रंगभूमि मैदान सरोवरमा परिणतहुँदा मणिपर्वत प्रभावित, सम्बन्धित निकाय चिरनिन्द्रमा

कमल साह
जनकपुरधाम,साउन ३० गते । मणिपर्वत यसपाली रंगभूमि (बाह्रविगहा) खेल मैदनमा आयोजना हुन नसक्दा साधुसन्त दुखित भएका छन ।
श्रावणी झुला आरम्भ हुनुभन्दा अघि हरेक वर्ष आयोजना हुँदै आएको मणिपर्वत साउन २६ गते रंगभूमि मैदानमा आयोजन हुन नसक्दा यहाँका श्रद्धालु भक्तजग समेत दुखित भएका छन ।
प्रचिन मिथिलाका राजधानी जनकपुरधामको धरोहर जानकी मन्दिर र रामन्दिरबाट आयोजन हुँदै आएकोे धार्मिक समारोह स्थल बाह्रविगहा खेल मैदान हो । तर, धार्मिक सांस्कृतिक तथा ऐतिहासिक स्थलहरुको संरक्षण र सम्बर्धन गर्ने जिम्मा पाएको निकायहरु चिरनिन्द्रमा भएको ले बाह्रविगहा खेल मैदान अचेल सरोवरमा परिणत भएको छ । रंगभुमि मैदानको पानी निकास मूल नालासंग नजोडिएको प्रति सम्बन्धित निकाय मौनभई बसेको छ ।
राममन्दिरका महंथ राम गिरी ले वर्षो वर्षदेखि चल्दै आएको परम्परालाई तोडने कार्य यसवर्ष भएको हो भन्दै यो घोर अन्याय रहेको बताउनु हुन्छ ।
उहाँ धार्मिक सांस्कृतिक पर्व मणिपर्वतको परम्परा तोडिएको प्रति दुखः व्यक्त गर्नुहुन्छ । उनि भन्छन, बाह्रविगहामा रामजानकीको डोला राख्ने ठाउँ नभएको ले हामी नगर भ्रमण गरेर मन्दिर फर्केका छौं ।
मणिपर्वतको दिन जानकी मन्दिर,राम मन्दिर,लक्ष्मण मन्दिर र रत्नसागर स्थानबाट आएको राम जानकी डोलालाई एकै ठाउँमा आसन ग्रहण गराएर धुप आरती गर्ने चलन रहेको छ । यस अवसरमा भगवानलाई श्रद्धालु भक्तजनहरु नजिकबाट दर्शन पूजन गर्ने गरिन्छ ।
यहाँका एतिहासिक स्थल रंगभूमि मैदानमा मणिपर्वत जस्तै विवाहपंचमी महोत्सव,चैत्र नवमी,जानकी नवमी, आयोजन हुँदै आएको हो । यो स्थलमा यी बाहेक का कार्यहरु पनि आयोजन हुन्छन । यहाँ आयोजन हुने वृहत्त सभा समारोहदेखि खेल प्रतियोगिताहरुसम्म हुने गर्दछन । तर,सम्बन्धित निकाय चीर निन्द्रमा बसेका छन ।
हरेक वर्ष साउन शुक्ल पक्ष तृतिया तिथिमा मणिपर्वत आयोजन हुने गर्दछन । यसपाली साउन २६ गते आयोजना भएको मणिपर्वत रंगभूमि मैदानमा लाग्न नसक्नु े जनकपुरधामको लागि दुर्भाग्य हो ।
मिथिला क्षेत्रको विकास गर्ने जिम्मा पाएका वृहत्तर जनकपुर क्षेत्र विकास परिषदका अध्यक्ष ई. शालिग्राम सिंह यसबारेमा बताउनु हुन्छ, संघीय सरकार अधिन रहेको यस कार्यालयमा वर्षिक १ करोड बजेट आउँछ,तर काम थुप्रै ठाउँमा भएको ले रंभूमिको सौन्दर्यकरणको लागि अगाडि बढन नसकेको हो ।
