दूधाधारी नमुना माविले सञ्चालन गर्यो विज्ञान विषय
प्रिंन्स मिश्रा, कपिलवस्तु
कपिलवस्तु, श्रावण १४ गते । कपिलवस्तुको सुदुरपश्चिम क्षेत्रमा पर्ने विजयनगर गाउँपालिकामा रहेको दूधाधारी नमुना माध्यमिक विद्यालय गुगौलीले विज्ञान विषय सञ्चालन गर्ने भएको छ । विद्यार्थी र अभिभावकको मागलाई मध्येनजर गर्दै शैक्षिक शत्र २०७८ सालदेखि कक्षा ११ मा विज्ञान विषयको अध्ययन अध्यापन गराउने प्रधानाध्यापक सुग्रीव प्रसाद कोरीले जानकारी दिनुभएको छ ।
विज्ञान विषय अन्तर्गत फिजिक्स, केमेस्टी«, बायोलोजी, मेजर म्याथ सञ्चालन हुने छन् । उक्त विद्यालयले प्लस टु मा कमर्श, मानविकी, एजुकेशन, आर्टस् र ३ वर्षे सिभिल इन्जिनियरिङ डिप्लोमा विषयमा गुणस्तरीय शैक्षिक क्रियाकलाप सञ्चालन भईरहेको प्रधानाध्यपक कोरीले बताउनुभयो ।
यस क्षेत्रमा शैक्षिक गुणस्तरीयतामा वृद्धि, विकास गर्न, विज्ञान विषय र प्राविधिक धारतर्फ सिभिल इन्जिनियरिङ डिप्लोमा अध्ययनका लागि टाढा जानुपर्ने बाध्यतालाई हटाउनुको साथै विद्यार्थी, अभिभावकको आवश्यकता र माग अनुसार विज्ञान विषय र सिभिल इन्जिनियरिङ डिप्लोमा सञ्चालनमा ल्याइएको दूधाधारी नुमना माध्यमिक विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष राम प्रकट कोरीले बताउनुभएको छ ।
कपिलवस्तुकै सुदुरपश्चिमको विकट क्षेत्रमा पर्ने विजयनगर गाउँपालिकाको दूधाधारी नमुना माध्यमिक विद्यालयले यसरी विभिन्न संकायका विषयहरु सञ्चालनमा ल्याई रहँदा पालिकावासी खुसी भएका छन् । विज्ञान विषयमा नयाँ भर्ना र सिभिल इन्जिनियरिङमा पनि भर्ना खुलेकोले समयमै भर्ना हुन समेत विद्यालय अनुरोध गरेको छ ।
कमेन्ट गर्नुहोस्
निर्माण व्यावसायीले ‘काम होलिडे’ गर्ने
कमल साह, जनकपुरधामजनकपुरधाम, बैशाख १४ गते । नेपालमा इन्धनमा दिनानुदिन मुल्य बृद्धि हुँदै आएकोलाई थेग्न नसक्ने भए..
14 दिन पहिले
नेपाल चेम्बर अफ कमर्स, हरीवनको ब्यबसायिक भवन बन्ने
सन्जु कर्ण, सर्लाही, सर्लाही, चैत्र २४ गते । हरीवन चेम्बर अफ कमर्सको ब्यबसायिक भवन बन्ने भएको छ । हरिवन नगरपालीका क..
1 महीना पहिले
जनकपुर क्षेत्रमा अजेत दुई किसमको परिक्रमा हुँदै
कमल साहजनकपुरधाम,फागुन १७ गते । प्राचिन मिथिलाका राजधानी जनकपुरधाम क्षेत्रमा अचेल दुई किसिमका परिक्रामा भई रहे..
2 महीना पहिले
साधुसन्त तथा तीर्थयात्रीहरुका लागि हेल्प डेस्क सञ्चालन
मिथिला जागरण समाचारदाताजनकपुरधाम, फागुन ६ गते । मिथिला मध्यमा परिक्रमा अवसरमा “मानव महाकुण्ड” सेवा शिविर सञ..
3 महीना पहिले
शिक्षाबिद् अमरेन्द्र झा नेकपा (एमाले) परित्याग गरि रास्व..
धिरेश दत्तजनकपुरधाम माघ २२ गते । मधेश प्रदेशको राजधानी जनकपुरधाम लगायत धनुषा क्षेत्र नं. ३ मा प्रतिनिधिसभा सदस्य..
3 महीना पहिले
संवाददाता
