विश्व हिन्दी दिवसमा कविता बाचन
कमल साह, जनकपुरधाम
जनकपुरधाम, पुस २७ गते । विश्व हिन्दी दिवसको अवसरमा यहाँका हिन्दी साहित्य प्रतिष्ठानले कविता वाचन कार्यक्रम आयोजना गरेको छ ।
हिन्दी साहित्य प्रतिष्ठानका अध्यक्ष एवं प्रेस स्वतन्त्रता सेनानी तथा वरिष्ट पत्रकार राजेश्वर नेपाली को अध्यक्षतामा र वरिष्ट अधिवक्ता युगल किशोर लाल को प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा श्रष्टाहरुले पति पत्नी, पुत्र,पुत्रबधु लगायतका तार्किक कविताहरु वाचन गर्नुभएका छन ।
प्रमुख अतिथी वरिष्ट अधिवक्ता युगलकिशोर लाल ले राम र रावण बीच भएको युद्ध बारेमा तार्किक कविता वाचन गर्नुभएको छ । उहाँ कवितामा भन्नुभयो, ‘राम चलाएको वाणबाट रावणको हजारों शिर(टाउको) काटियो । तर, १० वटाको मात्र संस्कार भएको बताउँदै अरु शिर त्यसै ब्रह्माण्डमा घुमीरहेको थप्नुभयो । उहाँले त्यो शिरहरु पनि कंधा खोजी रहेको बताउँदै त्यस्ता कन्धाहरुबाट सचेत हुनु आवश्यकता रहेको कवितामा बताउनुभयो ।
सो कार्यक्रममा रामस्वार्थ ठाकुर गान्धी, रामहृदय प्रसाद, पूmलेन्द्र लाल कर्ण, जनकनन्दी शरण,चन्द्रशेखर राय,विजय लगायतका श्रेष्टाहरुले कविता वाचन गर्नुभयो।
सो कार्यक्रमको अध्यक्षता गर्दै वरिष्ट पत्रकार राजेश्वर नेपालीले भारतका महान कवि डा.सम्पूर्णानन्द पुन्य तिथी र शहीद सत्यनाराण पाठक लाई सम्झनु भएको छ ।
२०४५ साल पुस २६ गते सत्यनाराण पाठलाई तत्कालिन प्रमुख जिल्ला अधिकारी ले गोली ठोकेको थियो ।
कमेन्ट गर्नुहोस्
सामुदायिक आधारशिलाको वार्षिक साधारण सभा सम्पन्न
सन्जु कर्ण, सर्लाही, सर्लाही, कार्तिक १७ गते । सामुदायिक आधारशिला बचत तथा ऋण सहकारी संस्था लि. हरिवनको १५औं वार्ष..
1 दिन पहिले
रमौलवाली रीना यादवको योगदानले मैथिली संस्कृतिमा नयाँ ऊ..
भागचरण यादब, जनकपुरधाम, जनकपुरधाम, कार्तिक १५ गते । रमौलवाली रीना यादव, जो बीस वर्षदेखि मैथिली कला र संस्कृतिसँग ..
3 दिन पहिले
जनकपुरधाम उपमहानगरले अब गुठीबाट मालपोत उठाउने अधिकार ..
कमल साहजनकपुरधाम,असार २२ गते । जनकपुरधाम उपमहानगरले पालिका भित्रका गुठी रैतानी जमिनको मालपोत दस्तुर उठाउने छ ।&nbs..
4 महीना पहिले
नापतौल सम्बन्धी जनचेतनामुलक कार्यक्रम सम्पन्न
सन्जु कर्ण, सर्लाही, सर्लाही, असाढ २२ गते । हरिवनमा नापतौल सम्बन्धी जनचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ । गुण..
4 महीना पहिले
गुठी कार्यालय झण्डै तीस वर्षको चिरनिन्द्रबाट बिउझदा बे..
कमल साह जनकपुरधाम, असार १० गते । नापी कार्यालय धनुषा र गुठी संस्थान कार्यालय जनकपुरको कमि कमजोरीले आज बेला गाउँका ..
4 महीना पहिले
संवाददाता
