+977 9854027065 | akulpdsah@gmail.com

सर्लाहीमा नेकपा एकीकृत समाजवादीको जिल्ला कार्यालय उदघाटन

4 वर्ष पहिले प्रकाशित

Akul Prasad Sah

1632 Views

सन्जु कर्ण, सर्लाही,
सर्लाही, माघ १० गते । सर्लाहीको सदरमुकाम मलंगवामा आज नेकपा एकीकृत समाजवादीले आफ्नो जिल्ला कार्यालय उदघाटन गरेको छ ।
कोभिड सचेतना अपनाउदै सानो कार्यक्रम बिच जिल्ला पार्टी कार्यालय उदघाटन गरिएको पार्टी प्रचार बिभाग प्रमुख चूडामणि वाग्लेले जानकारी दिनुभयो । पार्टीका केन्द्रिय उपाध्यक्ष एबं मधेस प्रदेश इन्चार्ज धर्मनाथ साहले रिवन काटेर कार्यालय उदघाटन गर्नु भएको हो ।
कार्यक्रममा मन्तब्य राख्दै उहाले स्थानीय चुनाब आगामी बैशाखमा गर्न नेपालको संबिधानले नै बाटो बन्द गरेको दाबी गर्नु भयो । उहाले संबिधानमा स्थानीय जनप्रतिनिधिको पाच बर्षिय कार्यकाल पूरा भएको छ महिना भित्र चुनाब गराउने प्राबधान रहेको स्मरण गराउनु भयो ।
जिल्ला अध्यक्ष सुरेन्द्र लामाको अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रिय नेताहरु रबिन्द्र बैठा, डिल्ली उप्रेती एब बेची लुङेली, जिल्ला उपाध्यक्ष देबेन्द्र राय, सचिब गोबिन्द अधिकारी, मलगवा नगर अध्यक्ष राजाराम साहले मन्तब्य राख्नु भएको थियो ।
मलंगवाको शिबसागर चोकमा खुलेको कार्यालय अब नियमित रुपमा खुल्ला रहने प्रचार बिभाग प्रमुख वाग्लेले बताउनु भयो । नेकपा एकीकृत समाजबादीको जिल्ला कार्यलय उदघाटन कार्यक्रममा जिल्लाका अगुवा कार्यकर्ताको उपस्तिथि रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

निर्माण व्यावसायीले ‘काम होलिडे’ गर्ने

कमल साह, जनकपुरधामजनकपुरधाम, बैशाख १४ गते । नेपालमा इन्धनमा दिनानुदिन मुल्य बृद्धि हुँदै आएकोलाई थेग्न नसक्ने भए..

13 दिन पहिले

नेपाल चेम्बर अफ कमर्स, हरीवनको ब्यबसायिक भवन बन्ने

सन्जु कर्ण, सर्लाही, सर्लाही, चैत्र २४ गते । हरीवन चेम्बर अफ कमर्सको ब्यबसायिक भवन बन्ने भएको छ । हरिवन नगरपालीका क..

1 महीना पहिले

जनकपुर क्षेत्रमा अजेत दुई किसमको परिक्रमा हुँदै

कमल साहजनकपुरधाम,फागुन १७ गते । प्राचिन मिथिलाका राजधानी जनकपुरधाम क्षेत्रमा अचेल दुई किसिमका परिक्रामा भई रहे..

2 महीना पहिले

साधुसन्त तथा तीर्थयात्रीहरुका लागि हेल्प डेस्क सञ्चालन

मिथिला जागरण समाचारदाताजनकपुरधाम, फागुन ६ गते । मिथिला मध्यमा परिक्रमा अवसरमा “मानव महाकुण्ड” सेवा शिविर सञ..

3 महीना पहिले

शिक्षाबिद् अमरेन्द्र झा नेकपा (एमाले) परित्याग गरि रास्व..

धिरेश दत्तजनकपुरधाम माघ २२ गते । मधेश प्रदेशको राजधानी जनकपुरधाम लगायत धनुषा क्षेत्र नं. ३ मा प्रतिनिधिसभा सदस्य..

3 महीना पहिले