कुवा मठका अतिक्रमण भत्काउँदा महंथलाई गिरीलाई उठीवास

कमल साह, जनकपुरधाम
जनकपुरधाम, जेष्ठ ४ गते । गुठी संस्थान अन्तगर्तको जग्गा अतिक्रमणगरी अवैध रुपमा बनाइएका ३५ वटा घर टहरा प्रहरीले विहिवार आंशिकरुपम भत्काएको दिनदेखि कुवा मठका महंथ तुलसी गिरीलाई उठीबास हुनुभएको छ ।
कुवा मठका महंथ तुलसी गिरीलाई वैशाख ३० गतेदेखि नै उठीबास हुनुपरेको हो । उनि अचेल स्वर्णमण्डप राम मन्दिरमा अस्थायी बसोबास गर्दै आएका हुन ।
जनकपुरधाम उप–महानगरपालिका– १२ कुवा टोलस्थित गुठी संस्थान अन्तर्गत कुवा मठको अतिक्रमण वैशाख ३० गते जिल्ला प्रहरी कार्यालय धनुषाले हटाएको थियो ।
गुठी संस्थानको अधिनमा रहेको गेनाही पोखरीको डिल अतिक्रमणगरी बनाइएका ३५ वटा घर टहरा सो दिन भत्काइएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरिक्षक प्रकाश रानाभाटले बताउनुभयो ।
गुठी संस्थान धनुषाको सिफारिस र जिल्ला प्रशासन कार्यालयको निर्देशनमा नेपाल प्रहरी र सशस्त्र प्रहरी टोलीको सुरक्षा बीच गुठीको अतिक्रमित जग्गामा बनाइएको घर टहरा भत्काउन डोजर प्रयोग गरिएको उहाँले थप्नुभयो ।
सो घर टहरा भत्काउने क्रममा स्थानीयले विरोधगर्दै प्रहरीमाथि ढुंगामुढा समेत गरेको थियो । स्थानीयद्वारा गरिएको ढुंगामुढाले डोजरको सीसा फुटेर क्षति भएको थियो भने डोजर चालक सहित दुईजना प्रहरी समेत सामान्य घाइते भएको प्रहरी उपरिक्षक रानाभाटले भन्नुभयो ।
प्रहरीमाथि ढुंगामुढा भएपछि थप दर्जनौ प्रहरी परिचालन गरिएको थियो । अबैध घर भत्काउनमा अवरोध गर्दै प्रहरीमाथि हातपात प्रयास गर्ने दुईजनालाई प्रहरीले नियन्त्रणमा लिइएको प्रहरी जनाएको छ । घर टहरा भत्काउने कार्य बिहान साढे ११ बजेदेखि शुरुभई बेलुका साढे ५ बजेसम्म भएको थियो । र बाँकी अवैध घर टहरा भत्काउने एक दुईदिनमा हुने प्रहरीले जनाएको छ ।
जिल्ला प्रशासन कार्यालय धनुषाका प्रमुख जिल्ला अधिकारी बुन्धु प्रसाद बास्तोलाले गुठी संस्थान कार्यालय धनुषाबाट स्थानीय राजदेवी मन्दिरको पोखरी डिलमा अतिक्रमित जग्गा मुक्त गराउन सिफारिस भई निवेदन आएकोमा अतिक्रमण मुक्त गराइएको भन्नुभयो ।
उहाँले हामीलाई जग्गा अतिक्रमण मुक्त गराउन आवश्यक सहयोग गरिदिन आएको निवेदनको आधारमा सुरक्षाको दृष्टिकोणले प्रहरी परिचालन गरी ती जग्गा अतिक्रमण मुक्ता गराइएको हो भन्नुभयो ।
कुवा मन्दिरका महन्थ तुलसी गिरीले बताउनुभयो, ‘पोखरी डिलमा रहेका यी अतिक्रमणको कारण पोखरीसंगै रहेको अर्बौ मूल्य बराबरको गुठीको २२ विगहा जग्गा नै कब्जा गर्ने शुरु भइसकेको थियो ।
उहाँले मान्छेलाई जोगाउनको लागि प्रहरी प्रशासन त्यतातिर लागेको देखेर अतिक्रमणकारीले ती २२ विघा जग्गामा घर टहरा बनाउन थालेको थियो । यो देखेर गुठी संस्थान केन्द्रिय कार्यालयको निर्देशनानुसार नयाँ बनेका ती घरहरु सहित पोखरी डिलमा रहेका घरहरु भत्काएर अतिक्रमण मुक्त गराउन लागिएको हो महंथ गिरीले जानकारी गराउनु भयो ।
