+977 9854027065 | akulpdsah@gmail.com

आफ्नो मातहातमा खटिने प्रहरीले गल्ती गरे कडा कारवाही गरिने ः प्र.उ. पान्डे

5 वर्ष पहिले प्रकाशित

Akul Prasad Sah

1479 Views

रंजित चौरसिया, वीरगंज,
वीरगंज आषाढ २ गते । जिल्ला प्रहरी कार्यालय पर्साको जिम्मेवारी सम्भालेको ४ महिना नबितिदै भन्सार छली गरेको करिब ८ करोड बराबरको मालसमान पर्सा प्रहरीले बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्सामा प्रहरी उपरीक्षक बेल बहादुर पान्डे आउनसाथ आफ्नो मातहातमा पर्ने सवै युनिटलाइ कडा निर्देशन दिनसाथ प्रहरीले धमाधम मालसमान पक्राउ गर्न थालेपछी चार महिना नबितिदै ८ करोड बराबरको अबैध तरिकाले नेपाल भित्रयाएको मालसमान बरामद गर्न सफल भएको हो ।
प्रहरी उपरीक्षक पान्डेको कडा निर्देशन पाउनसाथ अपराध अनुसन्धान शाखाका प्रमुख प्रहरी नायब निरीक्षक सोभम बिक्रम राणाले समेत जिल्लामा बढ्दै गएको अपराधी क्रियाकलापका साथ साथै सीमाबाट हुने अबैध क्रियाकलापमा समेत निगरानी बढाउनुले चार महिनामा ८ करोड बराबरको मालसमान पक्राउ गर्न सफल भएको बताइन्छ । पर्साको विभिन्न नाका हुँदै अबैध तरिकाले आयात निर्यात गर्ने तस्करहरूमा समेत पर्सा प्रहरीको कडा निगरानीले त्रास उत्पन्न भएको बताइन्छ ।
मुलूक कोरोना जस्तो महामारीले जुझिरहेको अवस्थामा समेत पर्सा प्रहरीले उठाएको कदमले स्थानीयहरू राहत महसूस गर्न पाएको बिषय कुनै नौलो कुरो नभएपनी आफ्नो जिवनको ख्याल नै नगरी पर्सावासीको लागि रातदिन खटिरहेको बिषयले पर्सा प्रहरीको कार्य बारे प्रष्ट भएको छ । यस्तो महामारीको समयमा समेत प्रहरी उपरीक्षक बेल बहादुर पान्डेले आफ्नो जिउ ज्यानको ख्यालै नगरी पर्सेली जनताको लागि खटेर सुरक्षा दिदै आएको बारे दुइमत छैन ।
आफ्नो संगठनको नीति निर्देशन विपरित नगइ आफ्नो जिम्मेवारी पूर्ण रूपले पालना गर्दै आएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक बेल बहादुर पान्डेले बताए । उहाका अनुसार जिल्लामा निशेधाज्ञाको मौका छोपी केही तस्करहरू सलबलाएपनी उनिहरूको मनसायलाइ बिफल पार्न सफल भएको बताए । यस्तो समयमा अपराधी क्रियाकलापमा समेत कमि आएको दाबी गर्दै आफ्नो नीति निर्देशन अनुरूप अगाडी बढ्दै जाने, उनले बताए । आफ्नो मातहातमा पर्ने सबै युनिटलाइ कडा निर्देशन दिएको र निर्देशन विपरित कार्य गर्ने जोकोहिलाइ कानून बमोजिम कारवाही गर्नबाट आफू पछि नहटने बताउनु भयो ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक बेल बहादुर पान्डेले कडा निर्देशन दिनसाथ सीमा नाका स्थित रहेका प्रहरी चौकिका प्रमुखहरूले आ–आफ्नो क्षेत्रमा कडा निगरानी बढाएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

निर्माण व्यावसायीले ‘काम होलिडे’ गर्ने

कमल साह, जनकपुरधामजनकपुरधाम, बैशाख १४ गते । नेपालमा इन्धनमा दिनानुदिन मुल्य बृद्धि हुँदै आएकोलाई थेग्न नसक्ने भए..

14 दिन पहिले

नेपाल चेम्बर अफ कमर्स, हरीवनको ब्यबसायिक भवन बन्ने

सन्जु कर्ण, सर्लाही, सर्लाही, चैत्र २४ गते । हरीवन चेम्बर अफ कमर्सको ब्यबसायिक भवन बन्ने भएको छ । हरिवन नगरपालीका क..

1 महीना पहिले

जनकपुर क्षेत्रमा अजेत दुई किसमको परिक्रमा हुँदै

कमल साहजनकपुरधाम,फागुन १७ गते । प्राचिन मिथिलाका राजधानी जनकपुरधाम क्षेत्रमा अचेल दुई किसिमका परिक्रामा भई रहे..

2 महीना पहिले

साधुसन्त तथा तीर्थयात्रीहरुका लागि हेल्प डेस्क सञ्चालन

मिथिला जागरण समाचारदाताजनकपुरधाम, फागुन ६ गते । मिथिला मध्यमा परिक्रमा अवसरमा “मानव महाकुण्ड” सेवा शिविर सञ..

3 महीना पहिले

शिक्षाबिद् अमरेन्द्र झा नेकपा (एमाले) परित्याग गरि रास्व..

धिरेश दत्तजनकपुरधाम माघ २२ गते । मधेश प्रदेशको राजधानी जनकपुरधाम लगायत धनुषा क्षेत्र नं. ३ मा प्रतिनिधिसभा सदस्य..

3 महीना पहिले