+977 9854027065 | akulpdsah@gmail.com

हिन्दु स्वयंसेवक संघ नेपालको आयोजनामा वीरगंजमा गुरुदक्षिणा उत्सव सम्पन्न

5 वर्ष पहिले प्रकाशित

Akul Prasad Sah

1251 Views

रंजित चौरसिया, वीरगंज,
वीरगंज श्रावण ९ गते । गुरु पूर्णिमाको अवसरमा शनिबार वीरगंजमा गुरुदक्षिणा उत्सव सम्पन्न भएको छ । हिन्दु स्वयंसेवक संघ नेपालको आयोजनामा वीरगंजको आदर्शनगरस्थित जैन भवनमा भएको कार्यक्रमका सहभागिहरुले गुरुदक्षिणा दान गरेका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै जनजाति कल्याण आश्रम नेपालका राष्ट्रिय महासचिव प्रेम थुलुङ्गले नेपालमा हिन्दु धर्म असुरक्षित भएको महसुस हुन थालेको वताए । विभिन्न प्रलोभनमा परी धर्म परिवर्तन गर्नेहरुका कारण हिन्दु धर्म असुरक्षित हुन थालेको उनको भनाई थियो ।
उनले ज्ञानको अभावमा हाम्रो समाज केही व्यक्तिले धर्म परिवर्तन गर्ने गरेका कारण त्यस्ता व्यक्तिलाई बुझाउन जरुरी रहेको वताए ।
उनले भने हाम्रो धर्म र संस्कृतिलाई अगाडी बढाउन हाम्रो कर्तव्य हो । हामीमा मानव संस्कारको कमि भएका कारण शाखाबाट मानव निर्माण गरिन्छ । बर्षमा एक पटक संगठन निर्माणको लागि गुरु पूर्णिमाको अवसरमा गुरुदक्षिण गर्ने गरिन्छ ।
संविधनमा हिन्दु राष्ट्र नभए पनि नेपाल हिन्दु राष्ट्र छ र रहन्छ उनको भनाई थियो । उनले पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई प्रति लक्षित गर्दै संस्कारको अभावमा मुलुक दुःख पाएको वताउँदै त्याग र कर्तव्यको पालना नभएको वताए ।
विभाग संघचालक अशोक बैधले नेपालाई हिन्दु राष्ट्र बनाउन एक भएर लाग्नु पर्ने वताए । उनले नेपाल हिन्दु राष्ट्र हटनुमा हाम्रो संगठनहरु कै कमिकमजोरी रहेको वताउँदै पुनः एक ढिका भएर लाग्नु पर्ने धारणा राखे ।
जिल्ला संघचालक ललन द्विवेदीको अध्यक्षतामा भएको कार्यक्रममा हिन्दु स्वयंसेवक संघ नेपालका राष्ट्रिय प्रचारक वेदप्रकाश जी, जनकपुर सम्भाग कार्यवाहक रंजित साह लगायतको उपस्थिती रहेको थियो भने कार्यक्रमको सहजिकरण जिल्ला कार्यवाहक कृष्णा चौरसियाले गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

निर्माण व्यावसायीले ‘काम होलिडे’ गर्ने

कमल साह, जनकपुरधामजनकपुरधाम, बैशाख १४ गते । नेपालमा इन्धनमा दिनानुदिन मुल्य बृद्धि हुँदै आएकोलाई थेग्न नसक्ने भए..

14 दिन पहिले

नेपाल चेम्बर अफ कमर्स, हरीवनको ब्यबसायिक भवन बन्ने

सन्जु कर्ण, सर्लाही, सर्लाही, चैत्र २४ गते । हरीवन चेम्बर अफ कमर्सको ब्यबसायिक भवन बन्ने भएको छ । हरिवन नगरपालीका क..

1 महीना पहिले

जनकपुर क्षेत्रमा अजेत दुई किसमको परिक्रमा हुँदै

कमल साहजनकपुरधाम,फागुन १७ गते । प्राचिन मिथिलाका राजधानी जनकपुरधाम क्षेत्रमा अचेल दुई किसिमका परिक्रामा भई रहे..

2 महीना पहिले

साधुसन्त तथा तीर्थयात्रीहरुका लागि हेल्प डेस्क सञ्चालन

मिथिला जागरण समाचारदाताजनकपुरधाम, फागुन ६ गते । मिथिला मध्यमा परिक्रमा अवसरमा “मानव महाकुण्ड” सेवा शिविर सञ..

3 महीना पहिले

शिक्षाबिद् अमरेन्द्र झा नेकपा (एमाले) परित्याग गरि रास्व..

धिरेश दत्तजनकपुरधाम माघ २२ गते । मधेश प्रदेशको राजधानी जनकपुरधाम लगायत धनुषा क्षेत्र नं. ३ मा प्रतिनिधिसभा सदस्य..

3 महीना पहिले