+977 9854027065 | akulpdsah@gmail.com

अधिवक्ता अबध किशोरको निधनमा श्रद्धांजलि सभा

4 वर्ष पहिले प्रकाशित

Akul Prasad Sah

1495 Views

कमल साह
जनकपुरधाम, फागुन ११ गते । अधिवक्ता एवं साहित्यकार अवध किशोर प्रसाद को १२ औं पुन्य तिथिको अवसरमा यहाँका साहित्यकारहरुले आज श्रद्धासुमन व्यक्त गर्नुभएका छन ।
धनुषा जिल्लाको भठियन गाउँमा वि.सं. २००० साल पुस २५ गते जन्मनु भएका अधिवक्ता अवध किशोर प्रसाद को निधन गत माघ २९ गते भएको थियो । अधिवक्ता अवधकिशोर प्रसाद को १२ औं दिनको पुन्यतिथीमा यहाँ संचालित नेपाल हिन्दी प्रतिष्ठान ले श्रद्धांजलि सभा आयोजना गरेर उहाँ प्र्रति श्रद्धासुमन राख्नु भएको छ ।
उनि नेपाल हिन्दी प्रतिष्ठानका संस्थापक तथा आजिवन सदस्य रहनुभएको थियो । साहित्यकार अवधकिशोर प्रसादले ६ वटा पुस्तक प्रकाशन गर्नुभएको थियो । उहाँको अन्तिम पुस्तक मन पसन्द कविता संग्रह प्रकाशनमा आइसकेको छ ।
नेपाल हिन्दी प्रतिष्ठानका अध्यक्ष वरिष्ठ पत्रकार तथा प्रेस स्वतन्त्रता सेनानी राजेश्वर नेपालीको अध्यक्षतामा आयोजित श्रद्धांजलि सभाका प्रमुख अतिथी बरिष्ठ अधिवक्ता युगलकिशोर लाल, विशिष्ठ अतिथी प्रा.डा. पशुपतिनाथ झा,जनक शरण,अवकाश प्राप्त शिक्षक चन्द्रशेखर राय चमन,विजय यादव,कमल साह,रामेश्वर प्रसाद लगायतले अधिवक्ता एवं साहित्यकार अवधकिशोर प्रसाद प्रति श्रद्धासुमन अर्पण गर्दै उहाँको जीवन चरित्र एवं कृतिमाथि मन्तव्य राख्नुभयो । नेपाल वार एशोसिएशन जनकपुरधामका कोषाध्यक्ष समेत रहनुभएको अधिवक्ता अवधकिशोर प्रसाद २०३६ ताका राजतन्त्र विरोधी पर्चा प्रकाशन गर्नुभएको कारण उनी निर्वासन जीवन समेत विताउनु भएको हो । अध्यात्मिक विचारक,समाज सुधारक, एवं मानवतावादी अधिवक्ता अवधकिशोर प्रसाद आयुर्वेदी औषधीको पनि जानकार रहनु भएको थिए । सम्पन्न परिवारमा जन्मनु भएको अधिवक्ता अवधकिशोर प्रसाद ले २०३२ सालमा वकालत पेशालाई अंगाल्नु भएको थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

निर्माण व्यावसायीले ‘काम होलिडे’ गर्ने

कमल साह, जनकपुरधामजनकपुरधाम, बैशाख १४ गते । नेपालमा इन्धनमा दिनानुदिन मुल्य बृद्धि हुँदै आएकोलाई थेग्न नसक्ने भए..

13 दिन पहिले

नेपाल चेम्बर अफ कमर्स, हरीवनको ब्यबसायिक भवन बन्ने

सन्जु कर्ण, सर्लाही, सर्लाही, चैत्र २४ गते । हरीवन चेम्बर अफ कमर्सको ब्यबसायिक भवन बन्ने भएको छ । हरिवन नगरपालीका क..

1 महीना पहिले

जनकपुर क्षेत्रमा अजेत दुई किसमको परिक्रमा हुँदै

कमल साहजनकपुरधाम,फागुन १७ गते । प्राचिन मिथिलाका राजधानी जनकपुरधाम क्षेत्रमा अचेल दुई किसिमका परिक्रामा भई रहे..

2 महीना पहिले

साधुसन्त तथा तीर्थयात्रीहरुका लागि हेल्प डेस्क सञ्चालन

मिथिला जागरण समाचारदाताजनकपुरधाम, फागुन ६ गते । मिथिला मध्यमा परिक्रमा अवसरमा “मानव महाकुण्ड” सेवा शिविर सञ..

3 महीना पहिले

शिक्षाबिद् अमरेन्द्र झा नेकपा (एमाले) परित्याग गरि रास्व..

धिरेश दत्तजनकपुरधाम माघ २२ गते । मधेश प्रदेशको राजधानी जनकपुरधाम लगायत धनुषा क्षेत्र नं. ३ मा प्रतिनिधिसभा सदस्य..

3 महीना पहिले