+977 9854027065 | akulpdsah@gmail.com

कांग्रेस धनुषाको सभापतिका लागि वर्तमान उपसभापति यादवको उम्मेदवारी घोषणा

4 वर्ष पहिले प्रकाशित

Akul Prasad Sah

1436 Views

निरंजन साह, जनकपुरधाम
जनकपुरधाम, माघ २ गते । आगामी माघ १५ गते हुनलागेको धनुषा जिल्ला अधिवेशनमा नेपाली कांग्रेस धनुषाको सभापतिका लागि वर्तमान उपसभापति संतोष यादवले उम्मेदवारी घोषणा गरेका छन् ।
शनिबार पत्रकार सम्मेलनमा उपस्थित नेपाली कंग्रेसका केन्द्रिय उम्मेदवार घोषणा कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रिय सदस्य रमेश रिजाल, आन्द प्रसाद ढुंगाना , सहमहामन्त्री महेन्द्र यादव , प्रदेश अध्यक्ष कृष्णा प्रसाद यादव सहितका नेताहरूले देउवा पक्षबाट संयुक्त रुपमा धनुषा सभापति पदमा सन्तोष कुमार यादवलाई उम्मेदवार घोषणाको छ ।
यादवलाई सभापतिको उम्मेदवार घोषणा गर्दै केन्द्रिय सदस्य रिजालले ‘नेपाली काँग्रेसमाथि आर्थिक, राजनीतिक, सामाजिक र धार्मिक जिम्मेवारी रहेको बताए ।
मुलुकमा आर्थिक क्रान्ति, राजनीतिक विकृति र सामाजिक विकृति हटाउन, धार्मिक विभेद अन्त्य गर्न, अगामी तीन तहको निर्वाचन गराउन जिम्मेवारी हाम्रो काँधमा रहेकोे नेता रिजालले जानकारी गराए।
केन्द्रिय सदस्य रिजालले भने, शेर बहादुर देउवाको काँधमा धेरै जिम्मेवारी रहेको र जिम्मेवारीलाई सघाउन र अगामी तीन तहकै निर्वाचनमा नेपाली काँग्रेका उम्मेदवारलाई जिताउन देउवा पक्षका उम्मेदवारलाई जिताउन सबैमा आग्रह समेत गरेका हुन् ।
त्यस्तै पार्टीका केन्द्रिय सह महामन्त्री महेन्द्र यादवले कार्यक्रम लाई सम्बोधन गर्दै सन्तोष यादवको पार्टी भित्र ठूलो लगानी रहेको र उहाँ २०४६ सालदेखि नै पार्टीमा आबद्ध भई नेपाली जनताको अधिकारका लागि लड्दै आएकोले उहाँलाई नै जिल्ला सभापतिमा निर्वाचित गराउन सबैमा आग्रह गरे ।
नेपाली काँग्रेसको उम्मेदवारलाई जिताउन पार्टीका जिम्मेवार व्यक्तिको काँधमा जिम्मेवारी दिनुपर्छ । त्यसैले धनुषा जिल्ला सभापतिका लागि सन्तोष यादव नै उपयुक्त रहेको दावी गरे।
त्यसैगरी नेपाली काँग्रेसका प्रदेश अध्यक्ष कृष्णा यादवले तीनै तहको निर्वाचनलाई उपलब्धी मूलक बनाउनका लागि देउवा पक्षको उम्मेदवारलाई जिताउन आवश्यक रहेको बताए ।
हाम्रा सामाजमा छुवाछुत, हिंसा, शोषण, दमन यथावत छ । यी सामाजिक विकृति हटाउन नेपाली काँग्रेसको जिम्मेवारी हो । नेपालमा बसोबास गर्ने सबैलाई आ आफ्ना धार्मिक स्वतन्त्रता रहेछ । यी लगायतका समस्याहरुलाई समाधान गर्नका लागि देउवा पक्षको उम्मेदवारलाई जिताउन हाम्रो आग्रह रहेको बताए ।
जिल्ला सभापतिमा सन्तोष यादवको घोषणा पश्चात् सभापतिका उम्मेदवार यादवले आफू सभापतिमा विजयी भएमा अहिलेसम्म नभएको कार्य गरेर देखाउने ठोकुवा गरे।
यसमा नेपाली काँग्रेसको उम्मेदवारी जिताउन आफू राजनीति सबै हथकण्डाहरु अपनाउने छौं ।
उम्मेदवार यादवले भने , आफु जिल्ला लथालिङ्ग को अवस्था रहेको जिल्ला समिति लाई चुस्त दुरुस्त बनाएर सबै जनालाई मिलाएर लियर जाने बताए ।
बैशाख मा हुने स्थानीय निर्वाचन र त्यस पछि संघीय निर्वाचन हुन लागे को त्यसमा सम्पुर्ण जित सुनिश्चित हुने यादवले जानकारी गरए।
हामीले ग्रासरुट बाट राजनीति गरेर आएको र सबै आन्दोलन को अनुभव रहेकोे समेत बताए ।
पार्टीको संगठन विस्तारदेखि तीनै तहको निर्वाचनमा पार्टीको राम्रो परिणाम दिलाउन आफुले उम्मेदवारी दिन लागेको जानकारी गएआए।
कार्यक्रममा सयौंको संख्यामा नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।
मधेश काँग्रेसको उर्वाभुमि हो । मधेशको केन्द्र विन्दु तथा प्रदेश २ को अस्थायी राजधानी जनकपुरधाम नै रहेकोले पनि काँग्रेसका शर्षि नेताहरुको ध्यान धनुषामा केन्द्रित रहेको काँग्रेसका नेताहरुको भनाई छ ।

