+977 9854027065 | akulpdsah@gmail.com

सेवा वचत सहकारीको १२ औं साधारण सभा सम्पन्न

4 वर्ष पहिले प्रकाशित

Akul Prasad Sah

779 Views

कमल साह, जनकपुरधाम
जनकपुरधाम, पुस २८ गते । सेवा बचत तथा ऋण सहकारी संस्था लि.को १२ औं साधारण सभा सम्पन्न भएको छ ।
सेवा बचत तथा ऋण सहकारीका अध्यक्ष विन्देश्वर साह को सभापतित्वमा आरम्भ भएको साधारण सभामा वार्षिक गतिविधिसंगै प्रतिवेदन सचिव कमल साह ले प्रस्तुत गर्नुभयो ।
उहाँले गत आ.ब. नोबेल कोरोनाले हरेक क्षेत्रलाई प्रभावित पारेको थियो, त्यसको प्रभाव यस सेवा बचत सहकारीमा पनि पर्न गएको बताउनु भयो ।
यहाँका मिल्स एरिया स्थित श्री धर्म संस्थामा आयोजित १२ औं साधारण सभामा शुभकामना मन्तव्य राख्दै पूर्व उपाध्यक्ष विनोद साह ले बचत दुई किसिमबाट हुन्छ बताउँदै अगाडी थप्नु भयो– भएको आम्दानीबाट खर्च कटाएको एक थरी हो । तर, त्यो भन्दा अवल मानिन्छ, आएको आम्दानीबाट केही रकम बचत गरेपछि अन्य खर्च चलाउने कार्य हो ।
उहाँले पहिलाका आईमाईहरुले मुठीया चाबल निकाल्नु गरेको झैं दोश्रो किसिमको बचत रहेको बताउँदै यसरी सबै महिला सेयरहरुले रकम बचत गर्न सल्लाह दिनुभयो ।
सो कार्यक्रममा पूर्व अध्यक्ष एवं विनोद दास ले महिला समुहमा लाग्नु भएको महिला हरुलाई सम्बोधन गर्दै राम्रो काम गर्नुस्,राम्रो सोंच राख्नुस र आफ्ना सन्ततिलाई पठन पाठनको लागि प्रेरित गर्दै रहनुस् भनि सल्लाह दिनुभयो ।
उहाँले सहकारीबाट लिएको ऋण समयमा बुझाउँदै गर्दा तपाईको संस्था असल ठहरिदा पुरस्कृत हुने बताउनुभयो ।
सो कार्यक्रममा सेवा बचतका कोषाध्यक्ष सुनिता कुमारी जयसवालले आयव्यय प्रस्तुत गर्नुभयो । सहकारी फलोस् फुलोस भनि शुभ कामना मन्तव्य राख्नेहरुमा श्याम बाबु साह,लेखा उपसमितिका संयोजक जोगेन्द्र साह लगायका छन ।
सेवा बचत सहकारी संस्था २५ जना सदस्यबाट ३०–३० हजारका दरले रकम जम्मा गरेर संचालनमा ल्याएको थियो । संस्थाका दक्ष संचालक र व्यवस्थापकको सुझबुझबाट आजका दिनमा झण्डै साढे तीन कारोडको कारोबार गर्दै आएको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

जनकपुरधाम उपमहानगरले अब गुठीबाट मालपोत उठाउने अधिकार ..

कमल साहजनकपुरधाम,असार २२ गते । जनकपुरधाम उपमहानगरले पालिका भित्रका गुठी रैतानी जमिनको मालपोत दस्तुर उठाउने छ ।&nbs..

9 दिन पहिले

नापतौल सम्बन्धी जनचेतनामुलक कार्यक्रम सम्पन्न

सन्जु कर्ण, सर्लाही, सर्लाही, असाढ २२ गते । हरिवनमा नापतौल सम्बन्धी जनचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ । गुण..

9 दिन पहिले

गुठी कार्यालय झण्डै तीस वर्षको चिरनिन्द्रबाट बिउझदा बे..

कमल साह जनकपुरधाम, असार १० गते । नापी कार्यालय धनुषा र गुठी संस्थान कार्यालय जनकपुरको कमि कमजोरीले आज बेला गाउँका ..

20 दिन पहिले

जनकपुरमा कलाकार अंशा सदाको रहस्यमय मृत्यु ः आत्महत्या क..

मिथिला जागरण समाचारदाताजनकपुरधाम, असाढ १० गते । कलाकारिता क्षेत्रमा चर्चित जोडी ‘कलकतियावाली’ उर्फ अविनाश झ..

20 दिन पहिले

नेपाल बैंक र नैन्सी अर्टोमोवाईल बिच सम्झौता– सुजुकी गाड..

मिथिला जागरण समाचारदाता काठमाडौं, असाढ १० गते । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरु र सो..

21 दिन पहिले