+977 9854027065 | akulpdsah@gmail.com

४९ किलोग्राम लागू औषध गाजा बारा प्रहरीद्वारा बरामद

5 वर्ष पहिले प्रकाशित

Akul Prasad Sah

1258 Views

रंजित चौरसिया, वीरगंज,
बारा जेष्ठ २५ गते । जिल्ला प्रहरी कार्यालय बारा प्रहरीले बिशेष सूचनाको अधारमा लागू औषध गाजा सहित टेम्पु र लागू औषध कारोबारीलाई पक्राउ गर्न सफल भएको छ । बाराको महागढिमाइ नगरपालिका वडा नम्बर २ इनर्वा चौक नजिकैबाट पक्राउ गर्न सफल भएको बारा प्रहरीले जनाएको हो ।
जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक गौतम मिश्रले दिएको जानकारी अनुसार लागू औषध गाजा ओसार पोसार भइरहेको बिशेष सूचनाको अधारमा ४९ किलोग्राम लागू औषध गाजा सहित ३ जना कारोबारी र टेम्पुलाइ नियन्त्रणमा लिएको बताउनु भयो । उहाले पर्साको सखुवा प्रसौनी गाउँपालिका वडा नं.१ औराहा टोल निवासी ३९ बर्षिय अमिरका पासवान, सोही ठाउँ निवासी ५६ बर्षिय रमेश चौधरी र ३७ बर्षिय राज कुमार ठाकुरलाई पक्राउ गरेको बताउनु भयो ।
बाराको महागढीमाई नगरपालिका वडा नं.२ इनर्वा चोक नजिकै बरियारपुरबाट तेलकुवातर्फ गइरहेको ना २ ह ६१०६ नं. को कालो रंगको अटो तथा नम्बर नखुलेको पल्सर मोटरसाइकल समेतमा आएका ब्यक्तिहरुलाई चेकजाँच गर्दा निजहरूले बिक्रि वितरणको लागि उक्त अटोमा लुकाई छिपाई ल्याएको ७ पोकामा ४९ किलोग्राम अवैध लागू औषध गँजा बरामद भएको प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिनुभयो । पक्राउ परेका तिनै जनालाई बरामद लागू औषध र मानिस तथा सवारी साधनहरू समेतलाई नियन्त्रणमा राखी लागू औषध मुद्दामा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एवम् प्रहरी नायब उपरिक्षक गौतम मिश्रले जानकारी बताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

निर्माण व्यावसायीले ‘काम होलिडे’ गर्ने

कमल साह, जनकपुरधामजनकपुरधाम, बैशाख १४ गते । नेपालमा इन्धनमा दिनानुदिन मुल्य बृद्धि हुँदै आएकोलाई थेग्न नसक्ने भए..

18 दिन पहिले

नेपाल चेम्बर अफ कमर्स, हरीवनको ब्यबसायिक भवन बन्ने

सन्जु कर्ण, सर्लाही, सर्लाही, चैत्र २४ गते । हरीवन चेम्बर अफ कमर्सको ब्यबसायिक भवन बन्ने भएको छ । हरिवन नगरपालीका क..

1 महीना पहिले

जनकपुर क्षेत्रमा अजेत दुई किसमको परिक्रमा हुँदै

कमल साहजनकपुरधाम,फागुन १७ गते । प्राचिन मिथिलाका राजधानी जनकपुरधाम क्षेत्रमा अचेल दुई किसिमका परिक्रामा भई रहे..

3 महीना पहिले

साधुसन्त तथा तीर्थयात्रीहरुका लागि हेल्प डेस्क सञ्चालन

मिथिला जागरण समाचारदाताजनकपुरधाम, फागुन ६ गते । मिथिला मध्यमा परिक्रमा अवसरमा “मानव महाकुण्ड” सेवा शिविर सञ..

3 महीना पहिले

शिक्षाबिद् अमरेन्द्र झा नेकपा (एमाले) परित्याग गरि रास्व..

धिरेश दत्तजनकपुरधाम माघ २२ गते । मधेश प्रदेशको राजधानी जनकपुरधाम लगायत धनुषा क्षेत्र नं. ३ मा प्रतिनिधिसभा सदस्य..

3 महीना पहिले