फसल विमा अनिवार्य गर्छु–कृषि मंत्री ज्वाला साह
 
                        
कमल साह
जनकपुरधाम,जेठ ३० गते । कृषि तथा पशुपंक्षी मंत्री ज्वाला कुमारी साह ले कृषि क्षेत्रबाट भईरहेको युवा पलायन रोक्नको लागि हामी तत्काल सुधार गर्ने प्रयास जारी गर्न लागेको बताउनु भयो ।
 मंत्री पद सम्हालेको तेश्रो दिन आफ्नो गृह प्रदेश २ को सदरमुकाम जनकपुरधाम आईपुग्दा उहाँ सो कुरा बताउनु भयो ।
 कृषि मंत्री साह म किसानको छोरी भएको कृसानले भोग्दै गरेको पिडा सबै थोक मलाई अवतग भएको बताउँदै तत्काल सुधारका लागि सर्वप्रथम हामी अनिवार्य फसल विमा कार्यक्रम ल्याउन लागेको जानकारी गराउनु भयो । उहाँले यस कार्यक्रमलाई सफल पार्न हरेक किसानलाई कार्ड बनाई दिने र सो कार्ड लिएर जाँदा फसल विमा सहज तरिकाबाट हुने बिचार राख्नु भयो ।
 जेठ २९ गते साँझ वैश्य समाजद्वारा आयोजित स्वागत समारोहमा किसानलाई फसल विमा भएपछि प्राकृतिक जोखिमलगायतका समस्याहरु झल्नबाट जोगाउने छन उहाँले थप्नुभयो ।
 कृषि तथा पशुपंक्षी मंत्री साह ले त्यसपछि कहाँ कुन ठाउँमा कस्तो किसिमको सिंचाई सुविधा चाहिन्छ त्यो हेर्दै तत्काल ट्युववेलबाट सिंचाईको प्रवन्ध मिलाउने प्रयास आरम्भ गरिसको बताउनु भयो ।
 मंत्री साह ले कृषि क्षेत्र सुधारका लागि हामी माटो जाँच कार्यक्रम सुगुमता ल्याउने प्रयास गर्दैछौं बताउँदै किसाने ले मोटो जाँच गराएपछि फसलमा चाहिने आवश्यक तत्वहरु मापदण्ड अनुसार हाल्न पाउने विश्वास व्यक्त गर्नुभयो ।
 कृषि क्षेत्रको विकासका लागि प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना अन्तर्गत देशभरीमा कुल १०९ वटा सुपर जोन संचालन भईरहेकोमा कमिकमजोरी हटाउने प्रयास गर्ने थप्नु भयो । त्यस्ता सुपरजोन प्रदेश २ को ८ जिल्लामा ७ वटा रहेको समेत जानकारी गराउनु भयो ।
 उक्त कार्यक्रममा अमरनाथ गुप्ता,जगदिस साह,अधिवक्ता दिनेश साह, राजकुमार साह,प्रमोद साह, संजय सह, राहुल साह,पत्रकार कमल साह लगायतका वक्ताहरुले शुभकामना मन्तव्य राख्नु भयो । साथै ३० वर्ष अघि जसरी नेपालबाट खाद्यान्न निर्यात भईरहेको झैं बनाउनको लागि चाहिने सहुलित दरको उपकरण,सुलभ तरिकाबाट मल उलब्ध लगायतका सुधार गर्नको लागि सुझाब प्रदान गरियो ।
कमेन्ट गर्नुहोस्
 
                                
                                जनकपुरधाम उपमहानगरले अब गुठीबाट मालपोत उठाउने अधिकार ..
कमल साहजनकपुरधाम,असार २२ गते । जनकपुरधाम उपमहानगरले पालिका भित्रका गुठी रैतानी जमिनको मालपोत दस्तुर उठाउने छ ।&nbs..
4 महीना पहिले
नापतौल सम्बन्धी जनचेतनामुलक कार्यक्रम सम्पन्न
सन्जु कर्ण, सर्लाही, सर्लाही, असाढ २२ गते । हरिवनमा नापतौल सम्बन्धी जनचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ । गुण..
4 महीना पहिले
गुठी कार्यालय झण्डै तीस वर्षको चिरनिन्द्रबाट बिउझदा बे..
कमल साह जनकपुरधाम, असार १० गते । नापी कार्यालय धनुषा र गुठी संस्थान कार्यालय जनकपुरको कमि कमजोरीले आज बेला गाउँका ..
4 महीना पहिले
जनकपुरमा कलाकार अंशा सदाको रहस्यमय मृत्यु ः आत्महत्या क..
मिथिला जागरण समाचारदाताजनकपुरधाम, असाढ १० गते । कलाकारिता क्षेत्रमा चर्चित जोडी ‘कलकतियावाली’ उर्फ अविनाश झ..
4 महीना पहिले
नेपाल बैंक र नैन्सी अर्टोमोवाईल बिच सम्झौता– सुजुकी गाड..
मिथिला जागरण समाचारदाता काठमाडौं, असाढ १० गते । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरु र सो..
4 महीना पहिले
संवाददाता
संवाददाता
 
                                                        
                                                         
                                                        
                                                        
 
                         
                                            _1749049541.jpeg) 
                                             
                                             
                                             
                                            