उनी भन्छन, संघ सरकारले पशुपति विकास क्षेत्र,वृहत्तर जनकपुर क्षेत्र र लुम्बिनी विकास क्षेत्र आफ्नो अधिनमा राखेको भएपनि यहाँ बजेट वार्षिक १ करोड दिनु दुर्भाग्य हो ।
तर,वृहत्तर जनकपुर क्षेत्र विकास परिषका निर्देशक वलराम ठाकुरले बताउनु भएबाट जोकोही अचम्भितमा पर्न सक्छन ।
उहाँ भन्नुहुन्छ , बाह्रविगहा मैदन जनकपुरधाम उपमहानगरपालिका ले आफ्नो अधिनमा लिएको छ । तर,त्यहाँ एम्बुलेन्सदेखि ठेलालगाउने सम्मबाट बटी जानकी मन्दिरले असुल गर्दै आएको हो ।
जनकपुरधाम उप–महानगरपालिकाले रंगभूमिलाई आफ्नो अधिनमा लिएको ले हामी त्यस तर्फ केहि गर्न नसकेको उहाँ बताउनु हुन्छ ।
उहाँ अगाडी बताउनु हुन्छ, बरु बाह्रविगहाको सौन्दर्यकरण गर्नको लागि शहरी विकास मंत्रालयका सचिव रमेश कुमार सिंह संग अनुरोध गर्दा उनि यस आर्थिक वर्षमा ५० लाख विनियोजन गरिदिर्नुभएको छ ।
रंगभूमि सौन्दर्यकरणको लागि विनियोजन भएको रकम संघीय शहरी विकास कार्यालयमा आउने र त्यहाँबाट टेण्डर भई काम हुने उहाँ स्पष्ट पार्नुभयो ।
उहाँले भन्नुभयो, रंगभूमिमा सर्वप्रथम पानी निकासको कार्य गर्नकोलागि सल्लाह समेत दिएको छु ।
मणिपर्वत यसवर्ष किन आयोजना हुन नसकेको को दोषिहो बुझ्नको लागि जनकपुरधाम उप–महानगरपालिका का जिम्मेबार व्यक्तित्वहरुको प्रतिक्रिया लिन खोजेको थियो,तर दुखःद कुरा हो कि कोहि सम्पर्कमा आउन चाहेनन् ।
कमेन्ट गर्नुहोस्

जनकपुरधाम उपमहानगरले अब गुठीबाट मालपोत उठाउने अधिकार ..
कमल साहजनकपुरधाम,असार २२ गते । जनकपुरधाम उपमहानगरले पालिका भित्रका गुठी रैतानी जमिनको मालपोत दस्तुर उठाउने छ ।&nbs..
9 दिन पहिले
नापतौल सम्बन्धी जनचेतनामुलक कार्यक्रम सम्पन्न
सन्जु कर्ण, सर्लाही, सर्लाही, असाढ २२ गते । हरिवनमा नापतौल सम्बन्धी जनचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ । गुण..
9 दिन पहिले
गुठी कार्यालय झण्डै तीस वर्षको चिरनिन्द्रबाट बिउझदा बे..
कमल साह जनकपुरधाम, असार १० गते । नापी कार्यालय धनुषा र गुठी संस्थान कार्यालय जनकपुरको कमि कमजोरीले आज बेला गाउँका ..
21 दिन पहिले
जनकपुरमा कलाकार अंशा सदाको रहस्यमय मृत्यु ः आत्महत्या क..
मिथिला जागरण समाचारदाताजनकपुरधाम, असाढ १० गते । कलाकारिता क्षेत्रमा चर्चित जोडी ‘कलकतियावाली’ उर्फ अविनाश झ..
21 दिन पहिले
नेपाल बैंक र नैन्सी अर्टोमोवाईल बिच सम्झौता– सुजुकी गाड..
मिथिला जागरण समाचारदाता काठमाडौं, असाढ १० गते । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरु र सो..
21 दिन पहिले
संवाददाता
संवाददाता

