मन्त्री जितेन्द्र सोनल कुवाटरबाट मोटरसाइकलमा बाहरिए
कमल साह
जनकपुरधाम, जेष्ठ २४ गते । प्रदेश २ का भौतीक पुर्वाधार विकास मन्त्री जितेन्द्र सानल एक सुटकेश लिएर मन्त्री कुवाटरबाटबाट आज बाहिरएका छन् । आइतवार साँझ प्रदेश सरकारले ठाकुर पक्षका सोनल सहित थप ३ राज्य मन्त्री समेतलाई हटाएपछि मन्त्री सोनल आज विहानै कर्मचारी सहित शुभेच्छुकहरुलाई बोलाएर निवासबाट बाहिरएका छन् ।
उनी निवासमा कर्मचारी सहितका विभिन्न शुभेच्छुकहरुलाई संक्षिप्त सम्बोधन गरेका छन्.मन्त्री सोनलले भन्नु भयो, ‘पार्टीले प्रदेशको राजनिति गर्न पठाएको छ, प्रदेशको राजनिति गर्छु ।’
मन्त्री सोनले आफनो कार्यकालमा काम गर्न सहयोग गरेका सम्पुर्ण कर्मचारी, सचिवालयका सदस्यहरु, रच्नात्मक सहयोग गर्ने पत्रकार सहितका सवैलाई धन्यवाद दनुभयो। उ हाल थप्नुभयो, ‘प्रदेश २ लाई समृद्ध बनाउन काम गर्ने क्रममा कुनै पनि दिन आराम गरेको मलाई याद छैन, लोकतन्त्रान्त्रिक बिधी र शासनलाई आत्मसाथ गर्दै क्षेत्र, जिल्ला र प्रदेश तथा देशको जनता प्रति प्रतिवद्व रहने छु ।’
मन्त्री सोनल सहित पदमुक्त हुनेमा पर्नेहरु प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले सोमबार साँझमा भौतिक पूर्वाधार विकास मन्त्री सोनल , भौतिक पूर्वाधार विकास राज्य मन्त्री डा. डिम्पल झा, समाजिक विकास राज्यमन्त्री अभिराम शर्मा र उद्योग, पर्यटन वन तथा वातावरण राज्यमन्त्री सुरेश मण्डललाई पदमुक्त गर्नु भएको हो ।
उनिहरु जसपा महंथ ठाकुर राजेन्द्र महतो समुहका नेता भ एको ले मुख्यमंत्री राउतले हटाउनु भएको छ. मुख्यमंत्री राउतले अब त्यस ठाउँमा नेपाली कांग्रेस लाई ल्याउन गृह कार्य गर्दै छ ।
मन्त्री सोनल को राजनीति बिशुध्द समाज सेवा हो. उहाँ ले राजनीति लाई पेशा बना उनु भ एको छैन. तै पनि उहाँ माथि किचर उछाल ने कार्य गर्ने हरुलाई संचार कर्मी श्याम सुंदर शशि भन्नुहुन्छ, प्रदेश २ मा जनता समाजवादी पार्टीको संस्थापन पक्ष(उपेन्द्र यादव समूह ) पार्टी नफुट्दै महन्थ राजेन्द्र समूहका भौतिक पूर्वाधार मन्त्री जितेन्द्र सोनलसहित चार मन्त्रीलाई हटाउनु पार्टी भित्रको आन्तरिक विषय तथा व्यथा कथा हुन सक्छ । यसबारे टिका टिप्पणी गर्नु उचित लागेन तर मुख्यमन्त्री लालबाबू राउतले कार्यसम्पादन राम्रो नभएको भन्दै मन्त्रीहरुलाई बर्खास्त गर्नु किम्मार्थ उचित होइन । जितेन्द्र सोनल क्षमता ,योग्यता तथा आन्दोलनको मोर्चामा कुनै नेताभन्दा १९ छैनन् । हटाउनै पर्दा भाषा अलि सभ्य लेखिदिदा केहि बिग्रिनेवाला थिएन ।
उनी अगाडि भन्छन, जितेन्द्र सोनलजीको एउटा मोटरसाईकलमा एउटा सूटकेश लिएर मन्त्री आवास छोडदाको सादगी सधै स्मरण रहि रहने छ । यद्यपि उहा अझै पनि प्रदेश सांसद हुनु हुन्छ । भोली के होला भन्न सकिन्न । हिडदै जांदा कुनै मोडमा अवश्य भेंट हुन्छ । कमसेकम नमस्कार गर्ने ठाउंत राखिदिदा हुन्थ्यिो ।
अन्यथा शशि ले भनेका छन , शुभकामना सोनलजी दिल की बात दिल से कहसको, दिल में इतनी जगह रखना मुलाकÞात हो जाये किसी मोड़ पे, मुस्कुराने की वजÞह रखना ।
कमेन्ट गर्नुहोस्
निर्माण व्यावसायीले ‘काम होलिडे’ गर्ने
कमल साह, जनकपुरधामजनकपुरधाम, बैशाख १४ गते । नेपालमा इन्धनमा दिनानुदिन मुल्य बृद्धि हुँदै आएकोलाई थेग्न नसक्ने भए..
14 दिन पहिले
नेपाल चेम्बर अफ कमर्स, हरीवनको ब्यबसायिक भवन बन्ने
सन्जु कर्ण, सर्लाही, सर्लाही, चैत्र २४ गते । हरीवन चेम्बर अफ कमर्सको ब्यबसायिक भवन बन्ने भएको छ । हरिवन नगरपालीका क..
1 महीना पहिले
जनकपुर क्षेत्रमा अजेत दुई किसमको परिक्रमा हुँदै
कमल साहजनकपुरधाम,फागुन १७ गते । प्राचिन मिथिलाका राजधानी जनकपुरधाम क्षेत्रमा अचेल दुई किसिमका परिक्रामा भई रहे..
2 महीना पहिले
साधुसन्त तथा तीर्थयात्रीहरुका लागि हेल्प डेस्क सञ्चालन
मिथिला जागरण समाचारदाताजनकपुरधाम, फागुन ६ गते । मिथिला मध्यमा परिक्रमा अवसरमा “मानव महाकुण्ड” सेवा शिविर सञ..
3 महीना पहिले
शिक्षाबिद् अमरेन्द्र झा नेकपा (एमाले) परित्याग गरि रास्व..
धिरेश दत्तजनकपुरधाम माघ २२ गते । मधेश प्रदेशको राजधानी जनकपुरधाम लगायत धनुषा क्षेत्र नं. ३ मा प्रतिनिधिसभा सदस्य..
3 महीना पहिले
संवाददाता
