+977 9854027065 | akulpdsah@gmail.com

नेपाल हिन्दी प्रतिष्ठानको सधारण सभा सम्पन्न अध्यक्ष पदमा पुनः वरिष्ठ पत्रकार नेपाली

5 वर्ष पहिले प्रकाशित

Akul Prasad Sah

1394 Views

कमल साह
जनकपुरधाम, असोज ३ गते । नेपाल हिन्दी प्रतिष्ठानको सधारण सभा सम्पन्न भएको छ । त्यस सधारण सभाले पुनः वरिष्ठ पत्रकार तथा प्रेस स्वतन्त्रता सेनानी राजेश्वर नेपालीको नेतृत्वमा ११ सदस्यीय कार्यसमिति सर्वसम्मतिबाट चयन गरिएको छ ।
उक्त सधारण सभाले ७ सदस्यीय सल्लाहकार समिति समेत सर्वसम्मतिबाट चयन गरिएको छ ।
सरस्वती राज भवनमा आयोजित सधारण सभा ले अध्यक्षमा राजेश्वर नेपाली,उपाध्यक्षमा रारा बहुमुखि क्याम्पसका हिन्दी विभाग प्रमुख रहिसकेकी आशा सिन्हा,महासचिवमा रामस्वार्थ ठाकुर गान्धि,सचिवमा चन्द्रेश्वर राय र कोषाध्यक्षमा कमल साह लाई सर्वसम्मतिबाट चयन गरिएको छ ।
त्यस्तै सदस्य पदमा सर्वसम्मतीबाट चयन हुनेहरुमा रामहृदय प्रसाद,श्रीचन्द साह, पुनम झा मैथिल, मनोज सिंह प्रमेश,सरोज यादव र कैलाश प्रसाद रहेका छन ।
उसैगरी सल्लाहकारमा चयन हुनेहरुमा वरिष्ट अधिवक्ता युगल किशोर लाल,प्रा.डा. सूर्यनाथ गोप,महेश्वर राय, चन्देश्वर प्रसाद रौनियार, खुशीलाल मण्डल, डा.शिवशंकर यादव र वरिष्ट अधिवक्ता युगल किशोर निधी रहेका छन ।
सो सधारण सभाको आरम्भमा हिन्दी साहित्यकार रामधारी सिंह दिनकर ले समाज सुधारका लागि चाल्नु भएको कदमहरु बारेमा चर्चा भएको थियो । र अन्तमा प्रथम जन आन्दोलनका नायक लोह पुरुष गणेशमा सिंह लाई स्मरण गरियो ।
वरिष्ठ पत्रकार राजेश्वर नेपालीको अध्यक्षतामा आरम्भ भएको सधारण सभामा वरिष्ट अधिवक्ता युगलकिशोर लाल,महेश्वर राय,रामस्वार्थ ठाकुर गान्धि, राम हृदय प्रसाद,श्रीचन्द साह लगायतका वक्तहरुले विचार व्यक्त गरेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

निर्माण व्यावसायीले ‘काम होलिडे’ गर्ने

कमल साह, जनकपुरधामजनकपुरधाम, बैशाख १४ गते । नेपालमा इन्धनमा दिनानुदिन मुल्य बृद्धि हुँदै आएकोलाई थेग्न नसक्ने भए..

13 दिन पहिले

नेपाल चेम्बर अफ कमर्स, हरीवनको ब्यबसायिक भवन बन्ने

सन्जु कर्ण, सर्लाही, सर्लाही, चैत्र २४ गते । हरीवन चेम्बर अफ कमर्सको ब्यबसायिक भवन बन्ने भएको छ । हरिवन नगरपालीका क..

1 महीना पहिले

जनकपुर क्षेत्रमा अजेत दुई किसमको परिक्रमा हुँदै

कमल साहजनकपुरधाम,फागुन १७ गते । प्राचिन मिथिलाका राजधानी जनकपुरधाम क्षेत्रमा अचेल दुई किसिमका परिक्रामा भई रहे..

2 महीना पहिले

साधुसन्त तथा तीर्थयात्रीहरुका लागि हेल्प डेस्क सञ्चालन

मिथिला जागरण समाचारदाताजनकपुरधाम, फागुन ६ गते । मिथिला मध्यमा परिक्रमा अवसरमा “मानव महाकुण्ड” सेवा शिविर सञ..

3 महीना पहिले

शिक्षाबिद् अमरेन्द्र झा नेकपा (एमाले) परित्याग गरि रास्व..

धिरेश दत्तजनकपुरधाम माघ २२ गते । मधेश प्रदेशको राजधानी जनकपुरधाम लगायत धनुषा क्षेत्र नं. ३ मा प्रतिनिधिसभा सदस्य..

3 महीना पहिले