+977 9854027065 | akulpdsah@gmail.com

आफ्नो मातहातमा खटिने प्रहरीले गल्ती गरे कडा कारवाही गरिने ः प्र.उ. पान्डे

4 वर्ष पहिले प्रकाशित

Akul Prasad Sah

1305 Views

रंजित चौरसिया, वीरगंज,
वीरगंज आषाढ २ गते । जिल्ला प्रहरी कार्यालय पर्साको जिम्मेवारी सम्भालेको ४ महिना नबितिदै भन्सार छली गरेको करिब ८ करोड बराबरको मालसमान पर्सा प्रहरीले बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्सामा प्रहरी उपरीक्षक बेल बहादुर पान्डे आउनसाथ आफ्नो मातहातमा पर्ने सवै युनिटलाइ कडा निर्देशन दिनसाथ प्रहरीले धमाधम मालसमान पक्राउ गर्न थालेपछी चार महिना नबितिदै ८ करोड बराबरको अबैध तरिकाले नेपाल भित्रयाएको मालसमान बरामद गर्न सफल भएको हो ।
प्रहरी उपरीक्षक पान्डेको कडा निर्देशन पाउनसाथ अपराध अनुसन्धान शाखाका प्रमुख प्रहरी नायब निरीक्षक सोभम बिक्रम राणाले समेत जिल्लामा बढ्दै गएको अपराधी क्रियाकलापका साथ साथै सीमाबाट हुने अबैध क्रियाकलापमा समेत निगरानी बढाउनुले चार महिनामा ८ करोड बराबरको मालसमान पक्राउ गर्न सफल भएको बताइन्छ । पर्साको विभिन्न नाका हुँदै अबैध तरिकाले आयात निर्यात गर्ने तस्करहरूमा समेत पर्सा प्रहरीको कडा निगरानीले त्रास उत्पन्न भएको बताइन्छ ।
मुलूक कोरोना जस्तो महामारीले जुझिरहेको अवस्थामा समेत पर्सा प्रहरीले उठाएको कदमले स्थानीयहरू राहत महसूस गर्न पाएको बिषय कुनै नौलो कुरो नभएपनी आफ्नो जिवनको ख्याल नै नगरी पर्सावासीको लागि रातदिन खटिरहेको बिषयले पर्सा प्रहरीको कार्य बारे प्रष्ट भएको छ । यस्तो महामारीको समयमा समेत प्रहरी उपरीक्षक बेल बहादुर पान्डेले आफ्नो जिउ ज्यानको ख्यालै नगरी पर्सेली जनताको लागि खटेर सुरक्षा दिदै आएको बारे दुइमत छैन ।
आफ्नो संगठनको नीति निर्देशन विपरित नगइ आफ्नो जिम्मेवारी पूर्ण रूपले पालना गर्दै आएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक बेल बहादुर पान्डेले बताए । उहाका अनुसार जिल्लामा निशेधाज्ञाको मौका छोपी केही तस्करहरू सलबलाएपनी उनिहरूको मनसायलाइ बिफल पार्न सफल भएको बताए । यस्तो समयमा अपराधी क्रियाकलापमा समेत कमि आएको दाबी गर्दै आफ्नो नीति निर्देशन अनुरूप अगाडी बढ्दै जाने, उनले बताए । आफ्नो मातहातमा पर्ने सबै युनिटलाइ कडा निर्देशन दिएको र निर्देशन विपरित कार्य गर्ने जोकोहिलाइ कानून बमोजिम कारवाही गर्नबाट आफू पछि नहटने बताउनु भयो ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक बेल बहादुर पान्डेले कडा निर्देशन दिनसाथ सीमा नाका स्थित रहेका प्रहरी चौकिका प्रमुखहरूले आ–आफ्नो क्षेत्रमा कडा निगरानी बढाएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

जनकपुरधाम उपमहानगरले अब गुठीबाट मालपोत उठाउने अधिकार ..

कमल साहजनकपुरधाम,असार २२ गते । जनकपुरधाम उपमहानगरले पालिका भित्रका गुठी रैतानी जमिनको मालपोत दस्तुर उठाउने छ ।&nbs..

10 दिन पहिले

नापतौल सम्बन्धी जनचेतनामुलक कार्यक्रम सम्पन्न

सन्जु कर्ण, सर्लाही, सर्लाही, असाढ २२ गते । हरिवनमा नापतौल सम्बन्धी जनचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ । गुण..

10 दिन पहिले

गुठी कार्यालय झण्डै तीस वर्षको चिरनिन्द्रबाट बिउझदा बे..

कमल साह जनकपुरधाम, असार १० गते । नापी कार्यालय धनुषा र गुठी संस्थान कार्यालय जनकपुरको कमि कमजोरीले आज बेला गाउँका ..

21 दिन पहिले

जनकपुरमा कलाकार अंशा सदाको रहस्यमय मृत्यु ः आत्महत्या क..

मिथिला जागरण समाचारदाताजनकपुरधाम, असाढ १० गते । कलाकारिता क्षेत्रमा चर्चित जोडी ‘कलकतियावाली’ उर्फ अविनाश झ..

22 दिन पहिले

नेपाल बैंक र नैन्सी अर्टोमोवाईल बिच सम्झौता– सुजुकी गाड..

मिथिला जागरण समाचारदाता काठमाडौं, असाढ १० गते । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरु र सो..

22 दिन पहिले