+977 9854027065 | akulpdsah@gmail.com

ढुंंगा–गिट्टी निकासी गर्ने निर्णय नसच्चिए प्रदेश२ को सरकारले आफैं निर्णय गर्छ ः मुख्यमन्त्री राउत

5 वर्ष पहिले प्रकाशित

Akul Prasad Sah

1129 Views

कमल साह
जेठ २१ गते जनकपुरधाम । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले ढुंगा, गिट्टीलगायतका निकासी गर्ने निर्णय संघीय सरकारले नसच्याए प्रदेश सरकार आफैं आवश्यक निर्णय लिने चेतावनी दिएका छन् ।
अर्थ मंत्री द्वारा बजेट भाषण भएको ५ औं दिन मा प्रदेश २ का मुख्यमंत्री राउत ले विरोध जनाएको छ ।
मुख्यमंत्री राउत ले, नेपाल सरकारको यस्तो अदूरदर्शी निर्णयका कारण प्रदेश २ को सम्पूर्ण भू–भाग मरुभूमिकरण भइ शतप्रतिशत जनताको बिल्लीबाठ हुने वताएका हुन् ।
‘वन विनाश, वातावरणीय सन्तुलन, जैविक विविधिताको संरक्षण, पानी मुहान संरक्षणका साथै प्रदेशलाई मरुभूमिकरण हुनबाट जोगाउनप्रति प्रदेश सरकार सजग छ,’ मुख्यमन्त्री राउतले वक्तव्य जारी गरेर भनेका छन्,‘यस्तो कार्य तत्काल नरोकिए तराई मधेशको चुरे संरक्षण र प्राकृतिक सम्पदाको रक्षार्थ प्रदेश सरकारले आवश्यक निर्णय लिने छ । ’
कमजोर भू–वनौटका कारण ढुंगा, गिट्टी उत्खनन गरिए नदीको तीब्र बहावले बगाएर ल्याउने बालुवा थुप्रिएर प्रदेश मरुभूमि बन्ने निश्चित रहेको उनले बताएका छन् ।
साथै चुरे दोहनका कारण प्राकृतिक सम्पदा नष्ट हुने जोखिम रहेकोले राउतले तत्काल यो निर्णय सच्याउन संघीय सरकार लाई आग्रह गरेका छन् ।
सप्तरीदेखि पर्सासम्म फैलिएको चुरे पहाड प्रदेश २ को रक्षा कवच रहेको बताउँदै उनले व्यापार घाटा न्यूनीकरण गर्ने बहानामा चुरे दोहन कदापि स्वीकार्य नहुने जिकिर गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

जय भेंडा ! जय अभियान !

लेखकः भोला यादब भेंडाहरू,लड्छन्,भिड्छन्,मार्छन्,एक –अर्कालाई पछार्छन् । इतिहास जोगाउन,अस्तित्व कायम गर्न,पहि..

18 घन्टा पहिले

मनोकामना बुउद्देश्यीय सहकारी संस्थाको २० औँ वार्षिक सा..

सन्जु कर्ण, सर्लाही, सर्लाही, पुस २३ गते । सर्लाहीको हरिवन नगरपालिका–११, मा रहेको मनोकामना बहुउद्देश्यीय सहकारी ..

28 दिन पहिले

मधेशमा धोती दिवस मनाइयो

कमल साहजनकपुरधाम,पुस २० गते । रोमबाट चलेको ई.सं.को नयाँवर्षदेखि धोती र टोपी दिवस यहाँ विहिबार मनाइएको छ । राष्ट्रि..

1 महीना पहिले

राम मन्दिर र जानकी मन्दिरलाई विश्व सम्पदा सूचिमा सूचिकृ..

कमल साहजनकपुरधाम, पुस ७ गते । धार्मिकता तथा पौराणिकताको महत्व बोकेको यहाँका ऐतिहासिक धरोहर राम मन्दिर र  जानकी ..

1 महीना पहिले

धनकौलका उखु किसान धर्नामा

सन्जु कर्ण, सर्लाही, सर्लाही, कार्तिक २५ गते । सर्लाहीको धनकौलस्थित अन्नपूर्ण चिनी उद्योगबाट पाउनुपर्ने उखुको ..

3 महीना पहिले