आमरण अनशनमा नेपाली कांग्रेसका नेता राम पल्टन साहको अवस्था बिग्रीदै

मिथिला जागरण समाचारदाता
जनकपुरधाम, श्रावण ८ गते । कांग्रेसको १४ औं महाधिवेशन नजिकिएसँगै क्रियाशील सदस्यताको विषय पनि पेचिलो बनेको छ । यही विषयलाई लिएर पार्टी मुख्यालय सानेपाको मूलगेटमा धनुषाका तीन नेता आमरण अनशनमा छन् । बाराका नेता कार्यकर्ता तेरौ दिनदेखि धर्नामा छन् ।
क्रियाशील सदस्यता छानबिन समितिले काम अन्तिम चरणमा पु¥याएका बेला असन्तुष्टिलाई लिएर धर्ना र अनशन बस्नेको संख्या बढ्दै गएको छ । उनीहरु सबैको माग साझा छ, ‘फर्जी क्रियाशील सदस्यता बदर होस् ।’
महासमीती सदस्य राम पल्टन साह आमरण अनशनमा किन ?
धनुषाका कांग्रेस नेता राम पल्टन साह छैटौ दिनदेखि आमरण अनशनमा छन् । उनीसहित पूर्वराष्ट्रपति डा. रामवरण यादवका छोरा डा. चन्द्र मोहन यादब र तरुण दल जिल्ला कार्यसमिति सदस्य दिनेश नायक लगायतका नेता आमरण अनशनमा बसेका छन् । धनुषामा मापदण्ड विपरीत क्रियाशील सदस्यता वितरण गरिएको भन्दै त्यसलाई मान्यता नदिन माग गर्दै उनीहरु अनशन बसेका हुन् ।
राम पल्टन साहले भने, ‘नयाँ क्रियाशील सदस्यतामा पार्टीको विधान, नियमावली एवं केन्द्रीय परिपत्र विपरीत प्रक्रिया मिचेर सदस्यता वितरणमा व्यापक धाँधली भएको छ । यो बदर नभएसम्म हामी अनशन रोक्दैनौं ।’ उनले पार्टीको तहगत निर्णय नगरी एक पक्षीय रुपमा नयाँ क्रियाशील वितरण गरिएको आरोप लगाए ।
‘जिल्ला पार्टी कार्यालय धनुषामा निरन्तर धर्ना बस्दा पनि सुनुवाइ नभएपछि केन्द्रीय कार्यालयमै अनशन बस्न बाध्य भएका हौं,’ उनले थपे ।
अनशन बसेका नेताहरुका अनुसार धनुषा क्षेत्र नम्बर १ मा धेरै विवाद छ । सबैला नगरपालिकाका १३ वटै वडाका साथै धनुषाधाम नगरपालिकाको ३ र ४ नम्बर वडामा नगर सभापति र प्रदेशसभा संयोजकको दस्तखत बिना नै क्रियाशील सदस्यता वितरण गरिएको अनशनरत नेताहरुको भनाइ छ ।
त्यस्तै धनुषाधाम नगरपालिका १, २, ५, ६, ७ र ९ नम्बर वडामा पनि नगर सभापतिको दस्तखत नभएको, धनुषाधाम नगरपालिका वडा नम्बर ८ मा वडा र नगर सभापतिको दस्तखत नभएको, गणेशमान चारनाथ नगरपालिकाका ११ वडामा प्रदेशसभा संयोजकको दस्तखत नभएको उनीहरुको भनाइ छ ।
यस्तै हंसपुर नगरपालिका–८ मा वडाको निर्णय एवं सभापतिको दस्तखत बिना ५१ जनालाई क्रियाशील सदस्यता वितरण गरेको र वडाको सूचीबाट २० जनालाई हटाएको आन्दोलनरत नेताहरुले बताएका छन् । प्रक्रिया मिचेर बुझाइएको क्रियाशील सदस्यता बदर हुनुपर्ने उनीहरुको माग छ ।
सो आमरण अनशन का केन्दीय वार्ता टोलीमा सह महामन्त्री प्रकाश शरण महत र केन्द्रीय सदस्य राम शरण महत गठन भएको छ । सो बर्ता टोलीले भेटघाट गर्दा ति दुबै बार्ता टोली ले अस्वाशन दिदा म तपाईहरुको माग पुरागर्न लगाउछु भने तर नेता राम पल्टन साह ले भने कि हामी लाई लिखीत सम्झौता नभईकन सम्म हामीहरु अनशन जारीनै राखने छु ।
कमेन्ट गर्नुहोस्

जनकपुरधाम उपमहानगरले अब गुठीबाट मालपोत उठाउने अधिकार ..
कमल साहजनकपुरधाम,असार २२ गते । जनकपुरधाम उपमहानगरले पालिका भित्रका गुठी रैतानी जमिनको मालपोत दस्तुर उठाउने छ ।&nbs..
10 दिन पहिले
नापतौल सम्बन्धी जनचेतनामुलक कार्यक्रम सम्पन्न
सन्जु कर्ण, सर्लाही, सर्लाही, असाढ २२ गते । हरिवनमा नापतौल सम्बन्धी जनचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ । गुण..
10 दिन पहिले
गुठी कार्यालय झण्डै तीस वर्षको चिरनिन्द्रबाट बिउझदा बे..
कमल साह जनकपुरधाम, असार १० गते । नापी कार्यालय धनुषा र गुठी संस्थान कार्यालय जनकपुरको कमि कमजोरीले आज बेला गाउँका ..
21 दिन पहिले
जनकपुरमा कलाकार अंशा सदाको रहस्यमय मृत्यु ः आत्महत्या क..
मिथिला जागरण समाचारदाताजनकपुरधाम, असाढ १० गते । कलाकारिता क्षेत्रमा चर्चित जोडी ‘कलकतियावाली’ उर्फ अविनाश झ..
21 दिन पहिले
नेपाल बैंक र नैन्सी अर्टोमोवाईल बिच सम्झौता– सुजुकी गाड..
मिथिला जागरण समाचारदाता काठमाडौं, असाढ १० गते । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरु र सो..
21 दिन पहिले
संवाददाता
संवाददाता

