+977 9854027065 | akulpdsah@gmail.com

पूर्व उपप्रधान मंत्री एवं जसपाका नेता राजेन्द्र महतोद्वारा वरिष्ठ पत्रकार राजेश्वर नेपाली लाई दिनुभयो कामना

4 वर्ष पहिले प्रकाशित

Akul Prasad Sah

901 Views

कमल साह
जनकपुरधाम, श्रावण २४ गते । पूर्व उप प्रधान मंत्री एवं जनता समाजवादी पार्टी (जसपा) का नेता राजेन्द्र महतो ले प्रेस स्वतन्त्रता सेनानी एवं वरिष्ठ पत्रकार राजेश्वर नेपाली लाई सुस्वस्थ्यको लागि शुभकामना दिनु भएको छ ।
वरिष्ट पत्रकार तथा प्रेश स्वतन्त्रता सेनानी राजेश्वर नेपाली को पैत्रृक घर जनकपुरधाम उपमहानगरपालिका २३ स्थित बेला गाउँमा पुगेर पूर्व मंत्री महतो ले सु–स्वास्थ्य संगै दीर्घायुको कामना गर्नुभयो ।
७५ वर्षिय वरिष्ट पत्रकार राजेश्वर नेपाली लाई पेशाव फेर्नमा दिनानुदिन कठिनाई बन्दै गएको थियो । त्यसबारेमा उपचारका लागि काठमाण्डौ स्थितको मेगासिटीमा जाँच गराउँदा चिकित्सकहरु तपाई अविलम्ब अपरेशन गराएर ज्यान जोगाउनु सल्लाह दिनु भएको थियो ।
चिकित्सकहरुले तपाईलाई क्यान्सर रोग प्रथम चरणमा भएको हुनाले शैल्यक्रिया गराएर ज्यान जोगाउन सल्लाह दिनु भएको थियो । प्रोस्टेड बढदै जाँदा क्यान्सर रोग प्रथम चरणमा भएको थाह पाएर उनि भारतको दिल्ली प्रस्थान गर्नुभएको थियो । वरिष्ठ पत्रकार नेपाली भारतको दिल्ली स्थित राजिव गान्धि रिर्सच सेन्टरमा शैल्यक्रिया गराएर गत बुधबार घर फर्कनु भएको थियो ।
बरिष्ठ पत्रकार नेपाली घर आई पुग्नु भएको खबर पाउँदा प्रदेश प्रमुख उहाँको घरमा शनिवार पुगेर जिज्ञासा राख्नुभयो ।
सो अवसरमा अपरेशन सफलतापूर्वक सम्पन्न भएकोमा बधाई दिंदै प्रदेश प्रमुख डा. अहिराज ले चाँडो भन्दा चाँडो क्यान्सर रोगबाट मुक्त होस् भनि कामना गर्नु भयो ।
भारतको दिल्ली स्थित राजिव गान्धी क्यान्सर अस्पतामा श्रावण ५ गते सफलता पूर्वक आपरेशन भएको थियो ।
दैनिक विश्व जागरण दैनिक का सम्पादक राघवेंद्र साह का अनुसार श्री राजेश्वर नेपाली को आपरेशनमा एक घण्टा लागेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

जनकपुरधाम उपमहानगरले अब गुठीबाट मालपोत उठाउने अधिकार ..

कमल साहजनकपुरधाम,असार २२ गते । जनकपुरधाम उपमहानगरले पालिका भित्रका गुठी रैतानी जमिनको मालपोत दस्तुर उठाउने छ ।&nbs..

9 दिन पहिले

नापतौल सम्बन्धी जनचेतनामुलक कार्यक्रम सम्पन्न

सन्जु कर्ण, सर्लाही, सर्लाही, असाढ २२ गते । हरिवनमा नापतौल सम्बन्धी जनचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ । गुण..

9 दिन पहिले

गुठी कार्यालय झण्डै तीस वर्षको चिरनिन्द्रबाट बिउझदा बे..

कमल साह जनकपुरधाम, असार १० गते । नापी कार्यालय धनुषा र गुठी संस्थान कार्यालय जनकपुरको कमि कमजोरीले आज बेला गाउँका ..

21 दिन पहिले

जनकपुरमा कलाकार अंशा सदाको रहस्यमय मृत्यु ः आत्महत्या क..

मिथिला जागरण समाचारदाताजनकपुरधाम, असाढ १० गते । कलाकारिता क्षेत्रमा चर्चित जोडी ‘कलकतियावाली’ उर्फ अविनाश झ..

21 दिन पहिले

नेपाल बैंक र नैन्सी अर्टोमोवाईल बिच सम्झौता– सुजुकी गाड..

मिथिला जागरण समाचारदाता काठमाडौं, असाढ १० गते । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरु र सो..

21 दिन पहिले