पत्रकार महासंघ प्रदेश २ द्वारा प्रदेश सरकारलाई ज्ञापनपत्र

कैलास दास, जनकपुरधाम
जनकपुरधाम, बैशाख ३० गते । नेपाल पत्रकार महासंघ प्रदेश २ ले प्रदेश २ को सरकारलाई पत्रकारहरुको विभिन्न समस्यालाई लिएर विहिवार ज्ञापन पत्र बुझाएको छ ।
पत्रकार महासंघका प्रदेश अध्यक्ष राजेश कुमार कर्णको नेतृत्वमा गएको टोलीले आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र कुमार यादवलाई ज्ञापनपत्र बुझाएका हुन । ज्ञापनपत्रका बोधार्थ प्रदेश २ का मुख्यमन्त्री, सामाजिक विकास मन्त्रालय, नेपाल पत्रकार महासंघ केन्द्रिय कार्यालय समिति तथा प्रदेश २ का सबै जिल्लालाई गरिएको हो ।
समाचार संकलनको क्रममा कोरोना संक्रमित भई मृत्यु भएका पत्रकार मनोज कुमार चौधरी र सञ्चार उद्यमी रमादेवी यादवको परिवारलाई तत्काल राहत उपलब्ध गराउनुपर्ने, संक्रमित पत्रकारहरुको निःशुल्क उपचारको व्यवस्थापन हुनुपर्ने ज्ञानपपत्र मार्फत माँग गरेका छन् ।
त्यसैगरी कोरोना संक्रमितको संख्या बढिरहेको बेलामा जनतालाई सुसूचित गराउने उद्देश्यले ज्यान जोखमिमा राखेर समाचार संकलन, सम्पादन, सम्प्रेषण र प्रसारण कार्यमा संलग्न सम्पूर्ण सञ्चारकर्मीहरुका लागि सुरक्षा सामाग्रीको व्यवस्थापनको माँग समेत गरेको छ । त्यस्तै कोभिड १९ संक्रमणको कारण प्रभावित भएका सञ्चारसंस्थाहरुको विशेष राहत र सम्पूर्ण सञ्चारसंस्थाहरुलाई कोभिड १९ महामारी नियन्त्रण सम्बन्धी विज्ञापनका साथै अन्य लोक कल्याणकारी विज्ञापन उपलब्ध गराई दिन विज्ञप्तिमा उल्लेख रहेको छ ।
यता ज्ञापनपत्र बुझ्दै मन्त्री यादवले पत्रकारहरुको माँग छिट्टै सम्बोधन हुने अश्वासन दिंदै त्यसका लागि प्रदेश सरकारले अघिदेखिनै कार्य गरिरहेको बताएका छन् । उनले भने, ‘ज्ञापनपत्रमा उल्लेख केही माँगहरुको बारेमा प्रदेश सरकारले अघि नै निर्णय लिई सकेको र केही माँग छिट्टै सम्बोधन हुनेछ ।’
ज्ञापनपत्र बुझाउन प्रदेशका उपाध्यक्ष ज्योति झा, सदस्य कैलास दास, संजय राउत, अजय साह, हदिस खुद्दार, प्रतिभा झा गएका थिए ।
कमेन्ट गर्नुहोस्

जनकपुरधाम उपमहानगरले अब गुठीबाट मालपोत उठाउने अधिकार ..
कमल साहजनकपुरधाम,असार २२ गते । जनकपुरधाम उपमहानगरले पालिका भित्रका गुठी रैतानी जमिनको मालपोत दस्तुर उठाउने छ ।&nbs..
11 दिन पहिले
नापतौल सम्बन्धी जनचेतनामुलक कार्यक्रम सम्पन्न
सन्जु कर्ण, सर्लाही, सर्लाही, असाढ २२ गते । हरिवनमा नापतौल सम्बन्धी जनचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ । गुण..
11 दिन पहिले
गुठी कार्यालय झण्डै तीस वर्षको चिरनिन्द्रबाट बिउझदा बे..
कमल साह जनकपुरधाम, असार १० गते । नापी कार्यालय धनुषा र गुठी संस्थान कार्यालय जनकपुरको कमि कमजोरीले आज बेला गाउँका ..
23 दिन पहिले
जनकपुरमा कलाकार अंशा सदाको रहस्यमय मृत्यु ः आत्महत्या क..
मिथिला जागरण समाचारदाताजनकपुरधाम, असाढ १० गते । कलाकारिता क्षेत्रमा चर्चित जोडी ‘कलकतियावाली’ उर्फ अविनाश झ..
23 दिन पहिले
नेपाल बैंक र नैन्सी अर्टोमोवाईल बिच सम्झौता– सुजुकी गाड..
मिथिला जागरण समाचारदाता काठमाडौं, असाढ १० गते । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरु र सो..
23 दिन पहिले
संवाददाता
संवाददाता

