+977 9854027065 | akulpdsah@gmail.com

कमला नदीको कटान नियन्त्रणका लागि दीर्घकालीन योजना बनाइने – मंत्री भुसाल

4 वर्ष पहिले प्रकाशित

Akul Prasad Sah

943 Views

कमल साह, जनकपुरधाम
जनकपुरधाम, श्रावण १५ गते । अबिरल वर्षाले कमला नदीमा बाढी आउदा धनुषाको किरतपुर गाउँमा तटबन्ध कटान बारे त्यहाँका जनप्रतिनिधिले ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाललाई ध्यानाकर्षण गराएको थियो ।
मन्त्री भुसालले कमला तटबन्ध कटान भईरहेको जानकारी पाउनु लगतै जलस्रोत तथा सिँचाइ विभागका महानिर्देशक मधुकर प्रसाद राजभण्डारीलाई निरीक्षण गर्न पठाउनुभयो र विभागको आपतकालीन कोषबाट ५० लाख निकासा गरी नदीको कटान रोक्न निर्देशन दिनुभएको थियो ।
तटबन्ध निर्माण कार्य तत्काल शुरु भएपनि नदी कटान नरोकिएको खबर पाएपछि मन्त्री भुसालले बिहीबार स्थलगत निरीक्षण गरेकी छन् ।
मन्त्रालयका सिँचाइ सचिव मणिराम गेलाल र विभागका महानिर्देशक राजभण्डारीसहित धनुषाको सबैला नगरको ढोलबज्जा पुग्नुभएका मन्त्री भुसालले निरीक्षणपछि पहाडमा भूक्षय गएको र त्यहाँबाट बगेर आएको गेग्रान थुप्रिँदा जमीनको सतह माथि उठेको भन्नुभयो ।
मन्त्री भुसालले तत्काल ‘अन द स्पट’ आपत्कालीनरूपमा कटान रोक्ने कार्य भईरहेको हो । तर, त्यसलाई दीर्घकालीन समाधान गर्नका लागि सिन्धुली, धनुषा र सिरहा जिल्लालाई ध्यान दिएर गुरुयोजना बनाउने कार्य तुरुन्तै हुने बताउनु भयो ।
अनुगमन निरिक्षणमा पुग्नु भएको मन्त्री भुसाल समेतलाई शहीद नगर नगरपालिका का मेयर उदयकुमर बरबरिया यादव स्वागत सम्मान गुर्नभयो ।
कमला नदिको स्थलगत अनुगमन गर्न भएकी मन्त्री भुसाल संगै पुर्वमन्त्री एवं प्रतिनिधिसभा सदस्य मातृका प्रसाद यादव, सांसद बोधमाया यादव, माओवादी नेता धनुषा इन्चार्ज योगकुमार बरबरिया श्रवण यादव,पुर्वमन्त्री अजयशंकर नायक समेत रहनु भएको थिए ।
त्यस्तै धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोला, नेपाल प्रहरी धनुषा क एसपी प्रकाश रानाभाट, रेडक्रम धनुषा का सभापति नरेश सिँह,युवानेता दिपक यादव लगायत पनि सो अनुगमनमा सहभागी रहनु भएको थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

जनकपुरधाम उपमहानगरले अब गुठीबाट मालपोत उठाउने अधिकार ..

कमल साहजनकपुरधाम,असार २२ गते । जनकपुरधाम उपमहानगरले पालिका भित्रका गुठी रैतानी जमिनको मालपोत दस्तुर उठाउने छ ।&nbs..

9 दिन पहिले

नापतौल सम्बन्धी जनचेतनामुलक कार्यक्रम सम्पन्न

सन्जु कर्ण, सर्लाही, सर्लाही, असाढ २२ गते । हरिवनमा नापतौल सम्बन्धी जनचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ । गुण..

9 दिन पहिले

गुठी कार्यालय झण्डै तीस वर्षको चिरनिन्द्रबाट बिउझदा बे..

कमल साह जनकपुरधाम, असार १० गते । नापी कार्यालय धनुषा र गुठी संस्थान कार्यालय जनकपुरको कमि कमजोरीले आज बेला गाउँका ..

21 दिन पहिले

जनकपुरमा कलाकार अंशा सदाको रहस्यमय मृत्यु ः आत्महत्या क..

मिथिला जागरण समाचारदाताजनकपुरधाम, असाढ १० गते । कलाकारिता क्षेत्रमा चर्चित जोडी ‘कलकतियावाली’ उर्फ अविनाश झ..

21 दिन पहिले

नेपाल बैंक र नैन्सी अर्टोमोवाईल बिच सम्झौता– सुजुकी गाड..

मिथिला जागरण समाचारदाता काठमाडौं, असाढ १० गते । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरु र सो..

21 दिन पहिले