दुधमती नदी कोरिडोर सडकको शिलान्यास

कमल साह
जनकपुरधाम,चैत्र २२ गते । दुधमती नदी सडक कोरिडोरको शिलान्यास संघीय शहरी विकास मंत्री रामकुमार झाक्रीले एक समारोह बीच गर्नुभएको छ ।
धार्मिक तथा सांस्कृतिक दुधमती कोरिडोर सडक निर्माण तथा सौन्दर्यकरण आयोजना आन्तर्गत सो शिलान्यास कार्यक्रम सम्पन्न भएको छ ।
शिलान्यस स्थल वडा–२३ बेलाको गोवारागाछी भने ठाउँमा विहिवार सम्पन्न भएको छ । यो स्थल जनकपुरधाम वार्ड नं.७ जानकीनगर र २३ नं.बेला गाउँबीच जोडने दोश्रो सडक रहेको छ ।
रामायणकालिन धरोहर दुधमती नदी संरक्षण तथा सौन्दर्यकरण कार्यक्रम संघीय सरकारद्वारा आरम्भ भएको छ ।
उक्त कार्यक्रमका प्रमुख अतिथी संघीय शहरी विकास मंत्री रामकुमारी झाँक्रीले यो आयोजनाले दुधमती नदीको संरक्षण सम्बर्धन,सौन्दयकरणसंगै यस क्षेत्रको व्यवस्थित वस्ती विकासमा सहायक सिद्ध हुने बताउनु भयो ।
सो कार्यक्रममा शहरी विकास संघीय आयोजनाका डीई प्रदिप खनाल ले यस आयोजनाको पहिलो चरणमा भ्याटसमेत १४ करोड छुट्याएर जानकारी गराउनु भयो ।
उहाँले दुधमती सौन्दर्य बहुबर्षिय कार्यक्रम अन्तर्गत यसवर्ष जनकपुरधाम– जलेश्वर जाने बाटोदेखि उत्तर र जनकपुरधाम– वालवा जाने बाटोदेखि दक्षिणमा झण्डै १ कि.मी. क्षेत्रमा ढुंगाको गाह्रो लगाउने कार्यक्रम हुने बताउनु भयो ।
डीई खानाले दुधमती नदी क्षेत्र खाली भएको ले यसलाई नमुना रुपमा विकास गर्ने योजना रहेको भन्नुभयो ।
यस आयोजना अन्तर्गत दुधमती नदीको दुबै किनारमा फलपूmलको बोट,सडक,साईकल लेनसंगै नदी वारीपारी गर्न पुल तथा सडकको विकास गर्ने भावि योजना रहेको उहाँले थप्नुभयो ।
जनकपुरधाम उप–महानगरपालिकाको १४ किलोमिटर भू–भाग दुधमती नदीले छोइरहेको क्षेत्रमा नदीको दुबैपटीबाट सडक बनाउनेगरी भावी योजना रहेको उहाँले जानकारी गराउनु भयो ।
यस आयोजना अन्तर्गत दुधमती नदीको पानी बग्ने भागको चौडाई ८ मिटर हुने, नदीको दुबै किनारामा सलोप बनाएर पर्खाल लगाउने र त्यसमा ३ मीटर फाण्डेशन बनाएर ढुंगा जोडदै २.५ मीटर अग्लो हुनेछ । सो शिलान्यास कार्यक्रमका विशिष्ठ अतिथी जानकी मन्दिरका रोशन दास वैष्णव रहनु भएको थियो । त्यस कार्यक्रममा गोविन्द सेवा समितिका अध्यक्ष राघवेन्द्र साह लगायतका व्यक्तित्वहरुको उपस्थिति रहेको थिए ।
त्रेता युगकालिन दुधमतीको नदीको उद्गम स्थल धनुषा जिल्लाको क्षिरेश्वरनाथ नगरपालिका क्षेत्रमा भएको छ । र महोत्तरीको मटिहानीस्थित विगही नदीमा विलय हुन्छ ।
श्री सीता जी को जन्म हुँदा उनलाई दूध खुवाउन कामधेनु गाई धर्तीमा आएकी थिइन् । कामधेनु गाईले आफ्नो स्तनबाट दूधको धारा बगाएपछि नदी बनेको धार्मिक मान्यता हो ।
कमेन्ट गर्नुहोस्

जनकपुरधाम उपमहानगरले अब गुठीबाट मालपोत उठाउने अधिकार ..
कमल साहजनकपुरधाम,असार २२ गते । जनकपुरधाम उपमहानगरले पालिका भित्रका गुठी रैतानी जमिनको मालपोत दस्तुर उठाउने छ ।&nbs..
8 दिन पहिले
नापतौल सम्बन्धी जनचेतनामुलक कार्यक्रम सम्पन्न
सन्जु कर्ण, सर्लाही, सर्लाही, असाढ २२ गते । हरिवनमा नापतौल सम्बन्धी जनचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ । गुण..
8 दिन पहिले
गुठी कार्यालय झण्डै तीस वर्षको चिरनिन्द्रबाट बिउझदा बे..
कमल साह जनकपुरधाम, असार १० गते । नापी कार्यालय धनुषा र गुठी संस्थान कार्यालय जनकपुरको कमि कमजोरीले आज बेला गाउँका ..
20 दिन पहिले
जनकपुरमा कलाकार अंशा सदाको रहस्यमय मृत्यु ः आत्महत्या क..
मिथिला जागरण समाचारदाताजनकपुरधाम, असाढ १० गते । कलाकारिता क्षेत्रमा चर्चित जोडी ‘कलकतियावाली’ उर्फ अविनाश झ..
20 दिन पहिले
नेपाल बैंक र नैन्सी अर्टोमोवाईल बिच सम्झौता– सुजुकी गाड..
मिथिला जागरण समाचारदाता काठमाडौं, असाढ १० गते । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरु र सो..
20 दिन पहिले
संवाददाता
संवाददाता

