निर्माण गरेको पाँच महिनामै १७ लाखको सडक भासियो

प्रिंन्स मिश्रा, कपिलवस्तु
कपिलवस्तु, श्रावण ६ गते । कपिलवस्तुको शिवराज नगरपालिकाले निर्माण गरेको सडक ५ महिनामै भत्किएको छ । नगरको वहुवर्षिय योजना अन्तर्गत शिवराज नगरपालिका ५ बुडिडहवा देखि सुन्दरपुर स्कुल सम्मको अधिकांश सडक भासिएको छ ।
२ सय ८७ मिटर लम्बाइको उक्त सडक भासिन र भत्किन थालेपछि स्थानीयहरूले नगरपालिका माथि प्रश्न उठाउन थालेका छन् ।नगरपालिकाको १७ लाखको लागतमा निर्माण भएको उक्त सडक गुणस्तरहीन बन्दा नगरपालिकाले भने अहिले सम्म चासो दिएको छैन । जनताको करको रकम यसरी कालोपत्रेको नाममा चरम दुरुपयोग देखिएको छ ।
निर्माण सम्पन्न हुँदा देखि नै सडक भासिन थालेको स्थानीय ले बताउछन । यसरी निर्माण भएको पाँच महिनामै सडक भत्किदा नगरपालिकाकै मिलोमत्तोमा कमसल सामाग्री प्रयोग गरिएको नागरिकहरूले आंशका गरेका छन् ।
कमेन्ट गर्नुहोस्

हंसपुर नगरपालिकामा ८४ करोड भन्दा बढी बेरुजु
मिथिला जागरण समाचारदाताजनकपुरधाम, बैशाख २० गते । हंसपुर नगरपालिकामा ८४ करोड भन्दा बढी बेरुजु रहेको छ । महालेखापर..
10 दिन पहिले
खुलेआम अवैध रूपमा नदीजन्य सामग्री उत्खनन सम्बन्धीत निक..
धिरेश दत्तजनकपुरधाम, बैशाख १८ गते । धनुषाको मिथिला नगरपालिका–५ स्थित औरहीबाबा सामुदायिक वन क्षेत्रबाट दिउँसो..
11 दिन पहिले
पुर्ब राजा ज्ञानेन्द्रलाई काशिको पुजारी बन्न सुझाए – मन..
रश्मि पटेल, रौतहटरौतहट, चैत्र १९ गते । जनता समाजवादी पार्टीका केन्द्रिय सदस्य एब्म पुर्ब मन्त्री योगेन्द्र यादवल..
1 महीना पहिले
पत्रकार रजकको हत्या विरोधमा रैली
कमल साहजनकपुरधाम ,चैत्र १६ गते । नेपाल पत्रकार महासङ्घ धनुषाले एभिन्युज टेलिभिजनका क्यामरा पर्सन सुरेश रजकको शु..
1 महीना पहिले
हंसपुर नगरपालिकामा माओवादीको तालाबन्दी
कमल साहजनकपुरधाम,चैत्र १५ गते । हंसपुर नगर प्रमुखलाई गुठीको जमिनमा निर्माण भएको घर भत्काउन दबाबको लागि मओवादीका ..
1 महीना पहिले
संवाददाता
संवाददाता

