+977 9854027065 | akulpdsah@gmail.com

धनुषा काँग्रेसको नेतृत्व सम्हाल्न सातको चाहना

5 वर्ष पहिले प्रकाशित

Akul Prasad Sah

1375 Views

कमल साह, जनकपुरधाम
जनकपुरधाम, भाद्र २७ गते ।नेपाली कांग्रेसको १४ औं महाधिवेशन सफलताका लागि जिल्ला अधिवेशन पनि आवश्यक हुन्छ । नेकाँको तालिका अनुसार जिल्ला अधिवेशन असोज १० गते हुने भएको ले जिल्ला सभापतित्वको आकांक्षीहरुको यतिखेर चर्चा जिल्लाभरिमा भईरहेको छ ।
धनुषा जिल्लाका सभापति हुनका लागि चर्चामा आईरहको नामहरुमा निधी र पौडेल दुबै लविको हो ।
धनुषा जिल्ला सभापति हुनका लागि आजकाल सात जना आकांक्षी रहेका छन । त्यसमा ५ जना उपसभापति बिमलेन्द्र नीधि पक्षकै उम्मेदवार रहेका छन । जिल्लाको नेतृत्व समहाल्ने आकांक्षा हुन नराम्रो कुरा होइन ,तर कार्यकर्ताको भावना भन्दा बढी यहाँ निधीको आर्शिवाद प्राप्त हुनुपर्छ । भनिन्छ निधीको आर्शिवार्द जसलाई प्राप्त हुने हो,त्यो नै जित्ने छन भनेर चर्चा भईरहेको छ ।
धनुषाका वर्तमान सभापति महेश शंकर गिरि ले सर्वसम्मतिले पाईयो भने एक पल्ट पुनः जिल्ला सभापति हुने विचार अघि सार्नुभएको हो ।
एकजना कार्यकर्ताले बताए अनुसार निधिको पहिलो रोजाईमा पर्ने गिरी पनि हुनसक्छन । त्यसैले गिरी एक पल्ट सभापति पदका लागि दोहर्याउने आकांक्षा ल्याउन थालेका छन ।
यदि निर्वाचन सर्वसम्मतिबाट भयो भने वर्तमान सभापति गिरी नै पुनः दोहराउने विश्वास गरिदैछ ।
जिल्ला नेतृत्वको लागि निधी समुहबाटै योगेन्द्र पंजियार, संतोष यादव, प्रफुल्ल राज धिमिरे, राज किशोर सिंह, किशोरी साह, प्रदिप यादव, कुवँर कान्त झा नाम अगाडी आईरहेका छन् ।
त्यसैगरी पौडेल पक्षबाट दिनेश प्रसैला र विशेश्वर प्रसाद यादव जिल्ला सभापति पदमा उम्मेदवारी दिने चर्चा पाएको छ ।
नेपाली काँग्रेसको महाधिवेशन हुने निर्धारित मिति भन्दा ३ वर्ष ढिलो हुन लागेको अधिवेशनबाट जिल्ला सभापतिका लागि योगेन्द्र पंजियारले उम्मेदवारी दिने सुनिश्चित रहेको बताउने गर्दछन् ।
क्षिरेश्वरनाथ नगर पालिकाका नगर प्रमुख समेत रहनु भएका पंजियार क्षेत्रिय सभापति दुई–दुई पल्ट सम्हाली सक्नु भएको हो । अब उहाँलाई जिल्लाको नै सभापति हुनुपर्ने हो, एकजना कार्यकर्ता बताउंछन ।
पंजियार ले सभापति पदमा उम्मेदवारी दिने गर्नु भएको घोषणालाई कार्यकर्ताहरु सकारत्मक तरिकाबाट लिइरहेको बताउँछन । साथै उनि बलियो उम्मेदवार पनि मानिन्छ ।
त्यस्तै करिब चार दशकदेखि नेपाली कांग्रेसको राजनीतिमा निरन्तर सक्रिय रहेका युवा नेता प्रफुल्ल राज धिमिरेले पनि यस पटक सभापतिमा आफ्नो दावेदारी प्रस्तुत गर्दैछन । धनुषामा राम्रो पहिचान बनाउनु भएको ले युवाहरु एक ढिक्का भएर उम्मेदवारी दिए भने चुनाव सहजै जित्न सक्ने घिमिरे नजिकका कांग्रेसी कार्यकर्ताहरु बताउँछन।
उसैगरि निधि गुटका अर्का उम्मेदवार राज किशोर सिंह रहेका छन । धनुषा जिल्ला कार्यसमितिमा सचिव पदको जिम्मेवारी निर्वाह गरिसकेका सिंहले मौका पाउनु पर्ने एकथरि कांग्रेसी कार्यकर्ताहरुले धारणा व्यक्त गर्दैछन ।
त्यसैगरी निधि निकट मानिने किशोरी साह, प्रदिप यादव, कुवँर कान्त झाले पनि सभापतिमा इच्छा व्यक्त गरिरहेका छन ।
यता, पौडेल समुहबाट पुर्व सांसद दिनेश प्रसैलाको दावेदारी छ । सभापति पदका लागि आकांक्षा व्यक्त गर्नुभएको प्रसैला धनुषाका सक्रिय तथा लोकप्रिय नेता हुन ।
उसैगरी वर्तमान जिल्ला सचिव विशेश्वर प्रसाद यादव ले एक पल्ट जिल्लाको नेतृत्व गर्ने जिम्मेवारी पाउनु पर्ने भनेर आफ्नो आकांक्षा व्यक्त गर्दैछन । नेपाली कांग्रेसमा राम्रो छवि बनाएका यादवले उम्मेदवारी दिए जिल्लाको समिकरण नै फेरिने कांग्रेसी कार्यकर्ताको बुझाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

निर्माण व्यावसायीले ‘काम होलिडे’ गर्ने

कमल साह, जनकपुरधामजनकपुरधाम, बैशाख १४ गते । नेपालमा इन्धनमा दिनानुदिन मुल्य बृद्धि हुँदै आएकोलाई थेग्न नसक्ने भए..

13 दिन पहिले

नेपाल चेम्बर अफ कमर्स, हरीवनको ब्यबसायिक भवन बन्ने

सन्जु कर्ण, सर्लाही, सर्लाही, चैत्र २४ गते । हरीवन चेम्बर अफ कमर्सको ब्यबसायिक भवन बन्ने भएको छ । हरिवन नगरपालीका क..

1 महीना पहिले

जनकपुर क्षेत्रमा अजेत दुई किसमको परिक्रमा हुँदै

कमल साहजनकपुरधाम,फागुन १७ गते । प्राचिन मिथिलाका राजधानी जनकपुरधाम क्षेत्रमा अचेल दुई किसिमका परिक्रामा भई रहे..

2 महीना पहिले

साधुसन्त तथा तीर्थयात्रीहरुका लागि हेल्प डेस्क सञ्चालन

मिथिला जागरण समाचारदाताजनकपुरधाम, फागुन ६ गते । मिथिला मध्यमा परिक्रमा अवसरमा “मानव महाकुण्ड” सेवा शिविर सञ..

3 महीना पहिले

शिक्षाबिद् अमरेन्द्र झा नेकपा (एमाले) परित्याग गरि रास्व..

धिरेश दत्तजनकपुरधाम माघ २२ गते । मधेश प्रदेशको राजधानी जनकपुरधाम लगायत धनुषा क्षेत्र नं. ३ मा प्रतिनिधिसभा सदस्य..

3 महीना पहिले