हलवाई समाज विधान विपरीत चल्दै –संरक्षक साह

कमल साह, जनकपुरधाम
जनकपुरधाम, जेष्ठ २८ गते । जनकपुरधामको मुटु स्थल शिवचौकमा संचालित हलवाई समाज सेवा समिति अतिखेर विधान विपरित चल्दै आएको आरोप संरक्षक समिति लगाउँदै छन ।
समाजका अध्यक्ष उमेश साह लगायतका पदाधिकारीले हलवाई समाज सेवा समितिले आर्थिक कारोबारमा चलखेल गरिरहेको आरोप साधारण सदस्यहरुले समेत लगाउंदै छन ।
हलवाई समाज सेवा समितिका संरक्षक समिति अध्यक्ष सत्यनाराण साह भन्नुहुन्छ, हलवाई समाज सेवा समितिका पदाधिकारी यतिखेर विधान विपरित चलिरहेको ले हामी लिकमा ल्याउने प्रयासमा रहेका छौ ।
उहाँ सेवा समितिको कार्यकाल दुईवर्षे भएपनि दुई वर्ष नौ महिना बित्न गएको ले कार्यसमिति विधान विपरित जान लागेको आरोप लगाउनु हुन्छ । विधान अनुसार हलवाई समाज सेवा समिति को कार्यकारी समितिले प्रत्येक वर्ष असोज महिनामा वार्षिक साधारण सभा गर्नुपर्ने र प्रत्येक दुई वर्षमा निर्वाचन गराउनुपर्ने रहेके छ । तर, हलवाई समाज सेवा समितिका वर्तमान अध्यक्ष उमेश साह को कार्यकाल दुई वर्ष नाघेर नौ महिना वित्न गएको भएपनि निर्वाचन के पहिलो साधारण सभा पनि गराएको छैनन् आरोप लगाउँदै छन ।
वर्तमान कार्यसमितिले हलवाई सेवा समितिका निवर्तमान अध्यक्ष महेन्द्र साहले १० वर्षसम्म चलाउँदा केहि नहुने र हामी तीन वर्षमा जाँदा किन आवाज उठ्नलागेको भन्दैछन ।
यता,हलवाई समाजका अध्यक्ष विधान विपरित कार्य चलाईरहेको गुनासो थुप्रै आई रहेको हुनाले हामी समाजका सम्पुर्ण कागजातहरु आफ्नो हातमा लिएर निर्वाचन गराउन चाहिरहेको संरक्षक समितिका अध्यक्ष सत्यनाराण साह बताउनु हुन्छ ।
वर्तमान अध्यक्ष उमेश साह आफ्नो कार्यकाल विताई सकेको भएपनि एउटा पनि साधारण सभा गर्न नसकेको नै उहाँको कमजोरी हो संरक्षक संमितिका आजिवन अध्यक्ष साह ले आरोप लगाउनु हुन्छ ।
जनकपुरधामको मुटु स्थलमा संचालित हलवाई समाज सेवा समितिमा यतिखेर प्रति महिना झण्डै एक लाख ५० हजार रुपियाँ पसल कवलको भाडा वापत रकम असुल भई रहेको छ । तर, त्यो रकमहरु बैंक दाखिला समेत नहुने गरेको आरोप संरक्षक समिति अध्यक्ष साह को रहेछन ।
हलवाई समाज सेवा समिति स्थापना कार्यकालमा सत्यनारायण साहले जमिन उपलब्ध गराई दिनु भएको ले स्वजातिहरुले उहाँलाई आजिबन संरक्षक समितिको अध्यक्ष पदमा रहने गरी बिधान बनाई दिएका हुन । उनिहरुले यति मात्र होईन कि े उनको शेषपछि उनकै परिवारका व्यक्तिनै आजिबन संरक्षक समिति अध्यक्ष हुने विधानमा प्राब्धान बनाई दिएका हुन । तर, संरक्षक समितिका अध्यक्ष साह ले विधान प्रतिलिपी मांग्न जाँदा समेत वर्तमान कार्यसमितिका अध्यक्ष उमेश साह ले उपलब्ध नगराई दिएको भनि दुःख व्यक्त उहाँले गर्नुभयो ।
उहाँका अनुसार हलवाई समाज सेवा समितिका अध्यक्ष उमेश साहले आफ्नो कार्यकाल चलाउन नसक्दा नैतिकताको अधारमा सम्पूर्ण हरहिसाब संरक्षक समितिमा बुझाई दिनुपर्ने थियो । तर, त्यो नगरेर कार्यकाल बढाउन तर्फ लागेका छन ।
उहाँ भन्छन, वर्तमान कार्यकारणी समितिले विधान विपरीत भएकोले सम्पूर्ण कागजात जम्मा गर्न हामी भन्दै आएको छौं । हालसम्म कुनै कागजातहरु उपलब्ध गराउन नमानेको हुनाले बन्दा बन्दी पछि हामी कानुनी प्रक्रियाबाट अगाडी बढने उहाँ थप्छन ।
कमेन्ट गर्नुहोस्

जनकपुरधाम उपमहानगरले अब गुठीबाट मालपोत उठाउने अधिकार ..
कमल साहजनकपुरधाम,असार २२ गते । जनकपुरधाम उपमहानगरले पालिका भित्रका गुठी रैतानी जमिनको मालपोत दस्तुर उठाउने छ ।&nbs..
10 दिन पहिले
नापतौल सम्बन्धी जनचेतनामुलक कार्यक्रम सम्पन्न
सन्जु कर्ण, सर्लाही, सर्लाही, असाढ २२ गते । हरिवनमा नापतौल सम्बन्धी जनचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ । गुण..
10 दिन पहिले
गुठी कार्यालय झण्डै तीस वर्षको चिरनिन्द्रबाट बिउझदा बे..
कमल साह जनकपुरधाम, असार १० गते । नापी कार्यालय धनुषा र गुठी संस्थान कार्यालय जनकपुरको कमि कमजोरीले आज बेला गाउँका ..
21 दिन पहिले
जनकपुरमा कलाकार अंशा सदाको रहस्यमय मृत्यु ः आत्महत्या क..
मिथिला जागरण समाचारदाताजनकपुरधाम, असाढ १० गते । कलाकारिता क्षेत्रमा चर्चित जोडी ‘कलकतियावाली’ उर्फ अविनाश झ..
22 दिन पहिले
नेपाल बैंक र नैन्सी अर्टोमोवाईल बिच सम्झौता– सुजुकी गाड..
मिथिला जागरण समाचारदाता काठमाडौं, असाढ १० गते । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरु र सो..
22 दिन पहिले
संवाददाता
संवाददाता

