अधिवक्ता अबध किशोरको निधनमा श्रद्धांजलि सभा

कमल साह
जनकपुरधाम, फागुन ११ गते । अधिवक्ता एवं साहित्यकार अवध किशोर प्रसाद को १२ औं पुन्य तिथिको अवसरमा यहाँका साहित्यकारहरुले आज श्रद्धासुमन व्यक्त गर्नुभएका छन ।
धनुषा जिल्लाको भठियन गाउँमा वि.सं. २००० साल पुस २५ गते जन्मनु भएका अधिवक्ता अवध किशोर प्रसाद को निधन गत माघ २९ गते भएको थियो । अधिवक्ता अवधकिशोर प्रसाद को १२ औं दिनको पुन्यतिथीमा यहाँ संचालित नेपाल हिन्दी प्रतिष्ठान ले श्रद्धांजलि सभा आयोजना गरेर उहाँ प्र्रति श्रद्धासुमन राख्नु भएको छ ।
उनि नेपाल हिन्दी प्रतिष्ठानका संस्थापक तथा आजिवन सदस्य रहनुभएको थियो । साहित्यकार अवधकिशोर प्रसादले ६ वटा पुस्तक प्रकाशन गर्नुभएको थियो । उहाँको अन्तिम पुस्तक मन पसन्द कविता संग्रह प्रकाशनमा आइसकेको छ ।
नेपाल हिन्दी प्रतिष्ठानका अध्यक्ष वरिष्ठ पत्रकार तथा प्रेस स्वतन्त्रता सेनानी राजेश्वर नेपालीको अध्यक्षतामा आयोजित श्रद्धांजलि सभाका प्रमुख अतिथी बरिष्ठ अधिवक्ता युगलकिशोर लाल, विशिष्ठ अतिथी प्रा.डा. पशुपतिनाथ झा,जनक शरण,अवकाश प्राप्त शिक्षक चन्द्रशेखर राय चमन,विजय यादव,कमल साह,रामेश्वर प्रसाद लगायतले अधिवक्ता एवं साहित्यकार अवधकिशोर प्रसाद प्रति श्रद्धासुमन अर्पण गर्दै उहाँको जीवन चरित्र एवं कृतिमाथि मन्तव्य राख्नुभयो । नेपाल वार एशोसिएशन जनकपुरधामका कोषाध्यक्ष समेत रहनुभएको अधिवक्ता अवधकिशोर प्रसाद २०३६ ताका राजतन्त्र विरोधी पर्चा प्रकाशन गर्नुभएको कारण उनी निर्वासन जीवन समेत विताउनु भएको हो । अध्यात्मिक विचारक,समाज सुधारक, एवं मानवतावादी अधिवक्ता अवधकिशोर प्रसाद आयुर्वेदी औषधीको पनि जानकार रहनु भएको थिए । सम्पन्न परिवारमा जन्मनु भएको अधिवक्ता अवधकिशोर प्रसाद ले २०३२ सालमा वकालत पेशालाई अंगाल्नु भएको थिए ।
कमेन्ट गर्नुहोस्

जनकपुरधाम उपमहानगरले अब गुठीबाट मालपोत उठाउने अधिकार ..
कमल साहजनकपुरधाम,असार २२ गते । जनकपुरधाम उपमहानगरले पालिका भित्रका गुठी रैतानी जमिनको मालपोत दस्तुर उठाउने छ ।&nbs..
8 दिन पहिले
नापतौल सम्बन्धी जनचेतनामुलक कार्यक्रम सम्पन्न
सन्जु कर्ण, सर्लाही, सर्लाही, असाढ २२ गते । हरिवनमा नापतौल सम्बन्धी जनचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ । गुण..
8 दिन पहिले
गुठी कार्यालय झण्डै तीस वर्षको चिरनिन्द्रबाट बिउझदा बे..
कमल साह जनकपुरधाम, असार १० गते । नापी कार्यालय धनुषा र गुठी संस्थान कार्यालय जनकपुरको कमि कमजोरीले आज बेला गाउँका ..
20 दिन पहिले
जनकपुरमा कलाकार अंशा सदाको रहस्यमय मृत्यु ः आत्महत्या क..
मिथिला जागरण समाचारदाताजनकपुरधाम, असाढ १० गते । कलाकारिता क्षेत्रमा चर्चित जोडी ‘कलकतियावाली’ उर्फ अविनाश झ..
20 दिन पहिले
नेपाल बैंक र नैन्सी अर्टोमोवाईल बिच सम्झौता– सुजुकी गाड..
मिथिला जागरण समाचारदाता काठमाडौं, असाढ १० गते । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरु र सो..
20 दिन पहिले
संवाददाता
संवाददाता

