जोखिम घरधुरीलाई खाद्यान्न सहयोग

श्याम कुमार यादब
सर्लाही, पुस २१ गते । बागमती सेवा समाज नेपालद्वारा वल्र्डभिजन इन्टरनेशनलको सहयोगमा संचालित बाल स्पोन्सरशिप परियोजना अन्तर्गत अन्यन्त जोखिम घरधुरीलाई खाद्यान्न सहयोग प्रदान गरिएको छ ।
संस्थाद्वारा आज पौष २० गते आयोजित एक कार्यक्रमका बीच हरिपूर्वा नगरपालिका वडा नं. ३ स्थित धनकौलमा मन्तोरिया देवी माझी र फूलो साह तथा पर्सा गाउँपालिका वडा नं. १ स्थित मुस्लिमटोलका रइमुल खातुनको परिवारलाई उक्त खाद्यान्न सामाग्री हस्तान्तरण गरिएको हो ।
सो अवसरमा बोल्नु हुँदै बागमती सेवा समाज नेपालका अध्यक्ष भरत कुमार कार्कीले विभिन्न कारणले जोखिममा परेका बालबालिकाका परिवारलाई लक्षित गरी राहत प्रदान गर्ने उद्देश्यले सहयोग हस्तान्तरण गरिएको बताउनुभयो ।
कोभिड १९ का कारण सृजित असामान्य परिस्थिति र परिवारको मुख्य व्यक्ति गुमाएका बालबालिकाका परिवारलाई तत्कालका लागि राहत दिने उद्देश्यले चामल, दाल, तेल, नून, चिनी, तरकारी, साबुन र बालबालिकाका लागि स्टेशनरी सामाग्रीहरु प्रदान गरिएको कुरा अध्यक्ष कार्कीले बताउनुभयो ।
यसैगरी हरिपूर्वा नगरपालिका वडा नं. ३ का अध्यक्ष धर्मराज सिंहले संस्थाले लामो समयदेखि जोखिम परिवारलाई सहयोग गर्दै आइरहेको र खाद्यान्न सहयोगले परिवारलाई राहत मिल्ने बताउनुभयो ।
विगत २ वर्षदेखि सर्लाही जिल्लाको हरिपूर्वा नगरपालिका र पर्सा गाउँपालिकामा वल्र्डभिजन इन्टरनेशनलसँगको साझेदारीमा संचालन भइरहेको बाल स्पोन्सरशिप परियोजना मार्फत बालबालिकाको चौतर्फी विकासका लागि पैरवी, सहयोग, क्षमता अभिवृद्धि र विभिन्न प्रकारका क्रियाकलापहरु संचालन भइरहेको बागमती सेवा समाज नेपालका परियोजना संयोजक कुमार भण्डारीले जानकारी दिनुभयो । बाल स्पोन्सरशिप परियोजनाबाट ३ हजारभन्दा बढी जोखिम वर्गका बालबालिका र तिनको परिवार लाभान्वित भइरहेको जानकारी संस्थाले दिएको छ ।
कमेन्ट गर्नुहोस्

गुठी कार्यालय झण्डै तीस वर्षको चिरनिन्द्रबाट बिउझदा बे..
कमल साह जनकपुरधाम, असार १० गते । नापी कार्यालय धनुषा र गुठी संस्थान कार्यालय जनकपुरको कमि कमजोरीले आज बेला गाउँका ..
7 दिन पहिले
जनकपुरमा कलाकार अंशा सदाको रहस्यमय मृत्यु ः आत्महत्या क..
मिथिला जागरण समाचारदाताजनकपुरधाम, असाढ १० गते । कलाकारिता क्षेत्रमा चर्चित जोडी ‘कलकतियावाली’ उर्फ अविनाश झ..
8 दिन पहिले
नेपाल बैंक र नैन्सी अर्टोमोवाईल बिच सम्झौता– सुजुकी गाड..
मिथिला जागरण समाचारदाता काठमाडौं, असाढ १० गते । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरु र सो..
8 दिन पहिले
होटल व्यवसायीहरुको व्यवसायिक क्षमता अभिवृद्धि गर्ने प्..
नारायण घिमिरेमहोत्तरी, असार ८ गते । मधेस प्रदेशका होटल सञ्चालकहरुको व्यवसायिक क्षमता अभिवृद्धि तथा होटेलको स्त..
9 दिन पहिले
संघीय निजामती सेवा विधेयकमा मधेशी समुदायको समावेशीताको..
प्रेमचन्द्र झा, काठमाडौं, असार ०३ गते । संघीय निजामती सेवा विधेयक, २०८२ मा मधेशी समुदायको निष्पक्ष, समावेशी र न्या..
14 दिन पहिले
संवाददाता
संवाददाता

