ब्लड बैंक स्थापनाको उदघोष लगतै पाँच लाख

कमल साह
जनकपुरधाम,मंसिर ३ गते । लायन्स क्लब इन्टरनेशनल नेपालले बल्ड बैंकको लागि संस्थापक सदस्य बन्न घोषणा भएको लगतै पाँच लाखको प्रतिवद्धता आएको छ ।
लायन्स कल्ब इन्टर नेशनल नेपालका चार वटा शाखाद्वारा संयुक्तरुपमा आयाजित २०२१–०२२ को पदस्थापन समारोहमा जनकपुरमा बल्ड बैंक स्थापना हुनमा सहयोग गर्न उदघोष भएको ५–७ मिनेटमा नै पाँच लाखको प्रतिबद्धता आएको छ ।
लायन्स ब्लड बंैकका अध्यक्ष रुद्रहरी ज्ञवालीले सो सदस्यता वितरण तथा पदस्थापन समारोहमा शुभकामना मन्तव्य राख्दै संघीय राजधानी काठमाण्डौ बाहिर पहिलो पल्ट जनकपुरधाममा ब्लड बैंक स्थापना गर्न हामी खोजिरहेको विचार राख्नुभयो । उहाँले उक्त ब्लड बैंक को संस्थापक सदस्य बन्न हुन २५ हजार रकम दिनुपर्ने विचार राख्दै थप्नुभयो – यदि कोही संस्थापक सदस्य बन्ने इच्छा राख्नु हुन्छ भने सम्पर्क गर्नुहोला ।
ब्लड बैंकका अध्यक्ष ज्ञवालीको बिचार सकिएको लगतै कार्यक्रममा सहभागि रहनु भएका गैर लायन र लायनहरुले देखाउनु भएको उत्साहबाट ५ लाख रकम संकलने भएको देखिएको छ ।
लायन्स क्लब अफ जनकपुरधाम जानकीका पूर्व अध्यक्ष लक्ष्मिनारायण साह का अनुसार यहाँ ब्लड बैंक स्थापनाको लागि एक सय जना संस्थापक सदस्यको खोजी भईरहेको छ । एक सय जना संस्थापक सदस्य पुगेको लगतै यहाँ ब्लड बैंक संचालन हुनेछ ।
ब्लड बैंकको संस्थापक सदस्य हुनको लागि २५ हजार रकम तिर्नुपर्ने व्यवस्था रहेको छ ।
त्यस ब्लड बैंकको संस्थापक सदस्य बन्न गैर लायन र लायनबाट २० जनाले इच्छा जाहेर गरिसकेका छन । गैर लायनबाट निर्मल कुमार चौधरी र लायनबाट अरुण साह,डा.सोनु साह, गौतम सरार्रफ,संजय साह, जितेन्द्र महासेठ ,डा. राजेश साह,डा.निमु यादव लगायतका छन ।
लायन्स क्लब अफ जनकपुरधाम जानकीका अध्यक्ष संजय साह को अध्यक्षतामा आरम्भ भएको पदस्थापन समारोहमा यहाँ संचालित चार वटै संस्थाका नवनिर्वाचित अध्यक्षहरुले आ–आफ्नो लक्ष्य राख्नु भयो । विहिवार आयोजित पदस्थापन समारोहमा लायन्स क्लब अफ जनकपुरधाम का अध्यक्ष राजिब चौधरी, लायन्स क्लब अफ जनकपुरधाम जानकी का अध्यक्ष संजय साह,लायन्स क्लब अफ जनकपुरधाम आस्थाका अध्यक्ष डा. निमु यादव र लायन्स क्लब अफ जनकपुरधाम राजधानीका जितेन्द्र कुमार महासेठले एक वर्ष भित्रमा गर्ने कामहरुको लक्ष्य राख्नु भयो ।
उक्त समारोहमा चार वटै समुहमा झण्डै दुई दर्जन नया सदस्यहरु प्रवेश भएका छन । सो समारोहका विशिष्ट अतिथी लायन्स क्लब इन्टरनेशनल नेपाल ३२५ का डिष्ट्रीक अध्यक्ष केशव पाण्डेय ले नव प्रवेशी सदस्यहरुलाई पिन दिई स्वागत गर्नुभयो ।
राजर्षि जनक विश्व विद्यालयका भ्वाईस चान्सलर डा भरत झाको प्रमुख आतिथ्यमा आरम्भ भएको सदस्यता प्रवेश तथा पदस्थापन समारोहमा प्रदेश सभा सदस्य , प्रमेश्वर साह, प्रदेश सभा सदस्य तथा पूर्व मंत्री सुरिता साह, मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानका भ्वाईस चान्सलर डा. रामकेवल साह, डा. विजय कुमार सिंह, उत्तम झा, दिनेश श्रेष्ठ,शंभु घिमिरे लगायतले शुभकामना मन्तव्य राख्नु भयो ।
सो समारोहमा लायन्स क्लबका सदस्यता ग्रहण गरिदै ४४ वर्षमा रहनु भएको उद्योगपति कौशल किशोर सरार्राफ लाई सम्मान गरियो । लायन्स क्लब अफ जनकपुरधाम यहाको सबै भन्दा पुरानो शाखा रहेको छ । यस शाखाको स्थापना भएको ४४ वर्ष भईसके छ । त्यस शाखाका स्थापनाकालदेखि एक जना मात्र सदस्य कौशल किशोर शरार्रफ जिवित रहेका छन ।
नेपालमा लायन्स क्लबको इतिहास हेर्दा सर्व प्रथम विराटनगरमा स्थापना भएको थियो । लायन्स क्लबको स्थापना रोलक्रममा जनकपुरधाम शाखा पाँचौ रहेको छ ।
कमेन्ट गर्नुहोस्

जनकपुरधाम उपमहानगरले अब गुठीबाट मालपोत उठाउने अधिकार ..
कमल साहजनकपुरधाम,असार २२ गते । जनकपुरधाम उपमहानगरले पालिका भित्रका गुठी रैतानी जमिनको मालपोत दस्तुर उठाउने छ ।&nbs..
9 दिन पहिले
नापतौल सम्बन्धी जनचेतनामुलक कार्यक्रम सम्पन्न
सन्जु कर्ण, सर्लाही, सर्लाही, असाढ २२ गते । हरिवनमा नापतौल सम्बन्धी जनचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ । गुण..
9 दिन पहिले
गुठी कार्यालय झण्डै तीस वर्षको चिरनिन्द्रबाट बिउझदा बे..
कमल साह जनकपुरधाम, असार १० गते । नापी कार्यालय धनुषा र गुठी संस्थान कार्यालय जनकपुरको कमि कमजोरीले आज बेला गाउँका ..
20 दिन पहिले
जनकपुरमा कलाकार अंशा सदाको रहस्यमय मृत्यु ः आत्महत्या क..
मिथिला जागरण समाचारदाताजनकपुरधाम, असाढ १० गते । कलाकारिता क्षेत्रमा चर्चित जोडी ‘कलकतियावाली’ उर्फ अविनाश झ..
20 दिन पहिले
नेपाल बैंक र नैन्सी अर्टोमोवाईल बिच सम्झौता– सुजुकी गाड..
मिथिला जागरण समाचारदाता काठमाडौं, असाढ १० गते । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरु र सो..
21 दिन पहिले
संवाददाता
संवाददाता

