+977 9854027065 | akulpdsah@gmail.com

कोरोना कहरमा पनि रोजगारीका लागि भारत जाने क्रम रोकिएन

4 वर्ष पहिले प्रकाशित

Akul Prasad Sah

1064 Views

प्रिंन्स मिश्रा, कपिलवस्तु
कपिलवस्तु, जेष्ठ २५ गते । भरतबाट फर्केका नेपालीहरू रोजगारीका लागि पुन भारत जाने क्रम बढेको छ । भारतमा कोरोना संक्रमितको संख्या बढ्दै गए पनि राज्यले जिवीकोपार्जनका लागि कुनै व्यवस्थापन नगरेकाले कोरोनाको त्रासलाई दबाएर १ महिना भित्र २ हजार बढि नेपाली नागरीक कृष्णनगर नाका हुँदै कामका लागि छिमेकी राष्ट्र भारत गएका छन् । लकडाउन र कोरोना कहरले गर्दा खान–लगाउन समस्य भएकोले काम खोज्दै नेपालीहरू भारततिर गएका हुन् । लकडाउन सुरु भएपछि नेपाल फर्किएका नेपालीहरू पनि कोरोना कहरको बीचमै पुनः भारतमा रोजगारीका लागि भारत गएका हुन र नेपालमा फसेका केही भारतीय समेत आफ्नो देश फर्केका इलाका प्रहरी कार्यालय कृष्णनगरका प्रहरी निरीक्षक सुकदेव पौडेलले बताए । बिरामी , औषधी खरिद, बिरामी भेट्न, मलामीमा आउने जाने, शादी विवाहमा १५ जनालाई आवत जावत गर्न दिएको बताउँदै उनले भारतमा फसेका नेपाली नागरिकलाई नेपाल प्रवेश गर्न सहजीकरण गरेको पौडेलले बताएका छन ।
कृष्णनगर नाका हुँदै दाङ, बाँके, बर्दिया, सुर्खेत, कालिकोट, जुम्ला, सल्यान, रुकुम, रोल्पा, बुटवल, अर्घाखाँची, प्युठान, पाल्पा लगायत जिल्लाका नेपाली कामका लागि भारत जाने गरेको स्थायी प्रहरी पोष्ट कृष्णनगर (लिंक गेट) का नायव निरीक्षक ताराा खनालले जानकारी दिएका छन ।कामका लागि भारत जाने नेपालीको लर्को लागेको उनको भनाइ छ । सम्बन्धित कम्पनी, कल कारखाना , आदिको परिचय पत्र , बिरामी , औषधी खरिद, बिरामी भेट्न, मलामीमा आउनेलाई शोधपुछ गरेर मात्र भारत जान दिएको जानकारी पनि दिए । दैनिक सय जनाको हाराहारीमा कामका लागि भारत जाने गरेको खनाल भनाइ छ ।
लामो समयदेखि भारतमा बसेर काम गर्दै आएका लकडाउनमा आ–आफ्नो घर फर्केका थिए , खाना लगाउन नपुगेपछि पुन काम गर्न भारत जान थालेको र कोरोनाको संक्रमण बढेपछि मरे पनि आफ्नै देशमा मरौँला भनेर फर्किएकाहरू भारतमा लकडाउन खुलेपछि कामका लागि
त्यतै जान थालेको र नेपालमा काम नपाएर खान–लाउन नै समस्या भएपछि कोरोनाको डरले फर्किएका नेपाली पुनः भारत जान लागेको एक नागरीक भनाई छ ।
त्यतै कोरोना महामारीलाई मध्य नजर गर्दै शसस्त्र प्रहरी र रेडक्रस सोसाइटीको पहलमा र युनिसेफको सहयोगमा इलेक्ट्रोनिक एकुवा सेन्सर प्रविधिको सेनीटाइजर मेसिन कृष्णनगर लिंक गेटमा जडान गरिएको र सुत्केरी ,अपाङ्ग, महिला, सशत बिरामीहरू को लागी कपिलवस्तु जिल्ला भरिको बिरामीहरूको लागी निशुल्क एम्बुलेन्सको समेत व्यवस्था गरेको बोर्डर आउट पोष्ट कृष्णनगरका निरिक्षक प्रकाश आचार्यले बताएका छन । फोटो फिचर – इलेक्ट्रोनिक एकुवा सेन्सर प्रविधिको सेनीटाइजर मेसिन कृष्णनगर लिंक गेटमा जडान गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

हंसपुर नगरपालिकामा ८४ करोड भन्दा बढी बेरुजु

मिथिला जागरण समाचारदाताजनकपुरधाम, बैशाख २० गते । हंसपुर नगरपालिकामा ८४ करोड भन्दा बढी बेरुजु रहेको छ । महालेखापर..

10 दिन पहिले

खुलेआम अवैध रूपमा नदीजन्य सामग्री उत्खनन सम्बन्धीत निक..

धिरेश दत्तजनकपुरधाम, बैशाख १८ गते । धनुषाको मिथिला नगरपालिका–५ स्थित औरहीबाबा सामुदायिक वन क्षेत्रबाट दिउँसो..

12 दिन पहिले

पुर्ब राजा ज्ञानेन्द्रलाई काशिको पुजारी बन्न सुझाए – मन..

रश्मि पटेल, रौतहटरौतहट, चैत्र १९ गते । जनता समाजवादी पार्टीका केन्द्रिय सदस्य एब्म पुर्ब मन्त्री योगेन्द्र यादवल..

1 महीना पहिले

पत्रकार रजकको हत्या विरोधमा रैली

कमल साहजनकपुरधाम ,चैत्र १६ गते । नेपाल पत्रकार महासङ्घ धनुषाले एभिन्युज टेलिभिजनका क्यामरा पर्सन सुरेश रजकको शु..

1 महीना पहिले

हंसपुर नगरपालिकामा माओवादीको तालाबन्दी

कमल साहजनकपुरधाम,चैत्र १५ गते । हंसपुर नगर प्रमुखलाई गुठीको जमिनमा निर्माण भएको घर भत्काउन दबाबको लागि मओवादीका ..

1 महीना पहिले