+977 9854027065 | akulpdsah@gmail.com

संघको एकात्मक सोंचलाई तोडेर जनता आफ्नो अधिकार लिएर छोडछन– मन्त्री साह

4 वर्ष पहिले प्रकाशित

Akul Prasad Sah

935 Views

कमल साह, जनकपुरधाम
जनकपुरधाम, कार्तिक १० गते । मुलुकमा संघीयता आएपनि संघले बजेट बाँडफाँड गर्दा एकात्मक प्रणालीलाई बढाउँदैलाई जनताले तोडने छन ।
उक्त विचार प्रदेश २ का सामाजिक विकासमन्त्री नवलकिशोर साहले स्वास्थ्य निर्देशनालय जनकपुरधामद्वारा आयोजना गरिएको प्रदेशस्तरीय वार्षिक समीक्षा गोष्ठी मा राख्नुभयो ।
आर्थिक वर्ष २०७७÷७८ मा सम्पादित स्वास्थ्य कार्यक्रमहरूको प्रदेशस्तरीय वार्षिक समीक्षा गोष्ठी को उद्घाटन समारोहमा मंत्री साह ले संघीयताको भावना अनुसार संघ सरकारले प्रदेश सरकारलाई बजेट दिनमा भेदभाव गर्दै आएको आरोप लगाउनु भयो ।
सो समारोहका प्रमुख अतिथी मंत्री साह ले संघ सरकारले ३५ लाख जनसंख्या भएको प्रदेशलाई दिईदै आएको बजेट जति नै ११ लाख जनसंख्या भएको प्रदेशलाई दिई एकात्मक सत्ता व्यवस्थाको नीति आलम्बन भईरहेको आरोप लागाउनु भयो ।
तीनदिनसम्म चल्ने वार्षिक समीक्षा गोष्ठीको आरम्भमा उहाँले संघले कुल बजेटको १५ प्रतिशत मात्र प्रदेशहरूलाई दिने गरेको जानकारी गराउनु भयो ।
अन्तमा उहाँले प्रदेशहरूबाट कर लिने, तर प्रयाप्त बजेट नदिने संघ सरकारको गलत नीति बिरुद्ध जनता आन्दोलित भई आफ्नो अधिकार लिएर छाडने बताउनु भयो ।
आजदेखि आरम्भ भएको प्रदेशस्तरीय वार्षिक समीक्षा गोष्ठी शुक्रबार चल्नेछन । त्यस समारोहमा प्रदेश २ का आठवटै जिल्लाका स्वास्थ्य संस्थका प्रमुख तथा कर्मचारीहरु सहभागि भएका छन ।
सो वार्षिक समीक्षा गोष्ठीको उद्घाटन समारोहमा प्रदेश २ का नीति तथा योजना आयोगका उपाध्यक्ष डाक्टर भोगेन्द्र झा ले नेपालमा नामका लागि मात्र संघीयता रहेको बताउनु भयो । उहाँले संघीयताको न्यूनतम सिद्धान्तलाई संघ सरकारले व्यवहारमा लागू गर्न नसकेको तर्क राख्नुभयो । सहकार्य, सहअस्तित्व र समन्वय भन्ने कुरा संविधानमा लेखिए पनि कहिल्यै व्यवहारमा नदेखिएको उहाँले गुनासो गर्नुभयो ।
उक्त समारोहमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डाक्टर रोशन पोखरेलले स्वास्थ्यसम्बन्धी योजना तथा कार्यक्रमहरूमा ढिलासुस्ती नगर्न प्रदेश २ सरकारलाई सचेत गराउनुभयो । बजेट फ्रिज हुने परिपाटीको अन्त्य गर्न उहाँले आग्रह समेत गर्नुभयो ।
केन्द्रिय सचिव डाक्टर पोखरेलले हरेक कुरामा संघ सरकारको मात्र मुख ताक्ने प्रबृति प्रदेश सरकारले त्याग्नुपर्ने बताउनुभयो । उहाँले सबै आवश्यकता संघले नै पूरा गर्ने हो, भने प्रदेश सरकारकोे काम के रहेको प्रश्नसमेत गर्नुभयो । उहाँले स्थानीय तह, प्रदेश र संघ सरकारबीच समन्वय हुनुपर्ने पनि बताउनुभएको थियो ।
प्रदेश २ स्वास्थ्य निर्देशनालयका निर्देशक विजय कुमार झाले सो गोष्ठीको अध्यक्षतागर्दै आर्थिक २०७७÷७८ मा भएको प्रदेश २ को स्वास्थ्य क्षेत्रका हासिल मुख्य उपलब्धिहरूबारे जानकारी गरानुभयो । उहाँले प्रस्तुत गर्नुभएको उपलब्धिमा मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान सञ्चालनमा आएको, ५० बेडको प्रादेशिक सरुवा रोग अस्पताल निर्माणधीन रहेको, आठ वटै जिल्लामा पीसीआर ल्याब सञ्चालनमा आएको, प्रदेशस्तरमा कोल्ड रुम भवनको निर्माण भएको, प्रदेशस्तरीय कोभिड विशेष अस्पताल सञ्चालनमा आएकोलगायतका बताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

जनकपुरधाम उपमहानगरले अब गुठीबाट मालपोत उठाउने अधिकार ..

कमल साहजनकपुरधाम,असार २२ गते । जनकपुरधाम उपमहानगरले पालिका भित्रका गुठी रैतानी जमिनको मालपोत दस्तुर उठाउने छ ।&nbs..

9 दिन पहिले

नापतौल सम्बन्धी जनचेतनामुलक कार्यक्रम सम्पन्न

सन्जु कर्ण, सर्लाही, सर्लाही, असाढ २२ गते । हरिवनमा नापतौल सम्बन्धी जनचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ । गुण..

9 दिन पहिले

गुठी कार्यालय झण्डै तीस वर्षको चिरनिन्द्रबाट बिउझदा बे..

कमल साह जनकपुरधाम, असार १० गते । नापी कार्यालय धनुषा र गुठी संस्थान कार्यालय जनकपुरको कमि कमजोरीले आज बेला गाउँका ..

20 दिन पहिले

जनकपुरमा कलाकार अंशा सदाको रहस्यमय मृत्यु ः आत्महत्या क..

मिथिला जागरण समाचारदाताजनकपुरधाम, असाढ १० गते । कलाकारिता क्षेत्रमा चर्चित जोडी ‘कलकतियावाली’ उर्फ अविनाश झ..

21 दिन पहिले

नेपाल बैंक र नैन्सी अर्टोमोवाईल बिच सम्झौता– सुजुकी गाड..

मिथिला जागरण समाचारदाता काठमाडौं, असाढ १० गते । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरु र सो..

21 दिन पहिले