+977 9854027065 | akulpdsah@gmail.com

धनुषाको हंसपुर नगरपालिका–६ टिल्हीका शम्भु मण्डलको हत्या

5 वर्ष पहिले प्रकाशित

Akul Prasad Sah

1603 Views

मिथिला जागरण समाचारदाता
जनकपुरधाम, बैशाख १८ गते । धनुषाको हंसपुर नगरपालिका–६ टिल्हीका २५ वर्षीय शम्भु मण्डललाई उनकै पत्नीले धारिलो हतियार प्रहार गरी हत्या गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक प्रकाश रानाभाटले जानकारी दिए । धनुषामा घरायसी विवादका कारण श्रीमानको बीभत्स हत्या गरिएको छ ।
शुक्रबार मध्यराति भएको विवादमा मण्डललाई २३ वर्षीय पत्नी सुशिलादेवी मण्डल, भाइहरु जय मण्डल र अनिल मण्डलले कुुटपिट गर्दै धारिलो हतियार प्रहार गरी हत्या गरेको प्रहरी उपरीक्षक रानाभाटले बताए । मृतक मण्डलको घाँटी र शरीरको विभिन्न भागमा काटिएको छ ।
कुटपिटबाट मण्डलको मृत्युपछि पत्नी र भाइहरु फरार भएका छन् ।
अहिले इलाका प्रहरी कार्यालय औरही र जिल्ला प्रहरी कार्यालय धनुषाको सँयुक्त टोलीले घटनास्थल पुगेर मुचुल्का उठाएका छन् ।
भाउजु देवरबीच अवैद्य सम्बन्धका कारण शम्भुको हत्या गरीएको र बैदेशिक रोजगारीमा बस्दै आएको थिए । शम्भु एक महीना अघि मात्र कतारबाट गाउँ फर्केका थिए सो कुरो त्यँहा का बासिन्दाहरुले बताउनु भएका छन् ।
शम्भुको कन्चट र घाँटीमा खुकुरी प्रहार गरि हत्या गरेको जनाएको छ । उनलाई हत्या गरी गएराती नै तीन जना मोटरसाईकलबाट भाग्ने प्रयास गर्दा घर देखी करिब १०० मिटरकै दुरीमा मोटरसाईकल छाडेर भागेको प्रहरीले जनाएको छ । उनीहरुको खोजी कार्य तीब्र पारिएको जिल्ला प्रहरी कार्यलय धनुषाले जनाएको छ ।
घटनास्थलमा पुगेका प्रहरी हत्याबारे अनुसन्धान गरिरहेको र मृतक मण्डलको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरधाम पठाइएको धनुषा प्रहरीले जनाएको छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

निर्माण व्यावसायीले ‘काम होलिडे’ गर्ने

कमल साह, जनकपुरधामजनकपुरधाम, बैशाख १४ गते । नेपालमा इन्धनमा दिनानुदिन मुल्य बृद्धि हुँदै आएकोलाई थेग्न नसक्ने भए..

14 दिन पहिले

नेपाल चेम्बर अफ कमर्स, हरीवनको ब्यबसायिक भवन बन्ने

सन्जु कर्ण, सर्लाही, सर्लाही, चैत्र २४ गते । हरीवन चेम्बर अफ कमर्सको ब्यबसायिक भवन बन्ने भएको छ । हरिवन नगरपालीका क..

1 महीना पहिले

जनकपुर क्षेत्रमा अजेत दुई किसमको परिक्रमा हुँदै

कमल साहजनकपुरधाम,फागुन १७ गते । प्राचिन मिथिलाका राजधानी जनकपुरधाम क्षेत्रमा अचेल दुई किसिमका परिक्रामा भई रहे..

2 महीना पहिले

साधुसन्त तथा तीर्थयात्रीहरुका लागि हेल्प डेस्क सञ्चालन

मिथिला जागरण समाचारदाताजनकपुरधाम, फागुन ६ गते । मिथिला मध्यमा परिक्रमा अवसरमा “मानव महाकुण्ड” सेवा शिविर सञ..

3 महीना पहिले

शिक्षाबिद् अमरेन्द्र झा नेकपा (एमाले) परित्याग गरि रास्व..

धिरेश दत्तजनकपुरधाम माघ २२ गते । मधेश प्रदेशको राजधानी जनकपुरधाम लगायत धनुषा क्षेत्र नं. ३ मा प्रतिनिधिसभा सदस्य..

3 महीना पहिले