प्रदेश २ को पहिलो अधिवेशन सम्पन्न भएसंगै देशमा अधिवेशन हुन वाँकी १६ जिल्लाको अधिवेशनको रंग चढेको छ । वाकी रहेको १६ जिल्लामा प्रदेश २ कै सवै आठवटै जिल्लामा अधिवेशन वाँकी छ । यस अघि पुष २७ गते तय भएको जिल्ला अधिवेशन अव माघ १५ गते हुने बुधवार कांग्रेस केन्द्रिय कार्यालयले सर्कुलेशन जारी गरेका हुन्
योभन्दा अघि विमलेन्द्र निधिको समूहबाट क्षीरेश्वरनाथ नगरपालिकाका मेयर योगेन्द्र पंजियार जोगि सभापतिको उम्मेदवार घोषणा गरिसको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

निर्माण व्यावसायीले ‘काम होलिडे’ गर्ने

कमल साह, जनकपुरधामजनकपुरधाम, बैशाख १४ गते । नेपालमा इन्धनमा दिनानुदिन मुल्य बृद्धि हुँदै आएकोलाई थेग्न नसक्ने भए..

13 दिन पहिले

नेपाल चेम्बर अफ कमर्स, हरीवनको ब्यबसायिक भवन बन्ने

सन्जु कर्ण, सर्लाही, सर्लाही, चैत्र २४ गते । हरीवन चेम्बर अफ कमर्सको ब्यबसायिक भवन बन्ने भएको छ । हरिवन नगरपालीका क..

1 महीना पहिले

जनकपुर क्षेत्रमा अजेत दुई किसमको परिक्रमा हुँदै

कमल साहजनकपुरधाम,फागुन १७ गते । प्राचिन मिथिलाका राजधानी जनकपुरधाम क्षेत्रमा अचेल दुई किसिमका परिक्रामा भई रहे..

2 महीना पहिले

साधुसन्त तथा तीर्थयात्रीहरुका लागि हेल्प डेस्क सञ्चालन

मिथिला जागरण समाचारदाताजनकपुरधाम, फागुन ६ गते । मिथिला मध्यमा परिक्रमा अवसरमा “मानव महाकुण्ड” सेवा शिविर सञ..

3 महीना पहिले

शिक्षाबिद् अमरेन्द्र झा नेकपा (एमाले) परित्याग गरि रास्व..

धिरेश दत्तजनकपुरधाम माघ २२ गते । मधेश प्रदेशको राजधानी जनकपुरधाम लगायत धनुषा क्षेत्र नं. ३ मा प्रतिनिधिसभा सदस्य..

3 महीना पहिले