झापामा जडान गरिएका अधिकांश सिसी क्यामरा प्रयोगविहीन
देवेन्द्र आलोक, झापा
दमक(झापा) असोज ४ गते ।आपराधिक गतिविधि निगरानी गर्ने उद्देश्यले झापाका मुख्य सहर, राजमार्ग र सीमा क्षेत्रका बजारमा लाखौं रुपैयाँ खर्चिएर जडान गरिएका सिसी क्यामेरा बिग्रिएर प्रयोगविहीन बनेको छ ।
प्रविधिमैत्री शान्ति सुरक्षा कायम गर्ने उद्देश्यले स्थानीयवासी, स्थानीय, प्रदेश र संघीय सरकारको सहयोगमा जिल्लाभरि २४७ स्थानमा सिसी क्यामेरा जडान गरिएको छ। तर तीमध्ये ९५ वटा चट्याङले बिग्रिएका, अनियमित विद्युत् आपूर्ति र मर्मत सम्भारको अभावले प्रयोगविहीन छन्। कतिपय स्थानीय तहमा बिग्रिएर लामो समयदेखि प्रयोगविहीन हुँदा प्रहरीलाई शान्ति सुरक्षा कायम गर्न चुनौती थपिएको छ।
विशेष गरी भद्रपुर र काँकडभिट्टा सीमा नाका र बजार आसपास क्षेत्रमा जडान गरिएका सिसी क्यामेरा लामो समयदेखि प्रयोगविहीन छन्। चोरी, तस्करी, लुटपाट, दुर्घटना र अन्य आपराधिक क्रियाकलाप कम तथा रोकथामका लागि भद्रपुर नगर क्षेत्रमा ३६ स्थानमा सिसी क्यामेरा जडान गरिएको छ। वडा प्रहरी कार्यालय भद्रपुरले हिरासतसहित २७ स्थानमा र जिल्ला प्रहरी कार्यालय झापाले चार वटा हिरासतसहित ८ स्थानमा सिसी क्यामेरा जडान गरेको प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जानकारी दिए। वडा प्रहरी कार्यालयको कन्ट्रोल कक्षले हेर्ने २७ मध्ये २३ वटा र जिल्ला प्रहरी कार्यालयको कन्ट्रोल कक्षको हेर्ने ८ मध्ये २ वटा सिसी क्यामेरा बिग्रिएको छ। मेची पुल, वडा प्रहरी कार्यालयको गेट, भन्सार र हिरासतमा लगाइएको सिसी क्यामेरा मात्र सञ्चालनमा छ।
सगरमाथा चोक, हस्पिटल चोक, संगमचोक, भानुचोक, झापाचोक, बसपार्क, भद्रपुर बजार, जनताचोक, कनाचोक, ५ नम्बर वडा कार्यालय लगायत स्थानमा जडान गरिएको सिसी क्यामेरा बिग्रिएको वडा प्रहरी कार्यालयका प्रहरी निरीक्षक दलकुमार राईले जानकारी दिए। सिसी क्यामेरा बिग्रिदा नजिकिँदै आएको चाड पर्व लक्षित सुरक्षा योजना कायम गर्न प्रहरीलाई चुनौती थपिएको राईले बताए।
सिसी क्यामेरा बिग्रिएकोले त्यसको मर्मत सम्भारका लागि भद्रपुर नगरपालिकालाई लिखित रुपमा पत्राचार गरिसकेको बताउँदै उनले भने, ‘नगरपालिकाले क्यामेरा मर्मत सम्भारका लागि ५ लाख बजेट छुट्टाएको जानकारी प्राप्त भएको छ।’ चाडपर्व आउन लाग्दा समेत अहिलेसम्म मर्मत सम्भार हुन नसकेको उनको भनाई छ। यता नगर क्षेत्रमा चोरीका घटना बढेको भन्दै केही स्थानीयले भद्रपुर नगरपालिकालाई ज्ञापन पत्र बुझाएका छन्। नरेश कुटवाल, गौरी राजवंशी, विकास ठाकुर, जीवन बोहरा र कृष्ण प्रधानले नगर क्षेत्रभित्र बिग्रिएका सिसी क्यामेरा तत्काल मर्मत सम्भार गरी दिन भन्दै नगरपालिकालाई पत्र बुझाएका हुन्।
त्यस्तै प्रहरी कार्यालय झापाले हेर्दै आएको चन्द्रगढी बजार र ट्रेड युनियन चोकको सिसी क्यामेरा मात्र सञ्चालनमा छ। लेखनाथ चोक, वीरेन्द्र स्कुल अगाडीको सिसी क्यामेरा बिग्रिएको पनि लामो समय भइसकेको छ।
