नेपाली कांग्रेस बिन्दवासनीको सभापतिमा चौरसिया निर्विरोध निर्वाचित
.jpg)
रंजित चौरसिया,
वीरगंज १३ फागुन । नेपाली कांग्रेस बिन्दवासनी गाउँपालिकाको सभापतिमा बिवेक कुमार चौरसिया निर्विरोध निर्वाचित भएका छन् । कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत शुक्रबार सम्पन्न गाउँपालिका अधिवेशनबाट सभापतिमा चौरसिया निर्विरोध निर्वाचित भएका हुन् ।
गाउँपालिका समितिको उपसभापतिमा राजेश्वर प्रसाद चौरसिया, राजेश तिवारी, सचिवमा संतोष कुमार चौरसिया, मुकेश प्रसाद साह कानु, सह सचिवमा जितेन्द्र कुमार, श्रीलाल प्रसाद कुर्मी निर्वाचित भएका छन् ।
यस्तै, समितिको सदस्यमा पन्ना देवी चमईन, नागेश्वर साह तेली, चोकट मुखिया बिन, सोना देवी कानु, मनोज राउत कुर्मी, सुनिल प्रसाद चौहान, देवनारायण साह कानु, प्रेम कुमार चौरसिया, दिनेश साह कानु, कोशिला देवी,अवधकिशोर प्रसाद बरै र रामराज बरै निर्विरोध निर्वाचित भएको मतदान अधिकृत मनोज कुमार यादवले जानकारी दिए ।
समाजिक क्षेत्रमा लामो समयसम्म काम गरेका चौरसिया आफ्नो मूल्यांकलन गरेर गाउ“पालिका सभापतिको जिम्मेवारी दिएकोमा सम्पूर्ण पार्टी पंक्तिलाई धन्यावाद तथा अभार समेत चौरसियाले प्रकट गरेका छन । उहाले गाउपालिका सभापतिमा निर्वाचित भएपछि बैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनमा पार्टीलाई बिजयी गराउने प्रतिबद्धता समेत व्यक्त गरे । वडादेखी पालिका अध्यक्ष सम्मको सम्पूर्ण पदमा पार्टीको उम्मेदवारलाई विजयी गराउने, उनले वताए ।
गाउँपालिका पार्टी कार्यालय बहुअर्वाभाठामा भएको अधिवेशनमा सभापतिमा निर्वाचित अध्यक्ष चौरसिया सहित गाउँपालिका समितिका सम्पूर्ण पदाधिकारी तथा सदस्यहरुलाई महाधिवेशन प्रतिनिधि अशोक कुमार गुप्ता, उमेश चौरसिया, पर्सा क्षेत्र नं.३(ख) सभापति अनोज कुमार चौरसिया, गाउँपालिका उपमेयर किरण गुप्ता स्थानिय नेता उपनेश चौरसिया,छठुलाल चौरसिया वडा सभापतिहरु सतेन्द्र ओझा, प्रभु चौहान, जय प्रकाश चौरसिया, रामविलास चौरसिया, सुकदेव यादव लागयतकाले फुल माला र अविरको टिका लगायर बधाई तथा शुभकामना दिएका थिए ।
कमेन्ट गर्नुहोस्

जनकपुरधाम उपमहानगरले अब गुठीबाट मालपोत उठाउने अधिकार ..
कमल साहजनकपुरधाम,असार २२ गते । जनकपुरधाम उपमहानगरले पालिका भित्रका गुठी रैतानी जमिनको मालपोत दस्तुर उठाउने छ ।&nbs..
8 दिन पहिले
नापतौल सम्बन्धी जनचेतनामुलक कार्यक्रम सम्पन्न
सन्जु कर्ण, सर्लाही, सर्लाही, असाढ २२ गते । हरिवनमा नापतौल सम्बन्धी जनचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ । गुण..
8 दिन पहिले
गुठी कार्यालय झण्डै तीस वर्षको चिरनिन्द्रबाट बिउझदा बे..
कमल साह जनकपुरधाम, असार १० गते । नापी कार्यालय धनुषा र गुठी संस्थान कार्यालय जनकपुरको कमि कमजोरीले आज बेला गाउँका ..
20 दिन पहिले
जनकपुरमा कलाकार अंशा सदाको रहस्यमय मृत्यु ः आत्महत्या क..
मिथिला जागरण समाचारदाताजनकपुरधाम, असाढ १० गते । कलाकारिता क्षेत्रमा चर्चित जोडी ‘कलकतियावाली’ उर्फ अविनाश झ..
20 दिन पहिले
नेपाल बैंक र नैन्सी अर्टोमोवाईल बिच सम्झौता– सुजुकी गाड..
मिथिला जागरण समाचारदाता काठमाडौं, असाढ १० गते । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरु र सो..
20 दिन पहिले
संवाददाता
संवाददाता

