पूर्व प्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका केन्द्रीय अध्यक्ष माधव कुमार नेपाल सर्लाहीमा

सन्जु कर्ण, सर्लाही,
सर्लाही, कार्तिक ८ गते । दुई दिन विभिन्न कार्यक्रममा सहभागी हुने गरी पूर्व प्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका केन्द्रीय अध्यक्ष माधव कुमार नेपाल सर्लाही आउने भएपछि कार्यकर्ताहरु तयारीमा व्यस्त छन । अध्यक्ष नेपाल भोली विहान ९ बजे रौतहट हुदै सर्लाही आउने कार्यक्रम छ । नेपाललाई सर्लाहीको वागमती पुल नजिक स्वागत गरिने जिल्ला अध्यक्ष सुरेन्द्र लामाले वताउनुभयो ।
वागमतीमा मोटरसाईकलमा जाने कार्यकर्ताको समुहले स्वागत गर्ने र त्यसपछि उहाँ हरिपुरमा नगर प्रमुख जमरुद्दीन मन्सुरका भाई एवं छोराको वैवाहिक भोजमा सहभागी हुने कार्यक्रम छ । त्यसैदिन दिउसो १ बजे हरिवन नगरपालिका वार्ड नम्वर ५ को कार्यालय भवन अध्यक्ष नेपालले उद्घाटन गर्ने पार्टीका हरिवन अध्यक्ष चूडामणि वाग्लेले जानकारी दिनुभयो । साझ उहाँले हरिवन नगपालिका वार्ड नम्वर ५ मा रहेको द्धन्द्धपीडित वालगृहका वालवालिकासँग अन्तरक्रिया गर्नु हुनेछ ।
वाग्लेका अनुसार पर्सी विहान हरिवनमा अध्यक्ष नेपालको उपस्थितीमा पत्रकार भेटघाट कार्यक्रम हुनेछ । त्यसदिन विहान १० बजे लालवन्दी नगरपालिका वार्ड नम्वर ५ मा प्रदेश सभा सदस्य वेची लुंगेलीको संसदीय विकास कोषवाट वनेको महिला संरक्षण गृहको उहाले उद्घाटन गर्नु हुनेछ । मुख्य कार्यक्रम पनि पर्सी विहान ११ वजे लालवन्दी नगरपालिकाको वार्ड नम्वर १५ र १६ मा पर्ने वोहरेडाडामा राखिएको छ ।
परवानीपुरको वोहोरे डाडामा उहाले नेपाल कम्युनिष्ट पार्टीका सस्थापक महासचिव पुष्पलालको सालिक अनावरण, प्रदेश स्तरीय पुष्पलाल पार्कको उद्घाटन र नेकपा एकीकृत समाजवादीको सर्लाही जिल्ला कमिटी घोषणा गर्ने कार्यक्रम छ । नेकपा एकीकृत समाजवादी र पुष्पलाल स्मृति प्रतिष्ठान आयोजक रहेको उक्त कार्यक्रमलाई सफल पार्न अहिले विभिन्न उपसमिती ले काम गरिरहेका पार्टीले जनाएको छ ।
लालवन्दीको वोहोरे डाडामा हुने कार्यक्रममा जिल्लाभरका कार्यकर्ताको ठुलो समुह उतार्ने तयारी नेकपा एकिकृत समाजवादीले गरिरहेको छ । उक्त कार्यक्रमलाई सम्वोधन गरेर अध्यक्ष नेपाल सर्लाहीवाट रौतहट तर्फ प्रस्थान गर्ने वाग्लेले जानकारी दिनुभयो ।
कमेन्ट गर्नुहोस्

जनकपुरधाम उपमहानगरले अब गुठीबाट मालपोत उठाउने अधिकार ..
कमल साहजनकपुरधाम,असार २२ गते । जनकपुरधाम उपमहानगरले पालिका भित्रका गुठी रैतानी जमिनको मालपोत दस्तुर उठाउने छ ।&nbs..
9 दिन पहिले
नापतौल सम्बन्धी जनचेतनामुलक कार्यक्रम सम्पन्न
सन्जु कर्ण, सर्लाही, सर्लाही, असाढ २२ गते । हरिवनमा नापतौल सम्बन्धी जनचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ । गुण..
9 दिन पहिले
गुठी कार्यालय झण्डै तीस वर्षको चिरनिन्द्रबाट बिउझदा बे..
कमल साह जनकपुरधाम, असार १० गते । नापी कार्यालय धनुषा र गुठी संस्थान कार्यालय जनकपुरको कमि कमजोरीले आज बेला गाउँका ..
20 दिन पहिले
जनकपुरमा कलाकार अंशा सदाको रहस्यमय मृत्यु ः आत्महत्या क..
मिथिला जागरण समाचारदाताजनकपुरधाम, असाढ १० गते । कलाकारिता क्षेत्रमा चर्चित जोडी ‘कलकतियावाली’ उर्फ अविनाश झ..
20 दिन पहिले
नेपाल बैंक र नैन्सी अर्टोमोवाईल बिच सम्झौता– सुजुकी गाड..
मिथिला जागरण समाचारदाता काठमाडौं, असाढ १० गते । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरु र सो..
21 दिन पहिले
संवाददाता
संवाददाता