महन्थ गिरीले पोखरी डिल अतिक्रमण गरी करीब २ सय जति घर अवैध रुपमा बनाइएको बताउँदै गुठीको निर्देशनानुसार ती सबै घर टहरा हटाई डिल र मन्दिर मातहत रहेका जग्गा अतिक्रमण मुक्त गराईदै छ थप्नुभयो ।
उहाँले गुठीको निर्देशनानुसार आफू मन्दिर मातहत रहेको पोखरीको डिल अतिक्रमण मुक्त गराउन खोज्दा स्थानीयले ज्यान मारी दिने धम्की दिएको कारण त्यहाँबाट अन्यत्र सर्न पुगेको गुणासो गर्नुभयो ।
एक जना स्थानिय व्यक्तिले समाचार माध्यममा नाम नछापिने शर्तमा भन्नुभयो, ‘केही दिन अघि स्थानीय भजन मुखिया र मंगनिया मुखिया ले पोखरी नजिकै रहेका २२ विघा जग्गाको प्लटमा अतिक्रमण गरी नयाँ घर बनाएपछि स्थानीयवासीले ती पुरै जग्गामा सालखुट्टा र आली बनाएर कब्जा गर्न प्रयास गरेका थिए ।
सो जग्गाको अतिक्रमण हटाएको २४ घण्टा नबित्दै मन्दिरका महन्थ र केही स्थानीय बासिन्दाले जिल्ला प्रशासन कार्यालय धनुषामा उजुरी दिएपछि त्यहाँ लगाएको सालखुट्टा प्रहरीले हटाइएको थियो ।
अवैध घर टहरा भत्काइएपछि दुई दर्जनभन्दा बढी स्थानीयको उठिबास भएको जनाएको छ । उनीहरु कोरोना महामारीको बेला कहाँ जाने के गर्ने भनि विचल्लीमा परेका छन । पिडीत मध्येका बहादुर मुखियाले, ‘हामी सुकुम्बासी हौं वर्षौदेखि घर बनाएर बस्दै आएका थियौं, यदि घर नै भत्काउनु थियो भने हामीलाई केही समयावधि दिनु पथ्र्यो भनि दुखेसो पोखेका छन ।
तर,महंथ गिरीले बताउनु हुन्छ , ‘म उनिहरुलाई बढी लाल्चि न बन भन्दै आएको भएपनि कुनै वास्ता नगरी गुठी अधिनको ८ विगहाको पल्ट लोप गर्न लागेको ले यस्तो परिणाम हुन आएको छ ।
कमेन्ट गर्नुहोस्

जनकपुरधाम उपमहानगरले अब गुठीबाट मालपोत उठाउने अधिकार ..
कमल साहजनकपुरधाम,असार २२ गते । जनकपुरधाम उपमहानगरले पालिका भित्रका गुठी रैतानी जमिनको मालपोत दस्तुर उठाउने छ ।&nbs..
11 दिन पहिले
नापतौल सम्बन्धी जनचेतनामुलक कार्यक्रम सम्पन्न
सन्जु कर्ण, सर्लाही, सर्लाही, असाढ २२ गते । हरिवनमा नापतौल सम्बन्धी जनचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ । गुण..
11 दिन पहिले
गुठी कार्यालय झण्डै तीस वर्षको चिरनिन्द्रबाट बिउझदा बे..
कमल साह जनकपुरधाम, असार १० गते । नापी कार्यालय धनुषा र गुठी संस्थान कार्यालय जनकपुरको कमि कमजोरीले आज बेला गाउँका ..
22 दिन पहिले
जनकपुरमा कलाकार अंशा सदाको रहस्यमय मृत्यु ः आत्महत्या क..
मिथिला जागरण समाचारदाताजनकपुरधाम, असाढ १० गते । कलाकारिता क्षेत्रमा चर्चित जोडी ‘कलकतियावाली’ उर्फ अविनाश झ..
22 दिन पहिले
नेपाल बैंक र नैन्सी अर्टोमोवाईल बिच सम्झौता– सुजुकी गाड..
मिथिला जागरण समाचारदाता काठमाडौं, असाढ १० गते । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरु र सो..
23 दिन पहिले
संवाददाता
संवाददाता

