+977 9854027065 | akulpdsah@gmail.com

धनुषा कांग्रेसको सभापती पंजियार निर्वाचित तर,आज पुनः दोश्रो चरणको मतदान हुँदै

4 वर्ष पहिले प्रकाशित

Akul Prasad Sah

1224 Views

कमल साह
जनकपुरधाम,फागुन २७ गते । नेपाली कांग्रेसको धनुषा सभापतीपदमा योगेन्द्र पंजियार निर्वाचित भएपनि पुनः आज शुक्रबार निर्वाचन हुंदैछ ।
नेपाली कांग्रेस धनुषाको सभापति पदको दोस्रो चरणको निर्वाचन शुक्रबार बिहान ८ बजेदेखि हुने जिल्ला निर्वाचन अधिकृत अरुणकुमार ज्ञवालीले जानकारी गराउनु भएको छ ।
पहिलो चरणको निर्वाचन परिणाम मंगलबार अबेर राती आउँदा निधी पक्षका योगेन्द्र पंजियारले १२४८ मत पाउनु भएको छ । त्यस्तै संस्थापन पक्ष देउवा पक्षका सन्तोष कुमार यादवले ८८३ मत र शेखर पक्षका दिनेश प्रसाद यादव प्रसैलाले ६३० मत पाउनु भएको छ ।
निधी र कोईराला बीच एकता धनुषा कांग्रेस सभापति पदमा योगेन्द्र पंजियारलाई निर्वाचित गराउनको लागि विमलेन्द्र निधी ले शेखर कोइराला समुहको समर्थन जुटाउन गर्नु भएको प्रयास बुधबार सफल भएको छ ।
मिल्स एरिया स्थित निधी निवासमा बुधवार राती ९ बजे भएको पत्रकार सम्मेलनमा कोइराला समुहले पंजियारलाई समर्थन गरेको सार्वजनिक गरियो ।
सो पत्रकार सम्मेलनमा नेता विमलेन्द्र निधी, सभापती पदमा तेस्रो स्थान हासिल गर्नुभएको दिनेश यादव प्रसैला, कोइराला समुहका नेताहरु रामकृष्ण यादव, डा.चन्द्र मोहन यादव,सभापतिका उम्मेदवार एवं क्षिरेश्वर नगर पालिका मेयर योगन्द्र पंजिया समेत उपस्थिती रहेको थियो ।
पत्रकार सम्मेलनमा नेता विमलेन्द्र निधीले आफुले ढुङ्गानाका साथै नेता महेन्द्र यादव र उम्मेदवार संतोष यादवलाई समेत फोन गरेर पंजियारलाई समथर्न गरि सहमतीमा आउन आग्रह गरेको बताउनु भयो । उहाँले त्यसो गर्दा अगामी निर्वाचनहरुमा राम्रो हुने थप्नुभयो ।
यत्ता, धनुषाको सभापती पदका लागि हुने दोस्रो चरणको निर्वाचनमा निधी र कोइराला समुह मिलेको प्रति देउवा समुहले क्ुनै प्रकारको भय मानेको छैन ।
देउवा समुहका नेता तथा केन्द्रिय सदस्य आनन्द ढुङ्गानाले लोकतन्त्रमा हार जितले केहि फरक नपर्ने भन्दै हाम्रो उम्मेदवार चुनाव लडने नै छ बताउनु भयो ।
उहाँले सहमतीमा सभापती बनाउँदा पछि तानाशाह वा कसैको इशारामा नाच्ने, अनर्गल कामहरु हुने गरेको बताउँदै थप्नुहन्छ, सहमतीको नामा कांग्रेस धनुषामा एकलौटी भएकाले नै अहिले आएर पार्टीको यो हालत भएको छ ।
उहाँले चुनावका लागि तयार रहन र देश व्यापी माहोल देखेर मत खसाल्न नेता तथा कार्यक्रताहरुलाई आग्रह गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

जय भेंडा ! जय अभियान !

लेखकः भोला यादब भेंडाहरू,लड्छन्,भिड्छन्,मार्छन्,एक –अर्कालाई पछार्छन् । इतिहास जोगाउन,अस्तित्व कायम गर्न,पहि..

3 घन्टा पहिले

मनोकामना बुउद्देश्यीय सहकारी संस्थाको २० औँ वार्षिक सा..

सन्जु कर्ण, सर्लाही, सर्लाही, पुस २३ गते । सर्लाहीको हरिवन नगरपालिका–११, मा रहेको मनोकामना बहुउद्देश्यीय सहकारी ..

27 दिन पहिले

मधेशमा धोती दिवस मनाइयो

कमल साहजनकपुरधाम,पुस २० गते । रोमबाट चलेको ई.सं.को नयाँवर्षदेखि धोती र टोपी दिवस यहाँ विहिबार मनाइएको छ । राष्ट्रि..

1 महीना पहिले

राम मन्दिर र जानकी मन्दिरलाई विश्व सम्पदा सूचिमा सूचिकृ..

कमल साहजनकपुरधाम, पुस ७ गते । धार्मिकता तथा पौराणिकताको महत्व बोकेको यहाँका ऐतिहासिक धरोहर राम मन्दिर र  जानकी ..

1 महीना पहिले

धनकौलका उखु किसान धर्नामा

सन्जु कर्ण, सर्लाही, सर्लाही, कार्तिक २५ गते । सर्लाहीको धनकौलस्थित अन्नपूर्ण चिनी उद्योगबाट पाउनुपर्ने उखुको ..

3 महीना पहिले