चौपायाको तस्करी गराउने प्रहरी निरीक्षक थापालाइ किन कारवाही गरेन्न माथिल्लो निकाय

रंजित चौरसिया, वीरगंज,
वीरगंज जेष्ठ ११ गते । पर्सा जिल्लाको केही ग्रामिण क्षेत्रहरुबाट नेपाल प्रहरीले ग्रिन सिगनल दिएपछि व्यापक मात्रामा तस्करीहरु भईरहेको समाचार प्राप्त भएको छ ।
ईलाका प्रहरी कार्यालय पटेर्वासुगौलीको एरियाबाट सशस्त्र प्रहरीले राँगाभैसी समात्नुले पनि नेपाल प्रहरीको मिलोमतोमा तस्करी भईरहेको प्रष्ट हुन्छ ।
ईलाका प्रहरी कार्यालय पटेर्वासुगौलीका प्रहरी निरीक्षक रामकाजी थापाले भारतीय राँगाभैसीका नामुद तस्कर महादेव भनिने व्यक्ति सँग मोटो रकम लिई तस्करीको लाइन दिएको समाचार स्रोतले जनाएको छ ।
विगतका समयमा पनि ईलाका प्रहरी कार्यालय पटेर्वासुगौलीको नाका भएर तस्करी हुने गरेको बारम्बार विभिन्न सञ्चारमाध्यममा समाचार आएपनि माथिल्लो निकायको ध्यान नपुगेकै कारण तस्करी फस्टाएको स्थानियवासीले गुनासो गरेका छन् ।
ईलाका प्रहरी कार्यालय पटेर्वासुगौलीका प्रहरी निरीक्षक रामकाजी थापाले भारतीय तस्कर महोदव सँग मासिक पाँच लाख रुपैया महिनवारी लिएर तस्करीको ग्रिन सिगनल दिएको एक तस्करले नाम उल्लेख नगर्ने शर्तमा बताए ।
भारतबाट अवैध रुपमा भित्र्याउदै गरेको ठूलो संख्याको राँगाभैसी सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ । सशस्त्र प्रहरी बल १३ नम्बर गण मातहतका सशस्त्र प्रहरी वोर्डर आउट पोष्टबाट खटिएका टोलीले ४७ वटा राँगाभैसी नियन्त्रणमा लिएको सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर गण हेडक्वार्टरका गणपति सशस्त्र प्रहरी उपरीक्षक राजेन्द्र खड्काले जानकारी दिनुभयो ।
भारतबाट नेपालको विभिन्न नाका हुदै भित्र्याएको राङ्गा भैंसी सशस्त्र प्रहरी बल १३ नम्बर गणबाट गएको गस्ती टोलीले जिराभवानी गाउँपालिका वडा नम्बर–५ सखुवनियाबाट ३२ वटा, सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट महादेवपट्टीबाट सशस्त्र प्रहरी निरीक्षक केदार राईको नेतृत्वमा गएको गस्ती टोलीले जिराभवानी गाउँपालिका वडा नम्बर ३ को जितपुर बाट ८ वटा राँगाभैसी नियन्त्रणमा लिएको उहाँले बताउनुभयो ।
त्यस्तै सशस्त्र प्रहरी बोर्डर आउट पोष्ट भिखमपुरका सशस्त्र प्रहरी निरीक्षक किशमान तमाङ नेतृत्वमा गएको गस्ती टोलीले जिराभवानी गाउँपालिका वडा नम्बर ३ कै परसवाबाट ७ वटा राँगाभैँसी नियन्त्रणमा लिएको छ । विभिन्न स्थानबाट गरि जम्मा ४७ वटा राँगा भैंसी आईतबार बिहान तीन बजेको समयमा नियन्त्रणमा लिईएको सशस्त्र प्रहरी उपरीक्षाक खड्काले बताउनुभयो ।
भारतको इनरवा हुदै नेपालको पाँडेपुर नाकाबाट नेपाल भित्रिएको स्थानीयले बताएका छन् । त्यस क्षेत्रमा बिगत लामो समयदेखि भारतीय रागाँ भैंसी अवैध ओसार पसार हुँदै आएको सूचनापछि सशस्त्र प्रहरीले सुरक्षा गस्तीलाई कडाई गर्नेक्रममा अवैध रुपमा भित्र्याइएका राँगाभैंसी नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिईएका चौपायालाई आवश्यक कारवाहीका लागि बिरगंज भन्सारमा पठाउने तैयारी भईरहेको सशस्त्र प्रहरी बल १३ नम्बर गणका सशस्त्र प्रहरी उपरीक्षक राजेन्द्र खडकाले जानकारी दिनुभयो ।
कोरोना महामारीका बिच पनि ईलाका प्रहरी कार्यालय पटेर्वासुगौलीका प्रहरी निरिक्षक रामकाजी थापाले तस्करीको लाईन दिएकोले झनै महामारी फैलिने जोखिम रहेकोले माथिल्लो निकायको चाडैभन्दा चाडै ध्यान पुगोस भनि स्थानियवासीहरुले सामाजिक सञ्जाल मार्फत माग समेत गर्न थालेका छन् ।
कमेन्ट गर्नुहोस्

जनकपुरधाम उपमहानगरले अब गुठीबाट मालपोत उठाउने अधिकार ..
कमल साहजनकपुरधाम,असार २२ गते । जनकपुरधाम उपमहानगरले पालिका भित्रका गुठी रैतानी जमिनको मालपोत दस्तुर उठाउने छ ।&nbs..
11 दिन पहिले
नापतौल सम्बन्धी जनचेतनामुलक कार्यक्रम सम्पन्न
सन्जु कर्ण, सर्लाही, सर्लाही, असाढ २२ गते । हरिवनमा नापतौल सम्बन्धी जनचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ । गुण..
11 दिन पहिले
गुठी कार्यालय झण्डै तीस वर्षको चिरनिन्द्रबाट बिउझदा बे..
कमल साह जनकपुरधाम, असार १० गते । नापी कार्यालय धनुषा र गुठी संस्थान कार्यालय जनकपुरको कमि कमजोरीले आज बेला गाउँका ..
22 दिन पहिले
जनकपुरमा कलाकार अंशा सदाको रहस्यमय मृत्यु ः आत्महत्या क..
मिथिला जागरण समाचारदाताजनकपुरधाम, असाढ १० गते । कलाकारिता क्षेत्रमा चर्चित जोडी ‘कलकतियावाली’ उर्फ अविनाश झ..
22 दिन पहिले
नेपाल बैंक र नैन्सी अर्टोमोवाईल बिच सम्झौता– सुजुकी गाड..
मिथिला जागरण समाचारदाता काठमाडौं, असाढ १० गते । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरु र सो..
23 दिन पहिले
संवाददाता
संवाददाता

