गोपाल गिरी पत्रकारिता पुरस्कारका लागि छनौट भएको नाम बदर माग
रंजित चौरसिया, वीरगंज,
वीरगंज पुस २१ गते । स्व. गोपाल गिरीको स्मृतिमा स्थापना भएको गोपाल गिरी कृयाशिल पत्रकारिता पुरस्कार वितरणका लागि छनौट भएको नाम प्रति बिमती जनाउँदै पर्साका चार पत्रकार सम्बद संगठनले निर्णय बदरको माग गरेको छ ।
प्रेस युनियन पर्सा,प्रेस सेण्टर पर्सा,समाजवादी प्रेस संगठन पर्सा तथा राष्ट्रिय दलित पत्रकार संघ पर्साले सयुक्त प्रेस बिज्ञप्ती जारी गर्दै पत्रकार महासंघले गरेको निर्णय तत्काल सच्याउन माग गरेको छ । पत्रकार महासंघको कार्य समितिमा रहेका सदस्यहरुले बिरोध गरि रहदा समेत बहुमतको दम्भ देखाएर महासंघ जस्तो साझा संस्थालाई प्रेस चौतारीकरण गर्न खाजेको तथा महासंघले निर्माण गरेको बिभिन्न समिति तथा उपसमितिहरुमा समेत अल्पमतमा रहेका पत्रकारहरुलाई पाका लगाउँदै पर्सेली पत्रकारहरुको मानमर्दन गर्न खाजेको बिज्ञप्तीमा उल्लेख गरिएको छ ।
नेपाल पत्रकार महासंघ पर्साको पछिल्लो बैठकले गठन गरेका बिभिन्न समिति तथा उप–समितिहरुमा सबै आस्थाका पत्रकारहरुलाई समेटनु पर्नेमा त्यसो नगरिएकाले त्यो कदम सच्याउन बिज्ञप्ती मार्फत चार संगठनले जोडदार माग गरेको छ । त्यसै गरी पुरस्कार बितरणमा पनि मापदण्ड बनाई आवश्यक छलफल तथा छनौट समिति निर्माण गरी पुरानो निर्णयलाई बदर गरी पुनः नयाँ निर्णय गर्न समेत बिज्ञप्ती मार्फत माग गरिएको छ ।
प्रेस यूनियन पर्साका अध्यक्ष रामनारायण कुर्मी,प्रेस सेण्टर पर्साका अध्यक्ष दिपक गौतम,समाजवादी प्रेस संगठन पर्साका अध्यक्ष मनोज पटेल तथा राष्ट्रि दलित पत्रकार संघ पर्साका अध्यक्ष श्याम पासवान द्वारा हस्ताक्षरित बिज्ञप्तीमा नेपाल पत्रकार महासंघ पर्साले बिधि पद्धती नअपनाए तथा मागहरु प्रति बेवास्ता गरे कडा प्रतिवादमा उत्रिन चेतावनी समेत दिएको छ ।
नेपाल पत्रकार महासंघ पर्साको पछिल्लो बैठकले २०७७ र २०७८ सालको स्व. गोपाल गिरी कृयाशिल पत्रकारिता पुरस्कारको लागि प्रेस चौतारीका प्रताप श्रेष्ठ र तुलसी भण्डारीलाई प्रदान गर्ने निर्णय गरेको थियो ।
कमेन्ट गर्नुहोस्
निर्माण व्यावसायीले ‘काम होलिडे’ गर्ने
कमल साह, जनकपुरधामजनकपुरधाम, बैशाख १४ गते । नेपालमा इन्धनमा दिनानुदिन मुल्य बृद्धि हुँदै आएकोलाई थेग्न नसक्ने भए..
13 दिन पहिले
नेपाल चेम्बर अफ कमर्स, हरीवनको ब्यबसायिक भवन बन्ने
सन्जु कर्ण, सर्लाही, सर्लाही, चैत्र २४ गते । हरीवन चेम्बर अफ कमर्सको ब्यबसायिक भवन बन्ने भएको छ । हरिवन नगरपालीका क..
1 महीना पहिले
जनकपुर क्षेत्रमा अजेत दुई किसमको परिक्रमा हुँदै
कमल साहजनकपुरधाम,फागुन १७ गते । प्राचिन मिथिलाका राजधानी जनकपुरधाम क्षेत्रमा अचेल दुई किसिमका परिक्रामा भई रहे..
2 महीना पहिले
साधुसन्त तथा तीर्थयात्रीहरुका लागि हेल्प डेस्क सञ्चालन
मिथिला जागरण समाचारदाताजनकपुरधाम, फागुन ६ गते । मिथिला मध्यमा परिक्रमा अवसरमा “मानव महाकुण्ड” सेवा शिविर सञ..
3 महीना पहिले
शिक्षाबिद् अमरेन्द्र झा नेकपा (एमाले) परित्याग गरि रास्व..
धिरेश दत्तजनकपुरधाम माघ २२ गते । मधेश प्रदेशको राजधानी जनकपुरधाम लगायत धनुषा क्षेत्र नं. ३ मा प्रतिनिधिसभा सदस्य..
3 महीना पहिले
संवाददाता
