गाँजा खेतीको लागि गृह मंत्रालयले मापदण्ड बनाउँद

कमल साह
जनकपुरधाम, फाल्गुन १० गते । झण्डै चारदशकदेखि नेपालमा उत्पादन गर्नको लागि रोक लगाएको गंजा खेती अब फेरी हुने सुनेर किसान हर्षित भएका छन ।
गृह मन्त्रालयले नियन्त्रित लागुऔषध गाँजालाई औषधीय प्रयोगका लागि मापदण्ड बनाएर खेती गराउने तयारी भइरहेको जनाएको छ ।
सिंहदरबारमा गृह प्रशासन सुधार कार्ययोजना–२०७८ सार्वजनिक गर्दै मन्त्रालयका सचिव टेकनारायण पाण्डेले गाँजा प्रयोगको मापदण्ड बनाउन लागेको बताउनु भयो । उहाँले गाँजाको व्यवस्थित उत्पादन र प्रयोगको मापदण्ड बनाउँदै छौं भन्नुभयो ।
गृहमन्त्री बालकृष्ण खाणले माघ २४ गतेमा सार्वजनिक गर्नुभएको गृह प्रशासन सुधार कार्ययोजनाको २१ नम्बर बुँदामा गाँजाको औषधीय प्रयोगबारे उल्लेख गरिएको छ । गाँजाको औषधीय प्रयोगका लागि ६ महिनाभित्र कार्यविधि तयार गर्ने मन्त्रालयले तयारी गरिरहेको छ । यसबारेमा नीति योजना अनुगमन तथा मूल्याङ्कन महाशाखाले काम गरिरहेको छ ।
कार्ययोजना अनुसार ६ महिनापछि गाँजाको औषधीय प्रयोगका लागि अनुसन्धान एवं औषधीजन्य उत्पादनको आधारशिला तयार हुने मन्त्रालयका सहसचिव डा.भीष्मकुमार भुषालले बताउनु भयो । उहाँले भन्नुभयो, ‘संयुक्त राष्ट्रसंघको गाँजा खुल्ला गर्ने नीतिमा हामीले हस्ताक्षर गरेका छौं, रिसर्चहरुले पनि गाँजाको औषधीय मूल्य देखाएको छ ।’
विश्वका ७ मुलुकमा गाँजालाई नियन्त्रित रुपमा खेती गर्न अनुमति दिइएको छ ।त्यसमा अमेरिका,इजराईल, जर्मनी लगायतका देशहरु छन । औषधिजन्य प्रयोगका लागि गाँजा खेतीका लागि अनुमति दिन गृहले ‘अवधारणापत्र’ मन्त्रिपरिषदमा पेश गरिसकेको छ । लागु औषध नियन्त्रण ऐन–२०६३ ले पनि नियन्त्रित रुपमा गाँजाको खेती र प्रयोग गर्न नरोकेको सहसचिव भुसालले बताए । उनले भने–‘औषधि व्यवस्था विभाग र वनस्पति विभागबाट व्यवस्थित खेतीका लागि अनुरोध आएको छ ।’
मुलुकमा हुँदै आएको गांजा खेतीमाथि झण्डै चार दशक अघि नेपाल सरकारले रोक लगाएको थियो । तर, त्यसको खेती आजका दिनसम्म हुँदै आएको तथ्याँकहरु पाईन्छन । नेपाल प्रहरीलगायतले यस वर्ष पनि विगहाँै गांजा खेती नष्ट गरेकोबाट समेत सो कुरा प्रष्ट भइरहेको छ ।
गृह मंत्रालयले गांजा खेतीको लागि कार्य योजना बनाईरहेको खबर पाएर किसनहरु हर्षित भएका छन ।
बेला गाउँका एक जना किसान बिन्देश्वर साह भन्छन, गंजा खेती भईरहँदा हाम्रो गाउँका किसान ले ५०–६० वर्ष अघि कार खरिद गरेको थियो । जुन बेला जनकपुरधाम–भिठामोड सडक समेत कच्चि बाटो रहेको थियो ।
तर, गाँजा खेती बन्द भएको बेलादेखि नै गाँउमा आय आर्जनको लागि कुनै यथेष्ट कार्यक्रम भई नरहेको उहाँ बताउनु हुन्छ ।
उहिल्येको जबानामा गाँजा खेती धनुषा,महोत्तरी र सिरहाको एक एक गाउँ नामी रहेको थियो । सिरहाको माडर,धनुषाको लादो बेला र महोत्तरीको अजमरपट्टी गाँजा उगाउनमा एक नम्बरको मानिन्थ्यो ।
कमेन्ट गर्नुहोस्

जनकपुरधाम उपमहानगरले अब गुठीबाट मालपोत उठाउने अधिकार ..
कमल साहजनकपुरधाम,असार २२ गते । जनकपुरधाम उपमहानगरले पालिका भित्रका गुठी रैतानी जमिनको मालपोत दस्तुर उठाउने छ ।&nbs..
9 दिन पहिले
नापतौल सम्बन्धी जनचेतनामुलक कार्यक्रम सम्पन्न
सन्जु कर्ण, सर्लाही, सर्लाही, असाढ २२ गते । हरिवनमा नापतौल सम्बन्धी जनचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ । गुण..
9 दिन पहिले
गुठी कार्यालय झण्डै तीस वर्षको चिरनिन्द्रबाट बिउझदा बे..
कमल साह जनकपुरधाम, असार १० गते । नापी कार्यालय धनुषा र गुठी संस्थान कार्यालय जनकपुरको कमि कमजोरीले आज बेला गाउँका ..
20 दिन पहिले
जनकपुरमा कलाकार अंशा सदाको रहस्यमय मृत्यु ः आत्महत्या क..
मिथिला जागरण समाचारदाताजनकपुरधाम, असाढ १० गते । कलाकारिता क्षेत्रमा चर्चित जोडी ‘कलकतियावाली’ उर्फ अविनाश झ..
20 दिन पहिले
नेपाल बैंक र नैन्सी अर्टोमोवाईल बिच सम्झौता– सुजुकी गाड..
मिथिला जागरण समाचारदाता काठमाडौं, असाढ १० गते । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरु र सो..
20 दिन पहिले
संवाददाता
संवाददाता

