धनुषा कांग्रेसको सभापती पंजियार निर्वाचित तर,आज पुनः दोश्रो चरणको मतदान हुँदै

कमल साह
जनकपुरधाम,फागुन २७ गते । नेपाली कांग्रेसको धनुषा सभापतीपदमा योगेन्द्र पंजियार निर्वाचित भएपनि पुनः आज शुक्रबार निर्वाचन हुंदैछ ।
नेपाली कांग्रेस धनुषाको सभापति पदको दोस्रो चरणको निर्वाचन शुक्रबार बिहान ८ बजेदेखि हुने जिल्ला निर्वाचन अधिकृत अरुणकुमार ज्ञवालीले जानकारी गराउनु भएको छ ।
पहिलो चरणको निर्वाचन परिणाम मंगलबार अबेर राती आउँदा निधी पक्षका योगेन्द्र पंजियारले १२४८ मत पाउनु भएको छ । त्यस्तै संस्थापन पक्ष देउवा पक्षका सन्तोष कुमार यादवले ८८३ मत र शेखर पक्षका दिनेश प्रसाद यादव प्रसैलाले ६३० मत पाउनु भएको छ ।
निधी र कोईराला बीच एकता धनुषा कांग्रेस सभापति पदमा योगेन्द्र पंजियारलाई निर्वाचित गराउनको लागि विमलेन्द्र निधी ले शेखर कोइराला समुहको समर्थन जुटाउन गर्नु भएको प्रयास बुधबार सफल भएको छ ।
मिल्स एरिया स्थित निधी निवासमा बुधवार राती ९ बजे भएको पत्रकार सम्मेलनमा कोइराला समुहले पंजियारलाई समर्थन गरेको सार्वजनिक गरियो ।
सो पत्रकार सम्मेलनमा नेता विमलेन्द्र निधी, सभापती पदमा तेस्रो स्थान हासिल गर्नुभएको दिनेश यादव प्रसैला, कोइराला समुहका नेताहरु रामकृष्ण यादव, डा.चन्द्र मोहन यादव,सभापतिका उम्मेदवार एवं क्षिरेश्वर नगर पालिका मेयर योगन्द्र पंजिया समेत उपस्थिती रहेको थियो ।
पत्रकार सम्मेलनमा नेता विमलेन्द्र निधीले आफुले ढुङ्गानाका साथै नेता महेन्द्र यादव र उम्मेदवार संतोष यादवलाई समेत फोन गरेर पंजियारलाई समथर्न गरि सहमतीमा आउन आग्रह गरेको बताउनु भयो । उहाँले त्यसो गर्दा अगामी निर्वाचनहरुमा राम्रो हुने थप्नुभयो ।
यत्ता, धनुषाको सभापती पदका लागि हुने दोस्रो चरणको निर्वाचनमा निधी र कोइराला समुह मिलेको प्रति देउवा समुहले क्ुनै प्रकारको भय मानेको छैन ।
देउवा समुहका नेता तथा केन्द्रिय सदस्य आनन्द ढुङ्गानाले लोकतन्त्रमा हार जितले केहि फरक नपर्ने भन्दै हाम्रो उम्मेदवार चुनाव लडने नै छ बताउनु भयो ।
उहाँले सहमतीमा सभापती बनाउँदा पछि तानाशाह वा कसैको इशारामा नाच्ने, अनर्गल कामहरु हुने गरेको बताउँदै थप्नुहन्छ, सहमतीको नामा कांग्रेस धनुषामा एकलौटी भएकाले नै अहिले आएर पार्टीको यो हालत भएको छ ।
उहाँले चुनावका लागि तयार रहन र देश व्यापी माहोल देखेर मत खसाल्न नेता तथा कार्यक्रताहरुलाई आग्रह गरेका छन् ।
कमेन्ट गर्नुहोस्

जनकपुरधाम उपमहानगरले अब गुठीबाट मालपोत उठाउने अधिकार ..
कमल साहजनकपुरधाम,असार २२ गते । जनकपुरधाम उपमहानगरले पालिका भित्रका गुठी रैतानी जमिनको मालपोत दस्तुर उठाउने छ ।&nbs..
8 दिन पहिले
नापतौल सम्बन्धी जनचेतनामुलक कार्यक्रम सम्पन्न
सन्जु कर्ण, सर्लाही, सर्लाही, असाढ २२ गते । हरिवनमा नापतौल सम्बन्धी जनचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ । गुण..
8 दिन पहिले
गुठी कार्यालय झण्डै तीस वर्षको चिरनिन्द्रबाट बिउझदा बे..
कमल साह जनकपुरधाम, असार १० गते । नापी कार्यालय धनुषा र गुठी संस्थान कार्यालय जनकपुरको कमि कमजोरीले आज बेला गाउँका ..
20 दिन पहिले
जनकपुरमा कलाकार अंशा सदाको रहस्यमय मृत्यु ः आत्महत्या क..
मिथिला जागरण समाचारदाताजनकपुरधाम, असाढ १० गते । कलाकारिता क्षेत्रमा चर्चित जोडी ‘कलकतियावाली’ उर्फ अविनाश झ..
20 दिन पहिले
नेपाल बैंक र नैन्सी अर्टोमोवाईल बिच सम्झौता– सुजुकी गाड..
मिथिला जागरण समाचारदाता काठमाडौं, असाढ १० गते । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरु र सो..
20 दिन पहिले
संवाददाता
संवाददाता

