औरही नपाका उपमेयरको ४८ लाखको विवाद
कमल साह, जनकपुरधाम
जनकपुरधाम, असोज १६ गते । महोत्तरी जिल्लाको औरही नगरपालिकाका उपमेयर झा ले जनता जनार्धनको कुनै काम नगरी सिधै भत्ता बुझदै आएको खबर सार्वजनिक भएको छ ।
झण्डै चार वर्ष अघि भएको बाटोघाटो निर्माणमा स्टिमेट अनुसार कार्य सम्पादन नभएकोलाई भुक्तानी दिलाउन उप मेयर रेणु झा ले जेजति वल लगाएपनि असफल हुँदा आजकाल उनि विरोधमा उत्रेकी छिन ।
औरही नपा को योजना अनुसार निर्माण कार्य सम्पन्नभएको छैन । सो योजनाहरुको झण्डै ५८ लाखको रहेको नगर प्रमुख सुनिल कुमार यादव ले बताउनु भयो ।
योजना अनुसार निर्माण नभएपनि भुक्तानी दिलाउन नगरप्रमुख यादव माथि दबाब दिएपनि उपमेयर रेणु झा असफल भएपछि विरोधमा उत्रन पुगीन ।
उपमेयर झा ले औरही नपा भित्रमै आजकाल तथानाम बिरोध जनाई रहेको छ । सो विरुद्धमा मेयर यादव पत्रकार सम्मेलन गर्नुभयो । औरही नपाको आंगनमै आयोजना गरिएको पत्रकारसम्मेलनमा वार्ड अध्यक्ष, नगर सभा समिति सदस्य र सर्वसाधारण नागरिकको वाक्लै उपस्थित रहेको थियो ।
मेयर यादवले भन्नुभयो, उपमेयर रेणु झा उपमेयर हो , उहाँलाई उपमेयर भएर बस्नु पर्नेथ्यो । तर, यहाँ उपमेयर नै ठेकेदार भएझैं गर्दै आएको ले ५८ लाखको विवाद उत्पन्न भएको छ ।
उहाँले ५८ लाख बाँकी बक्यौताको विल भरपाई उपभोक्ता समिति हुँदै कार्यालयमा आएपछि हामी भुक्तानी दिन तयार हुने बताउँदै थप्नुभयो, तर उपमेयर ले यो मेरो काम हो, मैले गराएको छु , मलाई भुक्तानी दिनु भन्दै आएको ले सो रकम भुक्तानी हुन नसकेको छ ।
तर, उपमेयरले कानुन बिपरित रकम भुक्तानी मांग गर्दै आएको ले त्यसै रहन पुगेको मेयर यादव ले थप्नुभयो ।
सो पत्रकार सम्मेलनमा उहाँले अरु पालिकाहरुमा लाखौ बेरुजु रहेको लेखापरिक्षकले सार्वजनिक गरिसकेको बताउँदै उहाँले औरही नगरपालिकामा ५ हजार बेरुजु पनि कसैले देखाउन सक्दैन भनेर गर्वका साथ भन्नुभयो ।
सो पत्रकार सम्मेलनमा संचारकर्मीहरुले राखेका विभिन्न जिज्ञाशाक्रममा मेयर यादव ले बिगत चार वर्षमा औरही नगरपालिकामा शिक्षा क्षेत्रमा मात्र नभएर स्वास्थ्य तथा सडक निर्माणमा समेत विकास भएको बताउनु भयो ।
उहाँले भन्नुभयो, प्रत्येक वडामा स्वास्थ्य चौकीको लागि १÷१ कठ्ठा जमिन र पन्ध्र बेडको हस्पिटल निर्माण गर्नको लागि १४ कठ्ठा जमिन उपलब्ध गराएको छु । पहिला यो पालिका गाउँ जस्तो लाग्ने गर्दथ्यो । तर, हामीले यसलाई नगरपालिका स्वरूप विकास गरेका छौ तपाइँहरु हेर्न सक्नु हुन्छ । उहाँले विद्यालयमा हामीले भौतिकदेखि हरेक कमि पुरा नगरेको अवस्था छैन थप्नुभयो ।
कमेन्ट गर्नुहोस्
निर्माण व्यावसायीले ‘काम होलिडे’ गर्ने
कमल साह, जनकपुरधामजनकपुरधाम, बैशाख १४ गते । नेपालमा इन्धनमा दिनानुदिन मुल्य बृद्धि हुँदै आएकोलाई थेग्न नसक्ने भए..
13 दिन पहिले
नेपाल चेम्बर अफ कमर्स, हरीवनको ब्यबसायिक भवन बन्ने
सन्जु कर्ण, सर्लाही, सर्लाही, चैत्र २४ गते । हरीवन चेम्बर अफ कमर्सको ब्यबसायिक भवन बन्ने भएको छ । हरिवन नगरपालीका क..
1 महीना पहिले
जनकपुर क्षेत्रमा अजेत दुई किसमको परिक्रमा हुँदै
कमल साहजनकपुरधाम,फागुन १७ गते । प्राचिन मिथिलाका राजधानी जनकपुरधाम क्षेत्रमा अचेल दुई किसिमका परिक्रामा भई रहे..
2 महीना पहिले
साधुसन्त तथा तीर्थयात्रीहरुका लागि हेल्प डेस्क सञ्चालन
मिथिला जागरण समाचारदाताजनकपुरधाम, फागुन ६ गते । मिथिला मध्यमा परिक्रमा अवसरमा “मानव महाकुण्ड” सेवा शिविर सञ..
3 महीना पहिले
शिक्षाबिद् अमरेन्द्र झा नेकपा (एमाले) परित्याग गरि रास्व..
धिरेश दत्तजनकपुरधाम माघ २२ गते । मधेश प्रदेशको राजधानी जनकपुरधाम लगायत धनुषा क्षेत्र नं. ३ मा प्रतिनिधिसभा सदस्य..
3 महीना पहिले
संवाददाता
