सेवा वचत सहकारीको १२ औं साधारण सभा सम्पन्न
कमल साह, जनकपुरधाम
जनकपुरधाम, पुस २८ गते । सेवा बचत तथा ऋण सहकारी संस्था लि.को १२ औं साधारण सभा सम्पन्न भएको छ ।
सेवा बचत तथा ऋण सहकारीका अध्यक्ष विन्देश्वर साह को सभापतित्वमा आरम्भ भएको साधारण सभामा वार्षिक गतिविधिसंगै प्रतिवेदन सचिव कमल साह ले प्रस्तुत गर्नुभयो ।
उहाँले गत आ.ब. नोबेल कोरोनाले हरेक क्षेत्रलाई प्रभावित पारेको थियो, त्यसको प्रभाव यस सेवा बचत सहकारीमा पनि पर्न गएको बताउनु भयो ।
यहाँका मिल्स एरिया स्थित श्री धर्म संस्थामा आयोजित १२ औं साधारण सभामा शुभकामना मन्तव्य राख्दै पूर्व उपाध्यक्ष विनोद साह ले बचत दुई किसिमबाट हुन्छ बताउँदै अगाडी थप्नु भयो– भएको आम्दानीबाट खर्च कटाएको एक थरी हो । तर, त्यो भन्दा अवल मानिन्छ, आएको आम्दानीबाट केही रकम बचत गरेपछि अन्य खर्च चलाउने कार्य हो ।
उहाँले पहिलाका आईमाईहरुले मुठीया चाबल निकाल्नु गरेको झैं दोश्रो किसिमको बचत रहेको बताउँदै यसरी सबै महिला सेयरहरुले रकम बचत गर्न सल्लाह दिनुभयो ।
सो कार्यक्रममा पूर्व अध्यक्ष एवं विनोद दास ले महिला समुहमा लाग्नु भएको महिला हरुलाई सम्बोधन गर्दै राम्रो काम गर्नुस्,राम्रो सोंच राख्नुस र आफ्ना सन्ततिलाई पठन पाठनको लागि प्रेरित गर्दै रहनुस् भनि सल्लाह दिनुभयो ।
उहाँले सहकारीबाट लिएको ऋण समयमा बुझाउँदै गर्दा तपाईको संस्था असल ठहरिदा पुरस्कृत हुने बताउनुभयो ।
सो कार्यक्रममा सेवा बचतका कोषाध्यक्ष सुनिता कुमारी जयसवालले आयव्यय प्रस्तुत गर्नुभयो । सहकारी फलोस् फुलोस भनि शुभ कामना मन्तव्य राख्नेहरुमा श्याम बाबु साह,लेखा उपसमितिका संयोजक जोगेन्द्र साह लगायका छन ।
सेवा बचत सहकारी संस्था २५ जना सदस्यबाट ३०–३० हजारका दरले रकम जम्मा गरेर संचालनमा ल्याएको थियो । संस्थाका दक्ष संचालक र व्यवस्थापकको सुझबुझबाट आजका दिनमा झण्डै साढे तीन कारोडको कारोबार गर्दै आएको जनाएको छ ।
कमेन्ट गर्नुहोस्
निर्माण व्यावसायीले ‘काम होलिडे’ गर्ने
कमल साह, जनकपुरधामजनकपुरधाम, बैशाख १४ गते । नेपालमा इन्धनमा दिनानुदिन मुल्य बृद्धि हुँदै आएकोलाई थेग्न नसक्ने भए..
13 दिन पहिले
नेपाल चेम्बर अफ कमर्स, हरीवनको ब्यबसायिक भवन बन्ने
सन्जु कर्ण, सर्लाही, सर्लाही, चैत्र २४ गते । हरीवन चेम्बर अफ कमर्सको ब्यबसायिक भवन बन्ने भएको छ । हरिवन नगरपालीका क..
1 महीना पहिले
जनकपुर क्षेत्रमा अजेत दुई किसमको परिक्रमा हुँदै
कमल साहजनकपुरधाम,फागुन १७ गते । प्राचिन मिथिलाका राजधानी जनकपुरधाम क्षेत्रमा अचेल दुई किसिमका परिक्रामा भई रहे..
2 महीना पहिले
साधुसन्त तथा तीर्थयात्रीहरुका लागि हेल्प डेस्क सञ्चालन
मिथिला जागरण समाचारदाताजनकपुरधाम, फागुन ६ गते । मिथिला मध्यमा परिक्रमा अवसरमा “मानव महाकुण्ड” सेवा शिविर सञ..
3 महीना पहिले
शिक्षाबिद् अमरेन्द्र झा नेकपा (एमाले) परित्याग गरि रास्व..
धिरेश दत्तजनकपुरधाम माघ २२ गते । मधेश प्रदेशको राजधानी जनकपुरधाम लगायत धनुषा क्षेत्र नं. ३ मा प्रतिनिधिसभा सदस्य..
3 महीना पहिले
संवाददाता
