+977 9854027065 | akulpdsah@gmail.com

दुधमती नदीको पानी बहाब निर्धारणगरि सौन्दयकारण हुँदै

3 वर्ष पहिले प्रकाशित

Akul Prasad Sah

906 Views

कमल साह
जनकपुरधामा,फागुन २९ गते । रामायणकालिन धरोहर दुधमती नदी संरक्षण तथा सौन्दर्यकरण कार्यक्रम संघीय सरकारद्वारा आरम्भ भएको छ ।
दुधमति नदीको संरक्षण सम्बर्धनसंगै सो क्षेत्रमा व्यवस्थित वस्ती विकासको लागि संघीय सरकारले दुधमति नदीको सौन्दर्य करण कार्यक्रमको थालनी गरिसकेको छ ।
मधेश प्रदेशको राजधानी जनकपुरधाम एक धार्मिक सांस्कृतिक एवं ऐतिहासिक शहरभएपनि यहाँ व्यवस्थित शहर विकास हुन सकेको छैन ।
रामायणकालिन धरोहर दुधमती नदीको सौन्दर्यकरण संगै व्यवस्थित शहर विकास पनि होस् भनि परियोजनाको चाहना हो ।
हुनतः प्रदेश २ को मुख्यमंत्री लालबाबु राउतले मुख्यमंत्री स्वच्छता अभियान अन्तर्गत दुधमती नदी संरक्षण कार्यक्रम संचालन गर्न झण्डै २ वर्ष अघि ३ करोड रकम विनियोजन गुर्नभएको थियो । त्यस रकमबाट नै नदीको सिमांकन गर्ने र नदी उकास गर्ने योजना संचालन भएको थियो । तर, त्यो कोरोना महामारी संगै खटाईमा परिसकेको छ ।
डिभिजन सिंचाई कार्यालय धनुषाका तत्कालिन सिनियर डिभिजनल इन्जिनियर भगवान् झा को सक्रियतामा उक्त कार्यक्रम अगाडी बढको थियो । तर, उहाँले गराउनु भएको कार्यको कुनै कागजातहरु शहरी विकास संघीय आयोजना कार्यान्वयन इकाई धनुषा ले पाएको छैन ।
शहरी विकास संघीय आयोजनाका डीई प्रदिप खनाल भन्नुहुन्छ, हामी भगवान झा संग पटक पटक कागजातहरु माग्दा उहाँले केहि दिनु भएको छैन ।
ऐतिहासिक एवं धार्मिक महत्वको दुधमतिको संरक्षण, सरसफाइ तथा सौन्दर्यीकरणका लागि भ्याटसमेत १४ करोड छुट्याएर कार्यक्रम अगाडी बढाएको डीई खनाल बताउनु हुन्छ ।
दुधमती सौन्दर्य बहुबर्षिय कार्यक्रम अन्तर्गत यसवर्ष जनकपुर– जलेश्वर जाने बाटोदेखि उत्तर र जनकपुर– वालवा जाने बाटोदेखि दक्षिणमा झण्डै १ कि.मी. क्षेत्रमा ढुंगाको गाह्रो लगाउने कार्यक्रम भईरहेको उहां बताउनु हुन्छ ।
डीई खानाल भन्नुहुन्छ, यो क्षेत्र खाली भएको ले हामी यसलाई नमुनाको रुपमा विकास गर्ने योजना बनाएका छौं । दुधमती नदीको दुबै किनारमा फलपूmलको बोट,सडक,साईकल लेनसंगै नदी वारीपारी गर्नको लागि पुल तथा सडकको विकास गर्ने भावि योजना रहेको बताउनु हुन्छ ।
दुधमती नदीको सौन्दर्यकरणको लागि हामी डीपिआर तयार गर्नलागेको उहाँ बताउनु हन्छ । जनकपुरधाम उपमहानगरपालिकाको १४ किलोमिट भू–भाग दुधमती नदीले छोइरहेको क्षेत्रमा नदीको दुबैपटीबाट सडक बनाउनेगरी हामी योजना बनाउन लागेको उहाँले जानकारी गराउनु भयो ।
शहरी विकासका सर्भेक्षक शिवजी यादव ले जानकरी गराउनुभए अनुसार दुधमती नदीको पानी बग्ने भाग ८ मिटर बनाईदैछ । नदीको दुबै किनारामा सलोप बनाएर पर्खाल लगाउने कार्य भईरहेको छ । त्यसमा ३ मीटर फाण्डेशन बनाएर ढुंगा जोडदै माथि ५० सेन्टीमिटर बनाईदैछ । सो नदीको पर्खाल २.५ मीटर अग्लो हुनेछ । पर्खाल माथि माटो राख्ने कार्यहुनेछ ।
मधेश प्रदेश सरकारले ऐतिहासिक नदी दुधमतीको संरक्षण,सरसफाई एवं सौन्दर्यीकरणका लागि निरंतरता दिन सकेन । यसबाट बुझिन्छ कि प्रदेश सरकारको भनाई र गराईमा फरक छ ।
त्रेता युगका धरोहर दूधमती नदीको सिमांकन जनकपुरधाम उप–महानगरपालिकाको बेला, बसबिटी, कुर्था, पिराडी, जानकीनगर सीमा क्षेत्रमा भई सकेकोे थियो ।
गत आर्थिक वर्षमा जनकपुरधाम को वार्ड नं.– २२ र २३ को सीमा बसबिटी घाटबाट सिमांकन शुरु भएर बेला गाउँसम्म पुगेको थियो । त्यसपछि जनकपुरधाम– ७ जानकीनगर तर्फको जग्गाहरु नाप नक्सागर्दै नदी निकाल्ने कार्य भएको थियो । नदी बग्ने दुबै किनाराको जग्गाहरु नाप्ने कार्यलाई निरंतर्तादिई नापी टोली जनकपुरधाम– ८ र २२ मा पर्ने जमिनहरु समेत नापी गरेको थियो ।
दुधमती नदी पछिल्लो समयमा अतिक्रमणमा पर्र्दै नालामा परिणत भइरहेको लाई जोगाउन प्रदेश २ का मुख्यमंत्री लालबाबु राउतले अग्रसरता देखाएको थियो । तर, कार्यक्रमलाई उनि निरंतरता दिन सकेनन् ।
मधेश प्रदेशका मुख्यमंत्री राउतले नदीको सौन्दर्यीकरण गर्न तीन करोड रकम बिनियोजन गर्नुभएको थियो ।
धनुषाको क्षिरेश्वरनाथ नगरपालिका क्षेत्रमा दुधमतीको नदीको उदगम स्थललाई अचेल केही व्यक्तिले अतिक्रमण गरेर माछा पालन थालनी गरेपछि नदीमा पानीको सतह निक्कै घटेको छ ।
सिँचाइ कार्यालय धनुषाका निर्वतमान प्रमुख भगवान झा ले दुधमती नदी ३० फीटको हुने र दुबै किनारामा १५–१५ फिटको सडक निर्माण गर्ने योजना रहेको त्यो बेला जनाउनु भएको थिए । उहाँले प्रथम चरणमा जनकपुरधाम उपमहानगरपालिकाको कुर्था सडकदेखि दक्षिण र जनकपुरधाम– भिठामोड सडक खण्डमा रहेको गोविन्द मन्दिर क्षेत्रसम्मका भू–भागलाई प्राथमिकतामा राखेर काम बढाउनु भएको थियो ।
त्रेतायुगमा श्री सीता जी को जन्म हुँदा उनलाई दूध खुवाउन कामधेनु गाई धर्तीमा आएकी थिइन् । कामधेनु गाईले आफ्नो स्तनबाट दूधको धारा बगाएपछि नदी बनेको धार्मिक मान्यता हो । दुधमती नदीको उद्गम स्थल धनुषाको क्षिरेश्वर नगरपालिका –५ महेन्द्रनगर स्थित छ । र महोत्तरीको मटिहानीस्थित विगही नदीमा विलय हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

