+977 9854027065 | akulpdsah@gmail.com

गोपाल गिरी पत्रकारिता पुरस्कारका लागि छनौट भएको नाम बदर माग

4 वर्ष पहिले प्रकाशित

Akul Prasad Sah

829 Views

रंजित चौरसिया, वीरगंज,
वीरगंज पुस २१ गते । स्व. गोपाल गिरीको स्मृतिमा स्थापना भएको गोपाल गिरी कृयाशिल पत्रकारिता पुरस्कार वितरणका लागि छनौट भएको नाम प्रति बिमती जनाउँदै पर्साका चार पत्रकार सम्बद संगठनले निर्णय बदरको माग गरेको छ ।
प्रेस युनियन पर्सा,प्रेस सेण्टर पर्सा,समाजवादी प्रेस संगठन पर्सा तथा राष्ट्रिय दलित पत्रकार संघ पर्साले सयुक्त प्रेस बिज्ञप्ती जारी गर्दै पत्रकार महासंघले गरेको निर्णय तत्काल सच्याउन माग गरेको छ । पत्रकार महासंघको कार्य समितिमा रहेका सदस्यहरुले बिरोध गरि रहदा समेत बहुमतको दम्भ देखाएर महासंघ जस्तो साझा संस्थालाई प्रेस चौतारीकरण गर्न खाजेको तथा महासंघले निर्माण गरेको बिभिन्न समिति तथा उपसमितिहरुमा समेत अल्पमतमा रहेका पत्रकारहरुलाई पाका लगाउँदै पर्सेली पत्रकारहरुको मानमर्दन गर्न खाजेको बिज्ञप्तीमा उल्लेख गरिएको छ ।
नेपाल पत्रकार महासंघ पर्साको पछिल्लो बैठकले गठन गरेका बिभिन्न समिति तथा उप–समितिहरुमा सबै आस्थाका पत्रकारहरुलाई समेटनु पर्नेमा त्यसो नगरिएकाले त्यो कदम सच्याउन बिज्ञप्ती मार्फत चार संगठनले जोडदार माग गरेको छ । त्यसै गरी पुरस्कार बितरणमा पनि मापदण्ड बनाई आवश्यक छलफल तथा छनौट समिति निर्माण गरी पुरानो निर्णयलाई बदर गरी पुनः नयाँ निर्णय गर्न समेत बिज्ञप्ती मार्फत माग गरिएको छ ।
प्रेस यूनियन पर्साका अध्यक्ष रामनारायण कुर्मी,प्रेस सेण्टर पर्साका अध्यक्ष दिपक गौतम,समाजवादी प्रेस संगठन पर्साका अध्यक्ष मनोज पटेल तथा राष्ट्रि दलित पत्रकार संघ पर्साका अध्यक्ष श्याम पासवान द्वारा हस्ताक्षरित बिज्ञप्तीमा नेपाल पत्रकार महासंघ पर्साले बिधि पद्धती नअपनाए तथा मागहरु प्रति बेवास्ता गरे कडा प्रतिवादमा उत्रिन चेतावनी समेत दिएको छ ।
नेपाल पत्रकार महासंघ पर्साको पछिल्लो बैठकले २०७७ र २०७८ सालको स्व. गोपाल गिरी कृयाशिल पत्रकारिता पुरस्कारको लागि प्रेस चौतारीका प्रताप श्रेष्ठ र तुलसी भण्डारीलाई प्रदान गर्ने निर्णय गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

जनकपुरधाम उपमहानगरले अब गुठीबाट मालपोत उठाउने अधिकार ..

कमल साहजनकपुरधाम,असार २२ गते । जनकपुरधाम उपमहानगरले पालिका भित्रका गुठी रैतानी जमिनको मालपोत दस्तुर उठाउने छ ।&nbs..

9 दिन पहिले

नापतौल सम्बन्धी जनचेतनामुलक कार्यक्रम सम्पन्न

सन्जु कर्ण, सर्लाही, सर्लाही, असाढ २२ गते । हरिवनमा नापतौल सम्बन्धी जनचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ । गुण..

9 दिन पहिले

गुठी कार्यालय झण्डै तीस वर्षको चिरनिन्द्रबाट बिउझदा बे..

कमल साह जनकपुरधाम, असार १० गते । नापी कार्यालय धनुषा र गुठी संस्थान कार्यालय जनकपुरको कमि कमजोरीले आज बेला गाउँका ..

20 दिन पहिले

जनकपुरमा कलाकार अंशा सदाको रहस्यमय मृत्यु ः आत्महत्या क..

मिथिला जागरण समाचारदाताजनकपुरधाम, असाढ १० गते । कलाकारिता क्षेत्रमा चर्चित जोडी ‘कलकतियावाली’ उर्फ अविनाश झ..

20 दिन पहिले

नेपाल बैंक र नैन्सी अर्टोमोवाईल बिच सम्झौता– सुजुकी गाड..

मिथिला जागरण समाचारदाता काठमाडौं, असाढ १० गते । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरु र सो..

21 दिन पहिले