जनप्रतिनीधी र कर्मचारीको मिलेमतोमा फुलजोर खोला दोहन
सन्जु कर्ण, सर्लाही,
सर्लाही, माघ २७ गते । जिल्लाको फुलजोर खोलबाट ठेकेदार कम्पनीहरूले सम्झौताविपरीत नदीजन्य पदार्थ उत्खनन गरेको छ। लालबन्दी नगरपालिका–१७ ढाडाटोल, प्रतापटोल र फुलजोर र कालिन्जोर नाकाको फुलजोर खोलाबाट सम्झौताविपरीत ठेकेदार कम्पनीले अत्यन्त लापरबाहीपुर्ण तरिकाले गिट्टी बालुवा निकालेको स्थानीयले आरोप लगाएका छन् ।
पूर्वपश्चिम राजमार्गअन्तर्गत लालबन्दी(१७ स्थित रानीगंजबाट करिब २ किलोमिटर उत्तर फुलजोर खोलाबाट अत्यन्त गहिरो बनाएर गिट्टी बालुवा निकालेको भन्दै पटकपटक स्थानीयले विरोध गर्दै आएका छन्। तर, स्थानीयको विरोधको आवाज नत जनप्रतिनिधिले सुनेका छन् नत ठेकेदारले । अहिले उक्त नाकामा आफ्ना गलत हर्कतको प्रमाण लुकाउन उत्खनन गरिएका ठूलठूला खाडल पुरेर गरेको स्थानीयवासीले जानकारी दिएका छन ्। ’अहिले खनिएका ठाउँमा १५ देखि २० फिट गहिरो खनेको खाडलको प्रमाण मेटाउन पुरेका छन्।
हामीले पटकपटक वडाध्यक्षलगायत सम्बन्धित निकायमा समस्या समाधानका निम्ति हारगुहार गर्दा पनि सुनुवाइ भएको छैन’ स्थानीय रामबहादुर योञ्जनले गुनासो गरे । ठेकेदार कम्पनी, कर्मचारी र जनप्रतिनिधि समेतको मिलेमतोमा अवैध उत्खनन भइरहेको आरोप लगाए ।गिट्टी बालुवा निकालेको ठाउँमा गहिरो डरलाग्दो खाडल बनेको छ।
नगरपालिकाले गत असोजमा ठेक्का आह्वान गरेर खोलाबाट गिट्टी बालुवा निकासा गर्न अनुमति दिएको थियो। खोला उत्खननको अनुमति पाएको विकल्प कन्टूक्सन एण्ड सप्लायर्स लालबन्दी–७ ले अवैध ढंगले नदीजन्य पदार्थ निकालेको स्थानीयले आरोप लगाउँदै आएको छ। लालबन्दी नगरपालिका–१७ का वडाध्यक्ष नवराज अधिकारीसँग यस विषयमा जानकारी लिन फोन सम्पर्क गर्दा फोन उठाएका छैनन ्।
नगरपालिकाले प्रारम्भिक वातावरणीय परीक्षण अध्ययन गरी तयार पारिएको प्रतिवेदनअनुसार लालबन्दी–१७ मा पर्ने फुलजोर खोलाबाट १.५ मिटर अर्थात् ५ फिट गहिराइसम्मको गिटी बालुवा निकाल्न सकिनेछ ।
उक्त खोलाबाट ८लाख ९७ हजार ९ सय ९६ घनफिट गिटी बालुवा निकाल्न सकिने नगरपालिका र ठेकेदार कम्पनीबिच सम्झौता भएको छ। तर, ठेकेदार कम्पनीले खनेको खाडल १५ देखि २० फिटभन्दा गहिरो छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बासुदेव तिमल्सिनाका अनुसार नगरपालिकाले लगाएको फुलजोर खोलाअन्तर्गतको ठेक्का विकल्प कन्टूक्सन एण्ड सप्लायर्सले ३५ लाख रुपैयाँमा सकारेको हो। सोही स्थानमा ठेकेदार कम्पनीले केही दिनदेखि अवैध उत्खनन गरिरहेको छ ।
प्रमुख प्रशासकीय अधिकृत तिमल्सिनाले मापदण्डअनुसार उत्खनन नभएको पाइए कानुनबमोजिम कारबाही गर्ने बताए। तर, प्रभावकारी अनुगमन नभएको उनले स्वीकारे ।
ठेकेदार कम्पनीले सम्झौताअनुसार उत्खनन भए भएनन् अनुगमन नगरेको बुझिएको पाइएको छ। समय समयमा निरीक्षण गर्नुपर्ने नगरपालिका कार्यलयका कर्मचारी तथा जनप्रतिनिधिले स्थानीयबासीबाट आएको गुनासोमा कुनै तदारुकता नदेखाउनुमा उनीहरूको समेत मिलेमतोको आशंका रहेको स्थानीयको आरोप छ ।
कमेन्ट गर्नुहोस्
निर्माण व्यावसायीले ‘काम होलिडे’ गर्ने
कमल साह, जनकपुरधामजनकपुरधाम, बैशाख १४ गते । नेपालमा इन्धनमा दिनानुदिन मुल्य बृद्धि हुँदै आएकोलाई थेग्न नसक्ने भए..
13 दिन पहिले
नेपाल चेम्बर अफ कमर्स, हरीवनको ब्यबसायिक भवन बन्ने
सन्जु कर्ण, सर्लाही, सर्लाही, चैत्र २४ गते । हरीवन चेम्बर अफ कमर्सको ब्यबसायिक भवन बन्ने भएको छ । हरिवन नगरपालीका क..
1 महीना पहिले
जनकपुर क्षेत्रमा अजेत दुई किसमको परिक्रमा हुँदै
कमल साहजनकपुरधाम,फागुन १७ गते । प्राचिन मिथिलाका राजधानी जनकपुरधाम क्षेत्रमा अचेल दुई किसिमका परिक्रामा भई रहे..
2 महीना पहिले
साधुसन्त तथा तीर्थयात्रीहरुका लागि हेल्प डेस्क सञ्चालन
मिथिला जागरण समाचारदाताजनकपुरधाम, फागुन ६ गते । मिथिला मध्यमा परिक्रमा अवसरमा “मानव महाकुण्ड” सेवा शिविर सञ..
3 महीना पहिले
शिक्षाबिद् अमरेन्द्र झा नेकपा (एमाले) परित्याग गरि रास्व..
धिरेश दत्तजनकपुरधाम माघ २२ गते । मधेश प्रदेशको राजधानी जनकपुरधाम लगायत धनुषा क्षेत्र नं. ३ मा प्रतिनिधिसभा सदस्य..
3 महीना पहिले
संवाददाता