जनकपुरधाम उपमहानगरले अब गुठीबाट मालपोत उठाउने अधिकार ..

कमल साहजनकपुरधाम,असार २२ गते । जनकपुरधाम उपमहानगरले पालिका भित्रका गुठी रैतानी जमिनको मालपोत दस्तुर उठाउने छ ।&nbs..

8 दिन पहिले

नापतौल सम्बन्धी जनचेतनामुलक कार्यक्रम सम्पन्न

सन्जु कर्ण, सर्लाही, सर्लाही, असाढ २२ गते । हरिवनमा नापतौल सम्बन्धी जनचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ । गुण..

8 दिन पहिले

गुठी कार्यालय झण्डै तीस वर्षको चिरनिन्द्रबाट बिउझदा बे..

कमल साह जनकपुरधाम, असार १० गते । नापी कार्यालय धनुषा र गुठी संस्थान कार्यालय जनकपुरको कमि कमजोरीले आज बेला गाउँका ..

20 दिन पहिले

जनकपुरमा कलाकार अंशा सदाको रहस्यमय मृत्यु ः आत्महत्या क..

मिथिला जागरण समाचारदाताजनकपुरधाम, असाढ १० गते । कलाकारिता क्षेत्रमा चर्चित जोडी ‘कलकतियावाली’ उर्फ अविनाश झ..

20 दिन पहिले

नेपाल बैंक र नैन्सी अर्टोमोवाईल बिच सम्झौता– सुजुकी गाड..

मिथिला जागरण समाचारदाता काठमाडौं, असाढ १० गते । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरु र सो..

20 दिन पहिले