+977 9854027065 | akulpdsah@gmail.com

पत्रकारका लागि स्वास्थ्य सामग्री जुटाउँदै महासंघ सर्लाही

5 वर्ष पहिले प्रकाशित

Akul Prasad Sah

1388 Views

सन्जु कर्ण, सर्लाही,
सर्लाही, जेष्ठ २ गते । पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघ सर्लाही शाखाले जिल्लाका सक्रिय पत्रकार र संचारमाध्यमहरुलाई सहयोग गर्नका लागि स्वास्थ्य सुरक्षाका सामग्री जुटाउन सुरु गरेको छ ।
महासंघले विभिन्न मनकारी व्यक्ति तथा सामाजिक संघसंस्थाहरुसँग सहयोग मागेर पत्रकारहरुका लागि कोरोना भाइरसको संक्रमणबाट सुरक्षित भई काम गर्न स्वास्थ्य सुरक्षाका सामग्री जुटाउन सुरु गरेको हो ।
सोही क्रममा आज भोर संस्थाले मास्क र सेनिटाईजर सहयोग गरेको छ । ४० पोका मास्क र ४० वटा सेनिटाईजर पत्रकार महासंघ सर्लाही शाखालाई उपलब्ध गराएको हो । त्यसैगरी नेपाल खेलकुद महासघंले पनि आजै मास्क सेनिटाईजर, र ग्लास सहयोग गरेको छ । स्वास्थ्य सुरक्षा सामाग्रि बितरण कार्यक्रममा महासंघका बरिष्ठ उपाध्यक्ष परशुराम बस्नेत, उप महा सचिव रम कृष्ण खड्का, उप महा सचिव सन्त माया परियार, ससचिवालय सदस्य रमेश चौलागाँई ,नेकपा एमालेका नेता गोकुल बस्नेत लगाएतको उपस्थिती रहेको थियो ।
यसरी संकलित स्वास्थ्य सुरक्षाका सामग्री केही दिनभित्रै पत्रकार र संचार माध्यमहरुलाई वितरण गर्न सुरु गरिने नेपाल पत्रकार महासंघ सर्लाहीका अध्यक्ष टंक क्षेत्रिले बताउनु भयो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

निर्माण व्यावसायीले ‘काम होलिडे’ गर्ने

कमल साह, जनकपुरधामजनकपुरधाम, बैशाख १४ गते । नेपालमा इन्धनमा दिनानुदिन मुल्य बृद्धि हुँदै आएकोलाई थेग्न नसक्ने भए..

14 दिन पहिले

नेपाल चेम्बर अफ कमर्स, हरीवनको ब्यबसायिक भवन बन्ने

सन्जु कर्ण, सर्लाही, सर्लाही, चैत्र २४ गते । हरीवन चेम्बर अफ कमर्सको ब्यबसायिक भवन बन्ने भएको छ । हरिवन नगरपालीका क..

1 महीना पहिले

जनकपुर क्षेत्रमा अजेत दुई किसमको परिक्रमा हुँदै

कमल साहजनकपुरधाम,फागुन १७ गते । प्राचिन मिथिलाका राजधानी जनकपुरधाम क्षेत्रमा अचेल दुई किसिमका परिक्रामा भई रहे..

2 महीना पहिले

साधुसन्त तथा तीर्थयात्रीहरुका लागि हेल्प डेस्क सञ्चालन

मिथिला जागरण समाचारदाताजनकपुरधाम, फागुन ६ गते । मिथिला मध्यमा परिक्रमा अवसरमा “मानव महाकुण्ड” सेवा शिविर सञ..

3 महीना पहिले

शिक्षाबिद् अमरेन्द्र झा नेकपा (एमाले) परित्याग गरि रास्व..

धिरेश दत्तजनकपुरधाम माघ २२ गते । मधेश प्रदेशको राजधानी जनकपुरधाम लगायत धनुषा क्षेत्र नं. ३ मा प्रतिनिधिसभा सदस्य..

3 महीना पहिले