट निर्माणका लागि विकास परिषद् कोषबाट रु ३५ लाख विनियोजन भएको छ । त्यस रकमबाट गेट निर्माण भईरहेको महावीर युवा कमिटी का अध्यक्ष संतोष राज साहले जनाएको छ । साथै सो निर्माणकार्यका लागि अरु कही कतैबाट आर्थिक सहयोग नलिई रहेको उहांले जानकारी गराउनु हुन्छ ।
अतःत्यस्ता चन्दा लिन आउनेहरुको जानकारी सम्बन्धित निकायमा गर्न अनुरोध उहांले गर्नु भएको छ ।
यस्ता चन्दा लिन आयो भने नजिक को प्रहरी चौकी मा वा हाम्रो संस्थामा जानकारी गराउन उहांले अनुरोध गर्नहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

जनकपुरधाम उपमहानगरले अब गुठीबाट मालपोत उठाउने अधिकार ..

कमल साहजनकपुरधाम,असार २२ गते । जनकपुरधाम उपमहानगरले पालिका भित्रका गुठी रैतानी जमिनको मालपोत दस्तुर उठाउने छ ।&nbs..

11 दिन पहिले

नापतौल सम्बन्धी जनचेतनामुलक कार्यक्रम सम्पन्न

सन्जु कर्ण, सर्लाही, सर्लाही, असाढ २२ गते । हरिवनमा नापतौल सम्बन्धी जनचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ । गुण..

11 दिन पहिले

गुठी कार्यालय झण्डै तीस वर्षको चिरनिन्द्रबाट बिउझदा बे..

कमल साह जनकपुरधाम, असार १० गते । नापी कार्यालय धनुषा र गुठी संस्थान कार्यालय जनकपुरको कमि कमजोरीले आज बेला गाउँका ..

23 दिन पहिले

जनकपुरमा कलाकार अंशा सदाको रहस्यमय मृत्यु ः आत्महत्या क..

मिथिला जागरण समाचारदाताजनकपुरधाम, असाढ १० गते । कलाकारिता क्षेत्रमा चर्चित जोडी ‘कलकतियावाली’ उर्फ अविनाश झ..

23 दिन पहिले

नेपाल बैंक र नैन्सी अर्टोमोवाईल बिच सम्झौता– सुजुकी गाड..

मिथिला जागरण समाचारदाता काठमाडौं, असाढ १० गते । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरु र सो..

23 दिन पहिले