त्यसैगरी पूर्वी नाका काँकडभिट्टा नाका जोडिएको मेचीनगरमा ८२ स्थानमा सिसी क्यामेरा जडान गरिएको छ। प्रदेश सरकारले ११ वटा र स्थानीयवासी, नगरपालिकाले ७२ वटा सिसी क्यामेरा नगरका विभिन्न स्थानमा जडान गरेको छ। त्यसमध्ये १६ स्थानको सिसी क्यामेरा बिग्रिएको लामो समय भएको छ। बुद्ध शान्ति गाउँपालिकामा जडान गरिएको ६ वटा सिसी क्यामेरामध्ये ५ वटा बिग्रिएको छ। बिर्तामोड नगरपालिकामा ७६ स्थानमा जडान गरिएको मध्ये ५ स्थानमा सिसी क्यामेरा बिग्रिएको छ। त्यसैगरी अर्जुनधारामा जडान गरिएको २७ मध्ये ५ वटा, कनकाईमा जडान गरिएको ११ मध्ये ५ वटा, शिवसताक्षीमा जडान गरिएको १५ मध्ये ३ वटा, कमल गाउँपालिकामा जडान गरिएको ७ वटामध्ये एउटा सिसी क्यामेरा बिग्रिएको अवस्थामा छ। दमक नगरपालिकामा जडान गरिएको २२ मध्ये ९ वटा र गौरीगञ्ज गाउँपालिकामा जडान गरिएको २१ मध्ये १९ वटा सिसी क्यामेरा बिग्रिएको अवस्थामा छ। गौरादह नगरपालिकामा जडान गरिएको २१ वटा नै चालु अवस्थामा रहेको डिएसपी थापाले बताए। जिल्लाको कचनकवल, बाह्रदशी, झापा र हल्दिबारी गाउँपालिकामा हालसम्म सिसी क्यामेरा जडान नगरिएको उनले बताए।
स्थानीय सरकार, स्थानीयवासीले १७५ वटा र प्रदेश, संघीय सरकारले ७२ गरी २४७ वटा सिसी क्यामेरा जिल्लाभरि जडान गरिएको छ। त्यसमध्ये ९५ स्थानका सिसी क्यामेरा प्रयोगविहीन बनेको उनको भनाई छ। जिल्लामा जडित सिसी क्यामेराले प्रहरी कारबाहीका लागि महत्त्वपूर्ण भूमिका खेलेको बताउँदै उनले भने, ‘प्रयोगविहीन सिसी क्यामेराहरू स्थानीय तहसँग समन्वय गरी पुनः मर्मत सम्भार गरी सञ्चालन ल्याउने पहल भइरहेको छ।’ विशेष गरी भिडभाड हुने मुख्य सहर, राजमार्ग र सीमा नाकाहरूमा सिसी क्यामेरा जडान गरिएको छ ।
कमेन्ट गर्नुहोस्
जय भेंडा ! जय अभियान !
लेखकः भोला यादब भेंडाहरू,लड्छन्,भिड्छन्,मार्छन्,एक –अर्कालाई पछार्छन् । इतिहास जोगाउन,अस्तित्व कायम गर्न,पहि..
9 घन्टा पहिले
मनोकामना बुउद्देश्यीय सहकारी संस्थाको २० औँ वार्षिक सा..
सन्जु कर्ण, सर्लाही, सर्लाही, पुस २३ गते । सर्लाहीको हरिवन नगरपालिका–११, मा रहेको मनोकामना बहुउद्देश्यीय सहकारी ..
27 दिन पहिले
मधेशमा धोती दिवस मनाइयो
कमल साहजनकपुरधाम,पुस २० गते । रोमबाट चलेको ई.सं.को नयाँवर्षदेखि धोती र टोपी दिवस यहाँ विहिबार मनाइएको छ । राष्ट्रि..
1 महीना पहिले
राम मन्दिर र जानकी मन्दिरलाई विश्व सम्पदा सूचिमा सूचिकृ..
कमल साहजनकपुरधाम, पुस ७ गते । धार्मिकता तथा पौराणिकताको महत्व बोकेको यहाँका ऐतिहासिक धरोहर राम मन्दिर र जानकी ..
1 महीना पहिले
धनकौलका उखु किसान धर्नामा
सन्जु कर्ण, सर्लाही, सर्लाही, कार्तिक २५ गते । सर्लाहीको धनकौलस्थित अन्नपूर्ण चिनी उद्योगबाट पाउनुपर्ने उखुको ..
3 महीना पहिले
संवाददाता
