अमार्ट नेपाल सर्लाही साखा लाई भवन बनाउन जग्गा उपलब्ध गराईने
.jpg)
सन्जु कर्ण, सर्लाही,
सर्लाही, माघ २ गते । अमार्ट नेपाल सर्लाही साखा लाई भवन बनाउन जग्गा उपलब्ध गराईने भएको छ । आमर्ट नेपाल सर्लाही साखाले आज (शनिवार) गरेको मिष्ठान्न भोजन तथा न्यानो कपडा बितरण कार्यक्रममा प्रदेस सांसद डिल्लि उप्रेतीले भवनको लागी आफुले सक्दो सहयोग गर्ने र प्रदेश सरकार लाई पनि सहयोग गर्न पहल गर्ने प्रतिबधता ब्यक्त गर्नु भयो । अरु थुप्रै संघ संस्था हरुको आफ्नै भवन बनि सक्दा पनि यस संस्थाको आफ्नै भवन नहुदा आफुलाई खल्लो लागेकोले जसरी पनि यस संस्थाको भवन बनाउनको लागी सहयोग र पहल गर्ने बचन पनि दिनु भएको अमार्ट नेपाल सर्लाही साखाका अध्यक्ष हरि शंकर चौधरीले बताउनु भयो ।
आमर्ट नेपाल (वार्षिक नारायण सेवा) ले माघेसंक्रन्ति को अवसर पारेर आज (शनिवार) मिष्ठान्न भोजन तथा न्यानो कपडा बाँडेको छ । हरिवन ११ मेन चोकमा भएको कार्यक्रममा ३५० जाना अति बिपन्न , असहायहरु लाई मिष्ठान्न भोजन गराई न्यानो कपडा, सारी, कम्बल, सर्ट, पाईन्ट, ज्याकेट लगायतका सामाग्रिहरु बितरण गरिएको थियो ।
यस कार्यक्रमका संयोजक गणेश साहको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला संमन्वय समिती सर्लाहीका सभापति मेथुर चौधरी, विशिष्ठ अतिथी प्रदेश सांसद डिल्लि उप्रेती, हरिवन नगरपालीका वडा नं. ११ वडा अध्यक्ष शेष मेहबुब रेजा, नेकपा एकिकृत समाजवादीका हरिवन नगर अध्यक्ष चुडामणी वाग्ले आमर्ट नेपालका केन्द्रिय अध्यक्ष आचार्य सर्वज्ञानन्द अवधुत लगायतको उपस्थिती रहेको थियो ।
बिगत २५ बर्ष देखी यस्तो कार्यक्रम गर्दै आई रहेको यस संस्थाले बिगतका दिनमा मास्क बितरण, आगलागी पिडीत, बाढी पिडित हरुलाई सहयोग गर्दै आईरहेको अमार्ट नेपाल सर्लाही साखाका सचिव राम प्रित साहले बताउनु भयो ।
कमेन्ट गर्नुहोस्

जनकपुरधाम उपमहानगरले अब गुठीबाट मालपोत उठाउने अधिकार ..
कमल साहजनकपुरधाम,असार २२ गते । जनकपुरधाम उपमहानगरले पालिका भित्रका गुठी रैतानी जमिनको मालपोत दस्तुर उठाउने छ ।&nbs..
9 दिन पहिले
नापतौल सम्बन्धी जनचेतनामुलक कार्यक्रम सम्पन्न
सन्जु कर्ण, सर्लाही, सर्लाही, असाढ २२ गते । हरिवनमा नापतौल सम्बन्धी जनचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ । गुण..
9 दिन पहिले
गुठी कार्यालय झण्डै तीस वर्षको चिरनिन्द्रबाट बिउझदा बे..
कमल साह जनकपुरधाम, असार १० गते । नापी कार्यालय धनुषा र गुठी संस्थान कार्यालय जनकपुरको कमि कमजोरीले आज बेला गाउँका ..
20 दिन पहिले
जनकपुरमा कलाकार अंशा सदाको रहस्यमय मृत्यु ः आत्महत्या क..
मिथिला जागरण समाचारदाताजनकपुरधाम, असाढ १० गते । कलाकारिता क्षेत्रमा चर्चित जोडी ‘कलकतियावाली’ उर्फ अविनाश झ..
20 दिन पहिले
नेपाल बैंक र नैन्सी अर्टोमोवाईल बिच सम्झौता– सुजुकी गाड..
मिथिला जागरण समाचारदाता काठमाडौं, असाढ १० गते । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरु र सो..
21 दिन पहिले
संवाददाता
संवाददाता

